IMG-LOGO

मोटोपना र प्रजनन् स्वास्थ्य

 मंगल, असोज ६, २०७७  डा.सुमनराज ताम्राकार

तपाईंलाई आफ्नो तौलसम्म थाहाहुनसक्छ तर तपाईंको बीएमआई कतिछ थाहा छ ? ओहो, के हो याबीएमआई भनेको ?मानव शरीरको लम्बाइ रशारीरिक संरचना अनुसार शरीरकातौल हुनुपर्छ । आफ्नो शरीरको तौलठिक्कको छ, छैन थाहा पाउने सरलतरिका बडी मास इन्डेक्स (बीएमआई)नै हो । शरीरको तौल (किलोग्राम) लाइशरीरको उचाई (सेन्टिमिटर) ले दुइपटक भाग गर्दा निस्किने योगफल नबीएमआई हो । यदि शरीरको तौल तथाउचाईको हिसाब गर्दा ३० किग्रा प्रतिवर्ग मिटर भन्दा बढी भएमा मोटोपनाभएको मानिन्छ ।बीएमआईको आधारमाशारीरिक तौलको वर्गीकरण गदाबीएमआई २९.९ भन्दा बढी हुनु हुँदैन ।१८.५ देखि २४.९ सम्म सामान्य, २५देखि २९.९ सम्म बढी तौल, ३० भन्दामाथि मोटो व्यक्तिका रुपमा वर्गीकृतगरिन्छ । त्यसो त १८.५ भन्दा कम हुनपनि राम्रो मानिँदैन । कति तौललाइअधिक मान्ने र कहिले देखि तौलघटाउन थाल्ने भन्ने सवालमाबीएमआईका साथै कम्मरको घेराकानापलाई पनि उत्तिकै ध्यान दिनु पर्दछ ।यदि महिलाको कम्मरको घेरा ३२ ईन्चर पुरुषको कम्मरको घेरा ३५.६ ईन्चभन्दा कम छ भने चिन्ता लिनु पर्दैन ।अर्को तरिका अनुसार सेन्टीमिटरस्केलबाट आफ्नो शरीरको उचाईमासय घटाउँदा आउने शेष आफ्नो लागिसही तौल हुन्छ ।कम्मर भन्दा माथिको भागमोटो हुुनु र कम्मर भन्दा मुनि मोटोपनाहुनु गरि दुई खालको मोटोपना मध्यपेटमा बोसो लाग्ने खालको मोटोपनाअर्थात् स्याउ आकारको मोटोपना (पहिलो खाले मोटोपना) बढी हानीकरकहुन्छ । अनुभवी चिकित्सकका अनुसारपेटको आकार भन्दा पु ाको आकारठूलो हुनु राम्रो हुन्छ । धुम्रपान गनव्यक्तिमा धेरैजसो स्याउ आकारकामोटोपना विकास हुन्छ ।मोटोपना कसरी हुन्छ ?कम व्यायाम र स्थीरदैनिकी मोटोपनाको मुख्य कारण हुनभने असन्तुलित भोजन तथा मानसिकतनावका साथै गभावस्थामा छँदै देखिनवजात शिशु अवस्थाको मोटोपना पछिगएर युवावस्था तथा प्रौढ अवस्था पुग्दापनि रहिरहन्छ । यस्तैगरि सानै उमेरदेखिफास्टफुड, जंक फुड, गुलिया खानाकासे व न लगायत अभिभावककाकरकापले बढ्ता खाने बच्चामामोटोपनाको समस्या भएको पाइन्छ ।खानाको से व न तथाशरीरमा त्यसको खपतबीच सन्तुलनमिलेन भने मोटोपना विकसित हुन्छ ।मद्यपान सँगै तारिेएका, भुटेका, बोसायुक्त तथा जंक एवं फास्टफुड स्न्याकअथवा एप्पेटाइजरका रुपमा खाने बानीभएकोले मद्यपानबाट पनि मोटोपनाकासमस्या उब्जिन्छ । आजकालकाचल्तिको मम, चाउमिन, फ्राइड फुडलगायतका फास्टफुडका कारण सजिलमोटोपना विकसित हुन्छ । त्यस माथिरिमोट कन्ट्रोल समाई टेलिभिजन सेटअगाडि थ्याच्च बसेर खाना खाने बानीकासाथै दिनभरि भोकै बस्नै अनि बिहानबेलुका चाहिँ एकैपटक ड्याम्मै खानबानी भएर पनि पछिल्लो समयमा नेपालमापनि मोटोपनको समस्या बढेको देखिन्छ ।मोटोपनाको कारण मधुमेह, उच्चरक्तचाप, युरिक एसिड, कोलस्टेरोल,नशा, आँखा, मृगौलाको समस्या जस्ताथुप्रै खाले नसर्ने प्रकारका रोगहरु लाग्नसक्छ । मोटोपना आजको विश्वकाजल्दोबल्दो स्वास्थ्य समस्या हो । दुःखकाकु र ा विकसित मु ल ु क मा जस्तविकासोन्मुख मुलुकहरुका साथै नेपालमापनि मोटोपनाको समस्या बढ्दो छ ।प्रजनन् स्वास्थ्यमा मोटोपनाको असरनियमित महिनावारी हुनमहिलामा मासिक श्रावको मध्यतिर डिम्बनिष्काशन हुन्छ । यसै समय पुरुषकासंंसर्गमा आएमा गर्भ रहन्छ । तर मोटोपनाभएका प्रायःजसो किशोरी अथवामहिलाहरुमा महिनावारी ठिक समयमानहुने हुनाले गर्भ आउनमा समस्याहुनसक्छ । विवाह पश्चात्को केहीसमयसम्म पनि गर्भ नआएमा सम्बन्धितचिकित्सकसँगको परामर्शमा यथोचितउपचारसँगै गर्भ आउन सक्छ ।