साउने सोमबार लगभग सकिएको छ । कतिपय नेपाली माझ ग्यास्टिकको समस्या यही दुई, तीन महिना बढी हुने गरेको छ । साउन लागेदेखिको यो समस्या अबका दिनमा तुलसी रोप्ने, जनै पूर्णिमा, गाईजात्रा, कृष्णाष्टमी, हरितालिका तीज, ऋषि पञ्चमी एवं प्रत्येक सोमबार वा कुनै बार विशेषमा केही घण्टा देखि पूरा दिन वा कहिलेकाहीँ त दुई, तीन दिन नै लगातार ब्रत बस्ने कार्यले ग्यास्टिक हुने सम्भावना छ । त्यसो त भगवान्लाई खुशी पार्न, पति वा प्रेमीको स्वास्थ्यलाभ, दीर्घायु, उत्तरोत्तर प्रगति, राम्रो वर पाउन, भाकल पूरा गर्न, पित्तृ तार्न ब्रत बसिन्छ । ब्रत बस्ने, कम खाने, समय मिलाएर नखाने, अनि खाँदा एकैपटक धेरै चिल्लो खानेकुरा खाने कार्यले नेपालीहरुको दैनिकी नै ग्यास्टिक गराउने खालको छ । कतिपयको बुझाईमा नेपाली र ग्यास्टिक समस्या पर्यायवाची जस्तै भैसकेको छ । त्यसो त बोलीचालीमा ग्यास्टिक भनेर चिनिने स्वास्थ्य समस्यालाई मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिन्छ । यसको अर्थ आमाशय (पेट) को भित्री तह सुन्निने अवस्था हो । आफ्नै शब्द नभएको र अंग्रेजी शब्द अपभ्रंश भई ग्यास्ट्राइटिसलाई समयक्रममा ग्यास्टिक भन्न थालिएको र यसरी नै बुभ्mन थालिएको हो । हामीले खाएको खाना पच्नको लागि मुखमा विभिन्न खाले ¥याल (श्राव), पेटमा अम्ल (हाइड्रोक्लोरिक एसिक), कलेजोबाट पित्त, प्यान्क्रियाज तथा सानो आन्द्राबाट विभिन्न ईन्जायम (पचाउन सघाउने रासायानिक पदार्थ) हरु उत्पादन हुन्छ । विभिन्न प्रकारका यस्ता रसहरुमध्ये पेट अर्थात् आमाशयबाट उत्पादन हुने हाइड्रोक्लोरिक एसिड नामक अम्ल तथा यही अम्लमा मिसिएको खानाले ग्यास्ट्राइटिस हुनेलाई चाहीँ बढ्ता हानीकारक हुन्छ । ब्रत बस्दा, अल्पाहार बस्दा, लामो समयसम्म खाना पेटमा नहुँदा पेट वा आन्द्राबाट निक्लिने श्राव कम मात्रामा भएपनि निक्लिरहेको हुन्छ । पेट वा आन्द्रामा खाना छँदा पो खानालाई पचाउँछ । खाली पेटमा त पेटको भित्री तहलाई अम्लीय पदार्थले असर गरी राताम्य बनाउने, च¥याउने, सुजन गराउने (सुन्निने) गराउँछ । यस्तो बेला पेट दुख्यो, पोल्यो भनेर स्वास्थ्यकर्मीलाई नजँचाइकन आपैंmले बु्रफेन, एस्पिरिन खाइदियो भने ग्यास्ट्राइटिसको समस्या झन् बढ्छ । यो आगोमा घिउ थपे जस्तै हो । धर्मकर्म गर्नुपर्छ, ब्रत बस्नुपर्दछ तर आफ्नो स्वास्थ्यलाई पनि ख्याल राख्नु प¥यो । आफ्नो जीवन नै जोखिममा पारी परिवारजनको भलो गर्दा आपूmलाई केही भयो भने परिवारजनलाई नै दुःखकष्ट हुने हो । बरु विकल्पको रुपमा ब्रत बस्दा फलाहार, अल्पाहार गर्न सकिन्छ । के हो ग्यास्ट्राइटिस ? खासमा आमाशय (पेट) को भित्री तहको सुजन नै ग्यास्ट्राइटिस हो तर माथिल्लो पेटमा कुनै समस्या हुने बित्तिकै ग्यास्ट्राइटिसको रुपमा लिइन्छ जुन गलत हो । ग्यास्ट्राइटिसको समस्यामा आमाशयको भित्री तह आंशिक वा पूर्ण रुपमा प्रभावित हुनसक्छ । यो सख्त (एक्कासी उत्पन्न हुने) वा जीर्ण खालको हुनसक्छ । ग्यास्ट्राइटिस हुनाको कारण विभिन्न हुनसक्छ तर धेरैजसोमा लक्षण चिन्ह उस्तै हुन्छ । धेरैजसो ग्यास्ट्राइटिस हेलिकोव्याक्टर पाइलोरी नामको एकखाले व्याक्टेरियाको कारणले हुन्छ । यो व्याक्टेरियाले शुरुमा आमाशयको भित्री तहमा कडा खालको सुजन गराउनुका साथै कालान्तर सम्म त्यहिँ रहि जीर्ण खालको ग्यास्ट्राइटिस बनाउन पनि सक्छ । हेलिकोव्याक्टर पाइलोरीका साथै ब्रुफेन, बुसेट, एस्पिरिन, इन्डोमेथासिन, नेप्रोक्सिन, डिक्लोफेनेक लगायतका पीडा कम गर्ने औषधीहरुको अधिक प्रयोग (दुरुपयोग) का कारणले पनि ग्यास्ट्राइटिसको समस्या निम्तिन्छ । यसका साथै पंmगस, परजीवी, भाइरस लगायतका जीवाणु, एलर्जी, कतिपय औषधी, लागू पदार्थ (कोकेन), मद्यपान, पित्तको उल्टो बहाव, चिन्ता, विकिरण, विषाक्त खाना तथा गम्भीर खालको घाउ चोटका कारण पनि ग्यास्ट्राइटिस हुनसक्छ । आश्चर्य तवरले धेरै मानिसमा ग्यास्ट्राइटिस भइकनपनि झट्टै लक्षण चिन्ह देखा परिहाल्दैन । अन्य कारणका लागि आमाशय (पेट) को भित्री तहको नमूना जाँच्न पठाउँदा ग्यास्ट्राइटिस भएको पत्ता लाग्छ । तर पनि ग्यास्ट्राइटिस हुँदा माथिल्लो पेट दुख्ने (निरन्तर वा पटक पटक पोल्ने, अँठ्याउने, ङ्याक्ने खालको), प्रायसः मा वाकवाकी लाग्ने तथा उल्टी हुने, कहिलेकाहीँ पखाला लाग्ने, खाना खान मन नलाग्ने, पेट फुल्ने, डकार आउने, अपाच्य हुने आदि लक्षण चिन्ह चाहिँ हुनसक्छ । ग्यास्ट्राइटिसको समस्या यसका लक्षण चिन्हबाट शंका गर्न सकिन्छ । तिनीहरुले पहिले उपचार गराइसकेको बताउन सक्छ । यसैगरी ग्यास्ट्राइटिसबाट प्रभावित व्यक्तिले रक्सी सेवन (मद्यपान) गर्ने गरेको, हालै पीडा कम हने औषधी खाएको भन्न सक्छ । तर इन्डोस्कोपीको माध्यमबाट आमाशय पेटको भित्री तहको बायोप्सीबाट ग्यास्ट्राइटिसको पक्का निदान हुन्छ । धेरैजसोमा हेलिकोव्याक्टर पाइलोरी कै कारणले ग्यास्ट्राइटिस हुने हनाले प्रभावित व्यक्तिको सास, रगत, दिसा, इम्युनोलोजी एवं पेटको भित्री तहको बायोप्सीबाट ग्यास्ट्राइटिस गराउने व्याक्टेरिया पत्ता लाग्न सक्छ । इन्डोस्कोपीको बेला आमाशय (पेट) को भित्री तह राताम्य भएको, घाउ (अल्सर) नै भैसकेको, रक्तश्राव भैरहेको छर्लङ्गै देख्न सकिन्छ । ग्यास्ट्राइटिसको उपचार समयमै गरिएन भने विस्तारै जीर्ण खालको मा परिणत हुनसक्छ । समयमै उपचार नगरे घाउ बन्ने, अल्सर हुने पेटभित्र रक्तश्राव हुने, रक्त अल्पता हुने, खट बस्ने, आमाशय साँगुरिने, पाचन नलीमा अवरोध आउने (थुनिने), जल वियोजन हुने, आमाशयको क्यान्सर नै हुनसक्ने तथा मृत्यु हुने हुन्छ । रोकथाम तथा उपचार रोकथामको हकमा रोकथाम गर्न सकिने रक्सी सेवन (मद्यपान) र पीडानाशक औषधी बन्द गर्ने तथा ग्यास्ट्राइटिसजन्य रासायानिक पदार्थ, विकिरण एवं टक्सिन (हानीकारक वस्तु) बाट टाढै रहनु पर्दछ । ग्यास्ट्राइटिस र संक्रमणबीच नजिकको सम्बन्ध भएकोले सरसफाई, हात धुने तथा स्वस्थ्य एवं सफा खानेकुरा मात्र खाएको खण्डमा ग्यास्ट्राइटिसको समस्या निकै मात्रामा घट्दछ । ग्यास्ट्राइटिस कारक तत्वको निवारण नै ग्यास्ट्राइटिसको सही रोकथाम एवं उपचार हो । जस्तै हेलिकोव्याक्टर पाइलोरीको लागि उपयुक्त एन्टीबायोटिक औषधी नै चाहिन्छ । पीडानाशक औषधी वा मद्यपानले भएको भए तत्कालै बन्द गर्नुपर्दछ । समग्रमा औषधोपचारबाट ग्यास्ट्राइटिसका लक्षणचिन्ह कम गर्ने वा निर्मूल पार्ने, आमाशय (पेट) को भित्री तह पलाउन मद्धत गर्ने हुन्छ । यसका लागि आमाशय (पेट) बाट उत्पादित अम्ल (एसिड) लाई सामान्यीकरण गर्ने एन्टासिड, अम्लको उत्पादन नै बन्द गर्ने औषधीहरु चलाइन्छ । धेरैजसोमा थोरै समयका लागि मात्र ग्यास्ट्राइटिसका लक्षण चिन्ह रहन्छ । पूर्ण एवं सही उपचार पाएको खण्डमा पूर्ण रुपमा निको हुन्छ ।
