विश्व स्वास्थ्य दिवस प्रत्येक वर्ष अप्रिल ७ मा मनाइन्छ । अर्थात् आजकै दिन मनाईंदै आएको छ । यो दिवस विश्व स्वास्थ्य संगठनको स्थापना भएको सम्झनामा मनाइन्छ । इतिहासको कुरा गर्दा सन् १९४८ मा यसै दिन विश्व स्वास्थ्य संगठनको स्थापना भएको थियो । प्रत्येक वर्ष विश्व स्वास्थ्य दिवस मनाउनुको मुख्य उद्धेश्य विश्वभरका मानिसको ध्यान महत्वपूर्ण स्वास्थ्य समस्यातर्फ आकर्षित गर्नु, जनचेतना फैलाउनु, स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु, र सरकार तथा स्वास्थ्य संस्थाहरूलाई जनस्वास्थ्य सुधारमा सक्रिय बनाउनु रहेको छ । प्रत्येक वर्ष फरक विषय वा नारा राखेर कुनै विशेष स्वास्थ्य समस्यालाई प्राथमिकता दिइन्छ । विश्व स्वास्थ्य दिवस २०२६ को नारा ‘त्यनभतजभच ायच ज्भबतिज, क्तबलम धष्तज क्अष्भलअभ’ अर्थात् ‘स्वास्थ्यका लागि एकजुट बनौं, विज्ञानको पक्षमा उभिऔं’ रहेको छ । वर्तमान परिप्रेक्ष्यमा यो नारा नेपाली स्वास्थ्य क्षेत्रको लागि पनि अत्यन्त सान्दर्भिक छ । नेपालमा अझै पनि धेरै मानिस स्वास्थ्यसम्बन्धी निर्णय गर्दा वैज्ञानिक प्रमाणभन्दा परम्परागत विश्वास, अफवाह, सामाजिक सञ्जालका भ्रमपूर्ण सूचनाहरू वा अप्रमाणित उपचारतर्फ आकर्षित हुने अवस्था छ । उदाहरणका लागि खोपप्रति डर, एन्टिबायोटिकको जथाभावी प्रयोग, मातृ तथा शिशु स्वास्थ्यसम्बन्धी गलत धारणाहरू वा महामारीका समयमा फैलिने भ्रमहरू वर्तमान नेपाली स्वास्थ्य क्षेत्रका ठूला चुनौती हुन् । यस्तो अवस्थामा “विज्ञानको पक्षमा उभिनु” भन्ने सन्देशले प्रमाणमा आधारित उपचार, सही स्वास्थ्य शिक्षा, र विशेषज्ञको सल्लाहलाई प्राथमिकता दिन प्रेरित गर्छ । यो नारा नेपालको ग्रामीण तथा दुर्गम क्षेत्रमा झन् बढी उपयोगी छ, जहाँ अझै पनि गुणस्तरीय स्वास्थ्य सेवा, प्रयोगशाला परीक्षण, प्रशिक्षित स्वास्थ्यकर्मी, र आधुनिक उपचारको पहुँच सीमित छ । विज्ञानमा आधारित स्वास्थ्य नीति, अनुसन्धान, रोग निगरानी, खोप अभियान, पोषण सुधार, सरसफाइ, र सुरक्षित मातृत्व कार्यक्रमले मात्र जनस्वास्थ्यमा सुधार ल्याउन सक्छ । नेपालले हाल सामना गरिरहेका समस्याहरू – जस्तै वायु प्रदूषण, कुपोषण, नसर्ने रोग, महामारीको जोखिम, जलवायु परिवर्तन, पशुजन्य रोग र स्वास्थ्यकर्मी अभावको एकमुष्ट समाधान गर्न ‘इलभ ज्भबतिज’ अर्थात् एकल÷एकीकृत स्वास्थ्य दृष्टिकोण पनि आवश्यक छ । यसले मानिस, पशु, वातावरण र समाजबीचको सम्बन्धलाई जोडेर स्वास्थ्यको समग्र सुधारमा जोड दिन्छ । विश्व स्वास्थ्य दिवस २०२६ को नाराले यही अवधारणालाई बलियो बनाएको छ । यसैले, यो नारा केवल अन्तर्राष्ट्रिय क्षेत्रमा मात्र नभई नेपालको वर्तमान स्वास्थ्य चुनौती समाधान गर्न आवश्यक मार्गदर्शन पनि हो । यदि नेपालले विज्ञानमा आधारित स्वास्थ्य नीति, जनचेतना, र अनुसन्धानलाई प्राथमिकता दिन सक्यो भने स्वास्थ्य क्षेत्रमा ठूलो सुधार सम्भव छ । यसैगरी यसपटकको विश्व स्वास्थ्य दिवसको नारा ‘त्यनभतजभच ायच ज्भबतिज, क्तबलम धष्तज क्अष्भलअभ’ र क्गकतबष्लबदभि मभखभयिऊभलत नयबकि (दीगो विकास लक्ष्य) हरूबीच धेरै स्पष्ट तादाम्यता छ । विशेषगरी यो नारा सीधै संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्यको तेश्रो बुँदासँग जोडिन्छ, जसको उद्धेश्य सबै उमेरका मानिसका लागि स्वस्थ जीवन र कल्याण सुनिश्चित गर्नु हो । विज्ञानमा आधारित नीति, खोप, रोग नियन्त्रण, मातृ–शिशु स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्य, र स्वास्थ्य सेवाको पहुँच सुधार दीगो विकास लक्ष्यको तेश्रो बुँदाको मुख्य आधार हुन् । यस नाराले एकीकृत स्वास्थ्य अवधारणालाई पनि जोड दिएको छ, जसले मानिस, जनावर, बोटबिरुवा र वातावरणको स्वास्थ्य एक–अर्कासँग सम्बन्धित छन् भन्ने मान्यता राख्छ । त्यसैले यो नारा दीगो विकास लक्ष्यको छैठौं, दीगो विकास लक्ष्यको तेह्रौं, दीगो विकास लक्ष्यको पन्ध्रौं र दीगो विकास लक्ष्यको दोश्रो बुँदासँग पनि सम्बन्धित छ । यी बुँदाहरु स्वच्छ पानी, सुरक्षित खाना, वातावरण संरक्षण, जलवायु परिवर्तन नियन्त्रण, र पशुजन्य रोग रोकथाम सबै स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषय हुन् । त्यसैगरी, स्वास्थ्यका लागि एकजुट भन्ने अंशले सहकार्य, साझेदारी र अन्तर्राष्ट्रिय एकताको आवश्यकता देखाउँछ । जुन दीगो विकास लक्ष्यको सत्रौं बुँदासँग मेल खान्छ, किनकि स्वास्थ्य सुधारका लागि सरकार, वैज्ञानिक, स्वास्थ्यकर्मी, अन्तर्राष्ट्रिय संस्था र समुदाय सबै मिलेर काम गर्नुपर्छ । नेपालको सन्दर्भमा हेर्दा पनि यस पटकको नारा र दीगो विकास लक्ष्य बीचको सम्बन्ध निकै महत्वपूर्ण छ, किनकि नेपालले अझै पनि कुपोषण, मातृ मृत्यु, नसर्ने रोग, प्रदूषण, जलवायु परिवर्तन, तथा स्वास्थ्य सेवाको असमान पहुँचजस्ता चुनौतीहरू भोगिरहेको छ । यस्ता समस्याको समाधानका लागि विज्ञानमा आधारित नीति र बहुपक्षीय सहकार्य आवश्यक हुन्छ ।
