हाल नेपालका विभिन्न भागका साथै काभ्रेमै पनि बर्ड फ्लुको समस्या देखिएसँगै सन्त्रास पैmलिएको छ भने कुखुरापालनका कृषकहरु मारमा परेको समाचार आइरहेको छ । पंक्षीमा लाग्ने अति संक्रामक रोग बर्ड फ्लुले हालसम्म कुखुरालाई बढी प्रभावित गरेको देखिए पनि हाँस, टर्की, काग, मैना, सुगालाई पनि आक्रान्त पार्न सक्छ । त्यसो त एशियन एभियन फ्लु चराचुरुङ्गीमा फाट्टफुट्टरुपमा पहिल्यै देखि नै रहेपनि तिनीहरुमा भाइरससँग लड्न सक्ने प्रतिरक्षा विकसित भैसक्ने हुनाले तिनीहरुलाई केही हँुदैन तर घर पालुवा एवं बस्तीवरिपरिका पंक्षीमा यस्तो प्रतिरोधात्मक क्षमता नहुने हुनाले यस्तो संक्रमण सर्न सक्दछ । विगतमा बर्ड फ्लु प्रकृतिकै संक्रमणले निकै संख्यामा मानिसहरुको ज्यान लिइसकेको छ । सन् १९१८–१९ ताका स्पेनिश ईन्फ्लुएन्जा नामको संक्रमणले ५ करोड मानिसको ज्यान लिएको थियो भने सन् १८५७ मा पैmलिएको एशियन फ्लुले २० लाख, सन् १९६८ मा पैmलिएको हङकङ फ्लुले करिब १० लाख मानिसको ज्यान लिएको थियो । र, सयौंको ज्यान जाने गरि सन् १९९७ मा हङकङमा यस्तै संक्रमण देखिएको थियो । तर पछिल्लो दशकमा यो संक्रमणका कारण न्यून संख्यामा मात्र मानिसको ज्यान गएपनि यी संक्रमणले मानिसहरु बीच व्यापक संन्त्रास पैmलाउनुको साथै विशेषतः पोल्ट्री व्यवसायीलाई आर्थिक तथा मानसिक क्षति पु¥याएको देखिन्छ । नेपालकै सन्दर्भमा औपचारिक रुपमा पहिलोपटक वि.सं. २०६५ मा बर्ड फ्लु देखिएको थियो भने त्यसयता वर्सेनी जसो २०६७, २०६८, २०७०, २०७१, २०७४, २०७५, २०७६, २०७७, २०७८, २०७९, २०८१ र यो साल मोरङबाट शुरु भई ११ जिल्लाका ८२ स्थानहरुमा पैmलिएको रिपोर्ट छ । यस क्रममा २०७० सालमा २०० भन्दा बढी कुखुरा फर्म प्रभावित भएको, २०७६ सालमा पहिलो पटक संक्रमित (मानिस) कै मृत्यु भएको, २०७८ सालमा ३५ जिल्ला प्रभावित भएको, २०७९ र २०८१ सालमा नयाँ प्रकोपको घटना देखिएको थियो । यसरी हेर्दा समग्रमा हालसम्म ३२० भन्दा बढी प्रकोप भैसकेको र २७ लाख भन्दा बढी पंक्षीहरु प्रभावित वा नष्ट भएको रिपोर्ट छ । यसो हेर्दा निश्चित समय अन्तरालमा बर्ड फ्लु जस्तो संक्रमण महामारीको रुपमा पैmलिएको देखिन्छ । यो संक्रमण गराउने भाइरसले निरन्तर रुपमा आनुवंशिक परिवर्तन गर्ने कारण पनि यो संक्रमण विरुद्ध प्रभावकारी खोप एवं औषधिको विकास गर्न नसकिएको मानिन्छ । बर्ड फ्लु गराउने भाइरसको सतहमा एच र एन नामका दुई प्रकारका प्रोटिनहरु हुन्छन् । त्यसैबाट यी भाइरसका उपजातिलाई नामाकरण गरिन्छ । पछिल्लो समय एशियन क्षेत्रमा रडाको मच्चाइरहेको भाइरसलाई एच५एन१ नामाकरण गरिएको छ । यो भाइरस रोगी कुखुराको सुलीमा तीन महिनामा रहन सक्छ भने दूषित पानीमा ४ देखि ३० दिनसम्म रहन्छ । बर्षात् मौसममा त्यसैपनि मौसमी ज्वरो देखिने क्रममा जनमानसमा कतै यो बर्ड फ्लु त होइन भन्ने डर छ । तर महामारीको बेला त्रासले होइन संयमले काम गर्नुपर्दछ । बर्ड फ्लुबारे केही चेतनामूलक बुँदाहरु यस प्रकार छन् । १. कुखुरामा रोगको लक्षणमा संक्रमित पंक्षीमा अकस्मात्, अस्वभाविक तवरले धेरै कुखुराहरु मर्छन् । संक्रमित पंक्षीमा सिँगान ¥याल देखिन्छ, टाउको सुन्निने, सिउर र लोती निलो रङको हुन्छ । त्यस्तो पंक्षीले दाना नखाने, तिर्खाउने, छेर्ने, पक्षघात हुने र फुल पार्न बन्द हुने र कमजोर बोक्रा भएको फुल पार्ने गर्छन् । २. कुखुराबाट कुखुरामा यो रोग व्यापक रुपमा पैmलिएपनि मानिसमा यो रोग संक्रमित कुुखुराबाट मात्र सर्ने प्रमाणित भएको छ । अर्थात् मानिसबाट मानिसमा सरेको अहिलेसम्म प्रमाणित भएको छैन । ३. संक्रमित क्षेत्रका कुखुराको सुली जुत्तामा टाँसिएर आए त्यसबाट पनि सर्न सक्दछ । स्वाइन प्mलु संक्रमण मानिसको शरीरमा मुख र नाकको माध्यमबाट सर्दछ । अण्डाको क्रेट, कुखुरा बोकेको क्रेट, गाडीमा टाँसिएको सुली, भुत्लाबाट यो रोग सर्ने खतरा हुन्छ । ४. मानिसमा देखिने लक्षणहरुमा बर्ड प्mलु लागेमा सास फेर्न गाह्रो हुने हुन्छ । त्यसैगरी सामान्य रुघाखोकीमा जस्तै ज्वरो आउने, घाँटी दुख्ने, जीउ दुख्ने, आँखाको संक्रमण हुने, आलस्य हुने, थकाई लाग्ने हुन सक्छ । ५. ७० डिग्री सेल्सियसको तापक्रम तथा अम्लीय वातावरणमा यो भाइरस निष्क्रिय हुन्छ । त्यसैले मासु तथा अण्डामा रोगको विषाणु पाइने भएपनि राम्ररी पकाएको मासु, अण्डाबाट यो रोगका विषाणु मानिसमा सर्दैनन् । तर रोगी वा मरेको कुखुरा खानु हुँदैन । मासु वा कुखुरा छोएपछि राम्ररी हात धुनु पर्दछ । ६. कुखुरा पाल्ने, स्याहार्ने, छुने, चलाउने, काट्ने, भुत्ल्याउने, बोक्ने कार्य संलग्न जोसुकै पनि जोखिममा हुनसक्छ । त्यसकारण ह्याचरी, कुखुरा फार्ममा काम गर्ने कामदार, यसका मालिक, भेटेरेनरी व्यवसायी, मासु पसल अथवा कोल्डस्टोरमा कार्यरत व्यक्ति, पंक्षीजन्य उत्पादन ढुवानीमा संलग्न व्यक्तिहरु बढी जोखिममा छन् । ६. विदेशमा केही एन्टिभाइरल औषधिहरु प्रयोग गरिने भए पनि तापनि नेपालमा यी औषधिहरु उपलब्ध छैनन् । यी औषधिहरु महँगा हुनुका साथै यसका साइड इफेक्टहरु पनि धेरै छन् । ७. मानिस वा कुखुरामा यो रोग लागेमा कुनै विशेष उपचार छैन । यसो त्यसो नेपाल पनि बर्ड प्mलुको अति जोखिमपूर्ण क्षेत्रमा पर्न थालेकोले यसबाट बच्न आ–आफ्नो क्षेत्रबाट सतर्कता अपनाउनु पर्दछ । ८. आप्mनो वरिपरि यो संक्रमण पैmलिएको शंका लागेमा वा शंकास्पद कुखुराजन्य उत्पादन जिल्लामा भित्रिएको आशंका भएमा स्वास्थ्य निकाय वा सम्बन्धित निकायमा बेलैमा खबर गरिदिनु पर्दछ ।
