IMG-LOGO

मस्तिष्काघात के हो ?

 मंगल, चैत ३, २०७७  प्रा.डा. सुमनराज ताम्राकार

मस्तिष्काघात र पक्षाघात बीचमा फरक  मस्तिष्कको कुनै भागमा रगतको प्रवाह एक्कासी रोकिए मस्तिष्कको त्यो भागले काम गर्न छोड्छ । प्रभावित  मस्तिष्कको भाग कति ठूलो छ र कति लामो अवधिसम्म रगत प्रवाह नभएको हो त्यसैको आधारमा पक्षाघातको  गम्भीरता देखिन्छ । प्रभावित भागको न्युरोन (सबैभन्दा स्नायु अंश) सुन्निने, नष्ट हुने र काम गर्न छोड्ने हुन्छ ।  फलस्वरुप मस्तिष्कको त्यो भागले नियन्त्रित भाग बेकाम्मे हुन्छ । यस्तो परिस्थितिलाई बोलीचालीको भाषामा  पक्षाघात भनिन्छ । मस्तिष्काघातको कारण धेरैजसोमा एक साईडको शारीरिक अङ्गलाई प्रभावित गर्ने भएर  पक्षाघात भनिएपनि यी दुवै अवस्था एउटै भने होइन । पक्षघात हुनाको प्रमुख कारण मस्तिष्काघात भएपनि अन्य  कारणले पनि पक्षघात हुनसक्छ । कतिपय अवस्थामा विशेषतः मुटुमा जमेको रगतको चोइटो उछिटिएर  मस्तिष्कको धमनीमा आई रक्तप्रवाहमा अवरोध उत्पन्न गर्नाले पनि पक्षाघात हुनसक्छ ।अन्य नसर्ने रोगहरु जस्तै मस्तिष्काघात  पनि दैनिक जीवनशैलीसँग सम्बन्धित रोग हो ।  गुलियो, चिल्लो, बोसो र बढी नुनयुक्त खाना धेरै खाने,  सागसब्जी तथा फलपूmल कम खाने, अधिक भोजन  गर्ने, धुम्रपान तथा सुर्ती सेवन गर्ने तथा उच्च रक्तचाप,  मधुमेह, उच्च कोलेस्टेरोल, मोटोपना, मानसिक तनाव  एवं शारीरिक व्यायामको कमी भएकामा मस्तिष्काघात  हुने खतरा हुन्छ । यसको अलावा मुटु रोग, अधिक  मद्यपान, लामो समयसम्म गर्भ निरोधक चक्कीको  सेवनले पनि मस्तिष्काघातको सम्भावना बढाउँछ ।  रक्सी सेवन गरेर सुत्ने व्यक्तिको शरीरमा पानीको  कमी हुन गई पक्षाघात हुने सम्भावना हुन्छ । त्यसो त  व्यक्तिगत उमेर (६५ भन्दा बढी) भएकामा स्मरण  शक्ति कम गराउने मुख्य कारण पनि मस्तिष्काघात,  यसबाट प्रभावित मध्ये दुई तिहाई ६५ कटेका, ६५  कटेपछि यसबाट मृत्यु सम्भावना पनि ७ गुणा बढी  भएबाट मस्तिष्काघातको हकमा व्यक्ति विशेषको  उमेरको महत्व पनि छ । त्यसो त मस्तिष्काघात दुई प्रकारले हुन्छ ।  अधिकांश (करिब ८० प्रतिशत) हुने पहिलो प्रकारको  मस्तिष्काघातमा माथि उल्लेखित कारणले मस्तिष्कमा  रक्तप्रवाह गर्ने रक्तनलीको भित्री भित्तामा कोलेस्टेरोल  जम्मा हुन मद्धत गर्दछ । जसका कारण रक्तनली  साँगरिनुका साथै कोलेस्टेरोलले जम्मा भएको ठाउँमा  चिरा पर्न गएको खण्डमा रगतको डल्लो बन्ने  सम्भावना हुन्छ । र, रक्त प्रवाहमा कमी आउनुको  अलावा रक्त प्रवाह पूर्ण मात्रामा रोकिन पनि सक्दछ ।  दोश्रो प्रकारको मस्तिष्काघातमा रक्तनलीमा अत्याधिक  चाप बढ्न गई वा वंशाणुगत, संक्रमण लगायत कुनै  कारणवश रक्तनलीको भित्ता नै कमजोर हुन गएको  खण्डमा रक्तनली एक्कासी फुटेर मस्तिकमा रक्तश्राव  भएर पनि मस्तिष्काघात हुनजान्छ । विदेशमा  रक्तप्रवाहमा अवरोध आई तथा नेपालमा मस्तिष्कको  धमनी फुटेर ( मस्तिष्क भित्र) रक्तश्राव भएर बढी  पक्षाघातको घटना हुने गरेको छ ।  