मोटोपना भएकी महिलामागर्भ आइहालेपनि गर्भ खेर जाने, गर्भ भित्रशिशुको मृत्यु हुने सम्भावना पनि बढीहुन्छ । यदि मोटोपनाको कारणलगर्भावस्थामा मधुमेह, उच्च रक्तचाप,मृगौला, कलेजो वा कोलेस्टेरोलकासमस्या देखियो भने यी समस्याहरुककारण गर्भको शिशुमा थप असर पनजान्छ । यदि गर्भावस्थामै मधुमेहनियन्त्रित अवस्थामा नभएमा गर्भे शिशुकामुटु लगायत अन्य शारीरिक अङ्गहरुमाविकृति देखा पर्न सक्छ ।मोटोपनाका कारण वामधुमेह भएका गर्भवती महिलाका गभशिशुको तौल बढी हुनसक्ने तथा गभशिशु वरिपरिको पानीको मात्रा पनि बढीहुनसक्ने कारण डेलिभरी समयमाविभिन्न किसिमका जटिलता उत्पन्नहुनसक्छ । यसको ठिक उल्टामोटोपनाको कारण वा उच्च रक्तचापभएका गर्भवती महिलाका गर्भे शिशुकावृद्धिदर सामान्य तवरले नहुने, गर्भे शिशसानो हुने तथा गर्भे शिशु वरिपरिकापानीको मात्रा कम हुन हुनाले गर्भ भित्रशिशुको मृत्यु हुने सम्म खतरा हुन्छ ।यी दु व ै अवस्था (गर्भावस्थामा मोटोपनाका साथै मधुमेह वाउच्च रक्तचाप) मा औजार प्रयोग गरी वासिजेरियन अपरेशन गरी बच्चा पाउनु पनअवस्था सिर्जिन सक्ने हुनाले जोखिमहरुथपिन जान्छ । मोटोपना भएका महिलाबाटजन्मेका बच्चामा सानै देखि मोटोपना,असामान्य शारीरिक वृद्धि तथा दमकासमस्या हुने हुनसक्छ । मोटोपना भएकामहिलामा सुत्केरी पछिको समयमा पनिघाउ पाक्ने, खुट्टा पिँडौलामा रगत थेग्रिने,मुटु तथा छातीको समस्या उत्पन्नहुनसक्छ ।यसरी मोटोपनाको कारणगर्भ रहन देखि सुत्केरी पछिको समयसम्मविभिन्न समस्या उत्पन्न गराउन सक्छ ।तर मोटोपना घटाउने उपायहरुका साथसम्बन्धित चिकित्सकको निगरानीमाप्रजनन् स्वास्थ्य राम्रो बनाउन सकिन्छ ।मोटोपना घटाउने उपायहरुमोटोपना भएकै व्यक्तिमा पनिरक्तअल्पता र कतिपय भिटामिनको कमीहुनसक्छ । त्यसैले गर्भपूर्व नै पोषण शिक्षा,दैनिक जीवनयापनमा ल्याउनु पनपरिवर्तन, सही खानाको छनौट तथाशारीरिक व्यायाम सम्बन्धि सल्लाहपरामर्श लिनु पर्दछ ।लिफ्टको सट्टा भ¥याब चढ्ने,मुटुको चाल २५ प्रतिशतले बढ्ने गरिछिटो छिटो हिँड्ने, नाच्ने, घरकासरसरफाई अनि लुगा धुने, करेसाबारीमाकाममा सक्रिय तवरले लाग्ने, साईकलचढ्ने गर्नुपर्दछ । कोलस्टेरोल कम गनतथा मधुमेह नियन्त्रणमा ल्याउनऔषधिलाई थप प्रभावकारिता बनाउनदैनिक कम्तिमा एक घण्टा जतिकाव्यायाम चाहिन्छ । सुस्त गतिको मर्निबवाक अनि त्यस लगत्तैको अधिक चिल्लायुक्त खानेकुरा खानु हुँदैन ।गेडागुडी, सागपात, फलपूmलबढ्ता खानु पर्दछ । तारिएका, भुटेकाखाना कम खानु पर्दछ । टुसाएको तथारेशादार खानामा बल गर्नु पर्दछ । ब्रत बस्नतथा डाइटिब गर्ने बानीले उल्टो असरहुनसक्छ । लामो अन्तरालमा खाने बानीभन्दा पटक पटक तर थोरथोरै खाइराख्नबानी राम्रो हुन्छ । हतार हतार भन्दा राम्ररीचपाईकन स्वाद लिई खाने बानी बसाल्नपर्दछ ।कहिलेकाहीँ स्वाद फेर्नकालागि मात्र फास्टफुड एवं जंक फुडकासेवन गर्न सकिन्छ । बेलाबेलामाब्लडप्रेसर तथा मुटुको धड्कनकानियमित जाँ च का साथै रगतमाकोलेस्टेरोल, सुगर, क्रियटिनको जाँचगराउनु पर्दछ । आवश्यक परेमा ईसीजीत्यसपछि समस्या हेरिकनइकोकार्डियोग्राफी, हल्टर, ट्रेड मिल टेस्टएवं एम्बुलेटरी ब्लड प्रेसरको जाँचको गनपर्दछ । शरीरको उचाई अनुसार तौलनियन्त्रणमा राख्नुपर्दछ । शारीरिक रुपलपूर्ण सक्रिय जीवनयापन गर्नुपर्दछ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्