IMG-LOGO

पाठेघरको क्यान्सर

 मंगल, असार ९, २०८३  प्रा.डा. सुमनराज ताम्राकार

    अंग्रेजी महिना जूनलाई पाठेघर क्यान्सर सचेतना महिनाको रुपमा मनाइन्छ । इस्ट्रोजेनको प्रयोग, महिलाको बढ्दो औसत आयु, मधुमेह एवं उच्च रक्तचाप अनि मोटोपनाको बढोत्तरीसँगै अमेरिका तथा पश्चिमा मुलुकमा बढी जसो हुने पाठेघरको क्यान्सर नेपाल लगायतका विकासोन्मुख देशहरुमा पनि देखिन थालेको छ । कारण     पाठेघरको भित्री तहमा इस्ट्रोजेनको निरन्तर असर, बढ्दो आयु (करिब ७५ प्रतिशत क्यान्सरका बिरामी ६० वर्षमाथिका), अविवाहित तथा निःसन्तान एवं कम बच्चा पाएकी (करिब ३० प्रतिशत रोगी बच्चा नपाएकी), ढिलो गरी महिनावारी सुकेकी (५२ वर्षपछि), मोटोपना, उच्च रक्तचाप, मधुमेह भएकी महिलामा पाठेघरको क्यान्सर हुने सम्भावना बढी हुन्छ । मोटोपना भएकी महिलाको शरीरमा मात्रा इस्ट्रोजेनको मात्रा बढी हुन्छ । महिनावारी सुकिसकेकी महिलामा इस्ट्रोजेनको प्रयोगले पाठेघरको क्यान्सर गराउँछ भने प्रोजेस्टेरोनले बचावट गर्दछ ।      स्तन क्यान्सरमा प्रयोग गरिने ट्यामोक्सिफेनको लामो सेवन, परिवारमा कसैलाई आन्द्रा, डिम्बाशय एवं स्तनको क्यान्सर भैसकेको छ भने पनि यस प्रकारको क्यान्सर हुने खतरा हुन्छ । पाठेघरमा मासु पलाउने समस्या भएकी ढल्कँदो उमेरकी महिलामा (३० प्रतिशतमा) पाठेघरको क्यान्सर हुनसक्छ । यसैगरी पाठेघरको क्यान्सर भएकीमध्ये २५ प्रतिशतमा पाठेघरको भित्री तह बाक्लिने समस्या पाइएको छ ।     पाठेघरको क्यान्सर समयमै उपचार गरिएन भने पाठेघरको भित्री तहबाट बीचको मांसपेशी तह, पाठेघर ढाक्ने झिल्ली, पाठेघरलाई स्थायीत्व दिने  बाक्लो तन्तु, पाठेघरको मुखतिर तथा लिम्फ्याटिकबाट स्त्री जननेन्द्रिय वरिपरिका ग्रन्थि (ग्लेन्ड) मा पैmलिन सक्छ । निकै ढिलो भयो भने रगतका माध्यमबाट फोक्सो, कलेजो, हड्डी र मस्तिष्कमा पैmलिन सक्छ । स्त्री जननेन्द्रियको आन्तरिक जाँच एवं पाठेघरको भित्री तहको मासु जाँच (बायोप्सी) बाट पाठेघरको क्यान्सरको तह निक्र्यौल गरिन्छ । लक्षण चिन्ह     यस क्यान्सरबाट प्रताडित करिब ७५ प्रतिशत बिरामीले महिनावारी सुकिसकेको लामो समयपछि पुनः रगत देखा परेको सिकायत गर्दछ । यस्तो असामान्य रक्तस्राव हल्का, अनियमित वा निरन्तर प्रकारको हुनसक्छ । महिनावारी सुक्न लागेकीमा अनियमित वा अत्यधिक रक्तस्राव हुनसक्छ । पाठेघरमा पीप बन्यो भने पानीजस्तो गन्हाउने योनीस्राव हुनसक्छ । यस्तो अवस्थामा पटकपटकको पाठेघर खुम्च्याइले तल्लो पेट दुख्न सक्छ । रक्तअल्पता हुनसक्छ ।      स्त्री जननेन्द्रियको आन्तरिक जाँचको क्रममा पाठेघरको मुख सामान्य वा स्वस्थ्य देखिए पनि रगत मिसिएको वा पीपजस्तो गन्हाउने योनीस्राव बगिरहेको हुनसक्छ । पाठेघर सुकेको, ट्युमर पैmलिएर, मासु पलाएको भए, पीप छ भने सामान्य वा हल्का बढेको हुन्छ । पाठेघर प्रायशः चलायमान हुन्छ । क्यान्सरको पैmलावट थाहा पाउन सम्बन्धित वा क्षेत्रगत ग्रन्थि एवं स्तन पनि ध्यानपूर्वक जाँच्नुपर्दछ ।     पाठेघरको क्यान्सर पत्ता लगाउन पाठेघरको भित्री तहको बायोप्सी (९० प्रतिशत भरपर्दो, पाठेघरको मुखको पानी जाँच (५० प्रतिशतमा पोजिटिभ), अल्ट्रासाउण्ड गर्दा भित्री तह ८ मिमिभन्दा बढ्ता बाक्लो, भित्री तह अनियमित तवरको, रगत प्रवाह बढी भएको, पाठेघरभित्र पीप वा पानी जम्मा भएको हुनसक्छ । हिस्टेरोस्कोपीबाट प्रत्यक्ष अवलोकन गरेपछि पाठेघरको मुखसम्म पैmलिएको छ छैन थाहा पाउन फ््रयाक्सनल क्युरेटाज गर्नुपर्ने हुन्छ । रोकथाम     यस क्यान्सरबाट बच्न शारीरिक