कतिपय अवस्थामा धमनीको भित्ता  कमजोर हुन जाँदा हल्का रक्तचाप बढ्ने बित्तिकै  रक्तनली फुट्छ । त्यसैले उच्च रक्तचापका रोगीले  एक्कासी औषधि छोड्दा रक्तचाप बढ्नुका साथै  रक्तनलीमा बढी दवाब पर्न गई फुट्न सक्छ । रक्तचाप  उच्च भएका बेला सामान्य रक्तनली पनि बलियो हुन्छ  जुन औषधिको सेवनसँगै रक्तचाप सामान्य हुँदा  रक्तनली पनि कमजोरमा परिणत हुन्छ र औषधिको  अभावमा एक्कासी रक्तचाप बढ्न जाँदा दवाब झेल्न  सक्दैन र फुट्छ ।  रोकथाम तथा उपचार मस्तिष्काघातबाट बच्नको लागि स्वस्थ्य जीवनशलै ी अपनाउनुपदर्छ । उमरे ढल्कपेछि नियमित स्वास्थ्य परीक्षण गराउनुपदर्छ । शरीरमा कनुैकारक तत्व विद्यमान छ भने आवश्यक उपचार विधि अपनाई नियन्त्रणमा राख्नपुदर्छ । आवश्यकता अनसुार उच्च रक्तचाप, उच्च काले स्टरोले , मधमुहे, मटुरुागे कोआष्ौधि नियमित सवे न गनर्पुदर्छ । स्वस्थ्य भाजे न र निदिषर््ट व्यायाम यस समस्याबाट बच्नेअचकु वाण हनु्। विशेषत मस्तिष्काघातका लागि जोखिम  व्यक्तिमा मस्तिष्काघात भएको शंका लाग्नासाथ  सामान्य जाँच पछि टाउकोको सीटीस्क्यान वा  एमआरआईको परीक्षणले रक्तप्रवाहमा अवरोध आई वा  रक्तनली फुटेर (क्रमशः पहिलो वा दोश्रो प्रकारको)  मस्तिष्काघात छुट्याउनु पर्दछ । यसै अनुसार उपचार  पनि निर्धारण गरिन्छ । पक्षाघात पछिको दुई देखि तीन  दिन धेरै संवेदनशील मानिन्छ । यसबेला प्रताडित  व्यक्तिलाई थप नोक्सान नहोस् र आधारभुत शारीरिक  आवश्यकता पु¥याउनु नै उपचारको मुख्य लक्ष्य हुन्छ । पहिलो प्रकारको मस्तिष्काघातमा रगत पातलो पार्ने  औषधि, रक्तनली खुलाउने प्रविधीको जरुरत पर्दछ भने  दोश्रो प्रकारको मस्तिष्काघातमा विशेषत रक्तचाप  नियन्त्रणमा ल्याउने औषधिका साथै रक्तश्रावको आकार  हेरि शल्यक्रियाको आवश्यकता पर्न सक्दछ । दुवै  प्रकारको मस्तिष्काघातमा नियमित औषधि सेवनका  साथै सामान्य जीवनयापनमा फर्काउन फिजियोथेरापीको  उत्तिकै भूमिका हुन्छ । एकपटक मस्तिष्काघात भएपछि  दोहोरिने सम्भावना बढी हुन्छ । अतः स्नायु रोग विशेषज्ञ  एवं मुटुरोग विशेषज्ञको नियमित निगरानीमा स्वास्थ्य  परीक्षण गराई रहनु पर्दछ । प्रभावित व्यक्तिमा निल्ने र खोक्ने कार्यमा  नियन्त्रण गुम्ने हुनाले सर्केर फोक्सो संक्रमण हुने  सम्भावना हुन्छ । यसको अलावा निरन्तर एउटै अवस्था  पल्टिरहनु पर्दा ढाडमा, चाकमा अल्सर (घाउ) हुनसक्छ  । कतिपयमा छारेरोगको समस्या उब्जिन सक्छ ।  धेरैजसोमा स्मरणशक्तिमा ह्रास एवं अवसाद (डिप्रेसन)  को समस्या हुनसक्छ । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्