IMG-LOGO

हिलोले खुट्टा खाने समस्या

 मंगल, असार ३०, २०८३  प्रा.डा. सुमनराज ताम्राकार

    अचेल नेपाली कृषक दाजुभाई दिदीबहिनीहरु मंसीरमा मानो फलाउन खेतमा, रोपाईंमा व्यस्त छन् । नेपालको हकमा धान अभैm पनि प्रमुख अन्न एवं नगदे बाली हो । र, हामी अभैm बिहान बेलुका भात नै खान रुचाउँछौं । त्यसो भएर अन्य कृषि बाली भन्दा धानको रोपाईंलाई निकै महत्व दिँदै आएका छौं । यो क्रम अभैm जारी छ । तर स्वास्थ्यको दृृष्टिले पटकपटक हातखुट्टा हिलोमा डुबाईरहने वा पानी खेलाईरहने व्यक्तिहरुमा एक प्रकारको ढुसीजन्य संक्रमण हुने सम्भावना हुन्छ । यसलाई बोलीचालीको भाषामा ‘हिलोले खायो’ भन्ने गरेको छ ।      छालाजन्य समस्यामा ‘क्यान्डिडल इन्टरट्राइगो’ भनिने एउटा समस्या छ । खासमा यो ढुसीजन्य समस्या नै हो । का छालाका दुई सतहहरु एकअर्कासँग लगातार घर्षण हुने स्थानमा (औंलाको काप, विशेषतः खुट्टाका) हुने ढुसीजन्य (फङ्गल) संक्रमण हुनसक्छ । यो समस्या मुख्य रुपमा क्यान्डिडा समूहका ढुसीका कारणले हुन्छ । मानव शरीरमा क्यान्डिडा नामक ढुसी सामान्य अवस्थामा छाला, मुख, आन्द्रा तथा जननेन्द्रियमा सानो मात्रामा पाइन्छ र सामान्यतया त्यति हानिकारक हुँदैन । तर अत्यधिक ओसिलोपन, पसिना, घर्षण वा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा यो ढुसी अत्यधिक बढेर संक्रमण गराउँछ ।     यो समस्या विशेष गरी काखी, स्तनमुनि, पेटको तह, कम्मर, तिघ्राको भित्री भाग, नितम्बबीच तथा औँलाहरुको बीचमा देखिन्छ । समयमै उपचार नगरेमा संक्रमण फैलिन सक्छ, पीडा बढ्न सक्छ र दैनिक जीवनमा असहजता उत्पन्न हुन्छ । क्यान्डिडल इन्टरट्राइगो के हो ?     इन्टरट्राइगो भन्नाले छालाका दुई तह एकअर्कासँग घर्षण हुँदा हुने जलन र सूजनलाई जनाउँछ । जब यसमा क्यान्डिडा खालको ढुसीको संक्रमण थपिन्छ, त्यसलाई क्यान्डिडल इन्टरट्राइगो भनिन्छ । न्यानो, ओसिलो र हावा कम पुग्ने भागमा क्यान्डिडा छिटो बढ्ने भएकाले यी स्थानमा संक्रमण बढी देखिन्छ ।     क्यान्डिडल इन्टरट्रइगो लाग्नुको कारणहरुमा छालाका तहहरुबीच निरन्तर घर्षण हुनु, अत्यधिक पसिना आउनु, लामो समयसम्म छाला भिजिरहनु, व्यक्तिगत सरसफाइको कमी, अत्यधिक तौल वा मोटोपना,  मधुमेहको समस्या, लामो समयसम्म एन्टिबायोटिक औषधि सेवन, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु, हावा नछिर्ने कपडा लगाउनु एवं गर्मी र आद्र्र मौसम प्रमुख हुन् । त्यसो भएर मोटोपना भएका व्यक्ति, मधुमेह भएका बिरामी, वृद्धवृद्धा, स–साना शिशु (डाइपर लगाउनुपर्ने), धेरै पसिना आउने व्यक्ति, लामो समयसम्म ओछ्यानमा बस्नुपर्ने बिरामी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति र हिलो एवं पानी खेलाइरहनुपर्ने व्यक्ति (कृषक) हरु जोखिममा पर्दछन् ।  लक्षण चिन्ह र निदान      क्यान्डिडल इन्टरट्राइगोका प्रमुख लक्षणहरुमा छाला रातो हुने, चिलाउने, पोल्ने वा दुख्ने, छाला भिजेजस्तो देखिने, स–साना दाना (टाटा) देखिने, दुर्गन्ध आउने, छाला चर्किने वा घाउ हुने, संक्रमण बढेमा पिप आउनेृ हुन्छ । धेरैजसो अवस्थामा चिकित्सकले प्रभावित भागको निरीक्षण गरेर रोग पहिचान गर्न सक्छन् । आवश्यकता अनुसार छाला कोटरेर माइक्रोस्कोपबाट परीक्षण गरेर, फङ्गल (ढुसी) कल्चर गरेर, मधुमेहको परीक्षण गरेर तथा रक्त परीक्षण गरेर गरिन्छ ।      उपचारको हकमा एन्टिफङ्गल औषधि चलाइन्छ । यो एन्टिफङ्गल क्रिम, मलम वा पाउडर प्रयोग गरिन्छ । गम्भीर अवस्थामा चिकित्सकले मुखबाट खाने एन्टिफङ्गल औषधि पनि दिन सक्छन् । प्रभावित भाग सुक्खा राख्नुपर्दछ । संक्रमित भाग सफा गरी राम्रोसँग सुकाउनुपर्छ । ओसिलो वातावरण हटाउनु उपचारको महत्त्वपूर्ण भाग हो । आफ्नो जीविकोपार्जन एवं आयआर्जन खेतबारीमा काम गर्ने तर कामबाट फर्के लगत्तै हातखुट्टा धोइपखाली गरि सुख्खा राख्ने गर्नुपर्दछ । त्यस्तैपरे ढुसीजन्य संक्रमण शुरु नहुँदै राती एकपटक भ्यासलिन वा घिउ तेल मालिस गर्न सकिन्छ । यसैगरी छालाका तहहरुबीचको घर्षण कम गर्न नरम सूती कपडा वा चिकित्सकले सिफारिस गरेका विशेष खालका क्रिम प्रयोग गर्न सकिन्छ । मधुमेह भएका बिरामीले रगतमा चिनीको मात्रा राम्रोसँग नियन्त्रणमा राख्नुपर्छ । अत्यधिक तौल भएका व्यक्तिले शारीरिक तौल घटाउँदा छालाका तह कम भई संक्रमण दोहोरिने सम्भावना घट्छ ।     घरेलु हेरचाहको हकमा प्रभावित भाग दिनहुँ सफा गर्ने, नुहाएपछि राम्रोसँग सुकाउने, सूती र खुकुलो कपडा लगाउने, धेरै पसिना आएमा कपडा परिवर्तन गर्ने, चिकित्सकको सल्लाहबिना स्टेरोइड क्रीम प्रयोग नगर्ने, अरुको तौलिया वा व्यक्तिगत सामग्री साझा नगर्ने गर्नुपर्दछ । रोकथामका लागि शरीरका बाह्य छालाका तहहरु सधैँ सफा र सुक्खा राख्ने, तौल नियन्त्रण गर्ने, मधुमेह नियन्त्रणमा राख्ने, नियमित स्नान गर्ने, खुकुलो तथा हावा छिर्ने कपडा लगाउने, अत्यधिक पसिना आएमा तुरुन्त सुकाउने, नियमित व्यायाम गर्ने र सन्तुलित आहार खाने गर्नुपर्दछ ।      क्यान्डिडल इन्टरट्राइगोका सम्भावित जटिलताहरुमा समयमै उपचार नगराएको खण्डमा संक्रमण फैलिन सक्छ । ब्याक्टेरियाको थप संक्रमण हुनसक्छ । छाला चर्किएर घाउ बन्न सक्छ । संक्रमण बारम्बार दोहोरिन सक्छ । दीर्घकालीन जलन र पीडा हुन सक्छ । दुई हप्ताभन्दा बढी समयसम्म निको नभएमा, संक्रमण फैलिँदै गएमा, पिप देखापरेमा वा दुर्गन्ध बढेमा, ज्वरो आएमा, मधुमेह भएका बिरामीमा सामान्य उपचारले काम नगरेमा र बारम्बार दोहोरिने समस्या भएमा सम्बन्धित चिकित्सकलाई देखाउनु पर्दछ । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्