वजन नियन्त्रण, इस्ट्रोजेनको प्रयोगमा नियन्त्रण, अनियमित अर्थात् असामान्य रक्तस्राव (योनीबाट) को संवेदनशीलता, उच्च जोखिम महिलाको प्रक्रिया पु¥याएर पाठेघरको बायोप्सी गर्नुपर्दछ । पाठेघरको क्यान्सरको निश्चित उपचारको हकमा पाठेघरको क्यान्सरको फैलावटअनुसार दुवै डिम्बाशय, योनीमार्गको माथिल्लो भागसहित पाठेघर निकाल्नुका साथै कहिलेकाहीं एवं नजिकैको लिम्फनोड निकाल्ने शल्यक्रिया गरिन्छ । कसैकसैलाई रेडियोथेरापी तथा केमोथेरापीको जरुरत पर्दछ । यसका लागि सम्बन्धित विशेषज्ञको सल्लाहमा सुविधासम्पन्न अस्पतालमा जानुपर्ने हुन्छ । शल्यक्रिया गर्न नमिल्ने तथा पैmलिसकेको पाठेघरको क्यान्सरमा रेडियोथेरापी दिइन्छ । ज्यादै पैmलिसकेको वा दोहो¥याएर आएको वा शरीरको अन्यत्रतिर पनि पैmलिसकेको पाठेघरको क्यान्सरका लागि केमोथेरापी दिनुपर्ने हुन्छ । प्रायशः प्रोजेस्टेरोनको प्रयोग गरिन्छ । यसको अलावा ट्यामोक्सिफेन वा अन्य केमो औषधिको उपयोग गरिन्छ । उपचारपछि पनि नियमित फलोअप गइरहनु पर्दछ । बाँच्ने सम्भावना     यस क्यान्सरबाट प्रताडित महिलाको बाँकी आयु रोग पत्ता लाग्दाको उमेर (जति बढी उति नराम्रो, बायोप्सीबाट क्यान्सरको प्रकार, बायोप्सीमा प्रभावित कोष पहिचान गर्न सकिने वा नसकिने, पाठेघरको भित्री तहबाट बीचको मांसपेशी तहमा पैmलिए नपैmलिएको, नजिकैको लिम्फनोडसम्म पैmलिए, नपैmलिएको, पाठेघरको मुखसम्म पैmलिए, नपैmलिएको, ट्युमरको आकार २ सेमीभन्दा घटी वा बढी तथा हर्मोन रिसेप्टरको अवस्थामा निर्भर हुन्छ । त्यसो भएर रोगको तहअनुसार ५ वर्षसम्म बाँच्ने सम्भावनाको अनुमान लगाइन्छ । जस्तै पहिलो तहका बिरामी उपचारपछि ५ वर्षसम्म बाँच्ने सम्भावना ८२ प्रतिशत, दोस्रो तहका ६५ प्रतिशत, तेस्रो तहका ४४ प्रतिशत र चौथो तहका १५ प्रतिशत हुन्छ । पाठेघरको सार्कोमा      पाठेघरमा हुने क्यान्सरमध्ये ३ प्रतिशतमा पाठेघरको सार्कोमा हुन्छ । पाठेघरको सार्कोमा प्रायशः पाठेघरको बीचको मांसपेशी तहबाट सुरु हुन्छ । यस प्रकारको क्यान्सर निकै कमलो र सजिलै टुक्रिने खालको हुन्छ । ४० देखि ६० उमेर समूहका महिलामा हुन्छ । अनियमित रक्तस्राव (योनीबाट हुने, महिनावारी सुक्न लागेकी वा सुकिसकेपछि महिलामा असामान्य (गन्धयुक्त पानीजस्तो योनीस्राव बग्ने, तल्लो पेट दुख्ने, ज्वरो आउने, कमजोरी वा खान मन नलाग्ने हुन्छ । आन्तरिक जाँचको क्रममा पाठेघर ठूलो तथा अनियमित खालको हुन्छ । पाठेघरको बायोप्सीबाट रोग पत्ता लाग्छ । उपचार      यस खालको क्यान्सरको निश्चित उपचारका लागि पाठेघरसँगै दुवैतिरको डिम्बाशय निकाल्ने शल्यक्रिया गरिन्छ । त्यसपछि विकिरणले सेक्नुपर्ने हुन्छ । यस्तो क्यान्स्र अन्यत्र पैmलिसकेको खण्डमा केमोथेरापी औषधि पनि चलाउनुपर्ने हुन्छ । यस क्यान्सरबाट प्रताडितमध्ये करिब १० देखि ३० प्रतिशत महिलामात्र ५ वर्षसम्म बाँच्ने सम्भावना हुन्छ ।     पाठेघरको क्यान्सरको दृष्टिले जोखिम महिला प्रायः बच्चा नपाएकी, ढिलो गरी महिनावारी सुकेकी, मोटोपना भएकी, मधुमेह वा उच्च रक्तचाप भएकी महिलामा पाठेघरको क्यान्सरको बढ्ता जोखिम हुन्छ । लामो समय इस्ट्रोजेनको सेवन गरेकी, महिनावारी सुक्नुअगाडि, अनियमित वा अत्यधिक रक्तस्राव भएकी, लामो समय डिम्ब ननिस्कने खालको समस्या भएकी, परिवारमा कसैलाई स्तन, डिम्बाशय, आन्द्रा वा पाठेघरको क्यान्सर भएकी, ट्यामोक्सिफेनको सेवन गरेकी, विकिरणको प्रभावले महिनावारी सुकेकी महिला पनि जोखिम समूहमा पर्दछ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्