गर्मी मौसममा झाडाबान्ता, हैजा, औलो, टाईफाईड (म्यादे ज्वरो), आउँ, रगत मासी, हेपाटाइटिस, मेनिन्जाईटिस, कालाज्वर जस्ता सरुवारोगहरुको महामारी पैmलिन सक्छ । हावाहुरीको कारणले आँखाको तथा छालाको स्वास्थ्यमा पनि बढी हुन्छ । गर्मी मौसममै सर्पको टोकाई, बहुला कुकुरको टोकाईका घटना पनि बढ्ता हुने गरेको छ । खानाका कारण हुने सरुवा रोग व्याक्टेरिया, परजीवि, विषाणु, रासायानिक पदार्थको उपस्थितिका कारण खाना दूषित भई वृहत्तर मानिस आफ्नो जीवनकालमा पानी वा खानाजन्य संक्रमणबाट एक न एक पटक प्रभावित भएकै हुन्छ । त्यसैले पनि हामीले खाने खाना यी हानीकारक रहित बनाउनु अनिवार्य छ । प्रदुषित खाना वा पानीबाट लाग्ने झाडापखालाले मात्र वर्सेनी १५ लाख मानिसको मृत्यु भैरहेको परिप्रेक्ष्यमा स्वस्थ्य खानाको महत्व विश्वव्यापी तवरमा बुझाउन यो पटकको स्वास्थ्य दिवसमा ‘खेत देखि थालसम्म खाद्य सुरक्षा ः खानालाई सुरक्षित पारौं’ भन्ने नारा दिइएको छ । आजकलको खाद्य आपूर्ति विषम खालको छ । खाना प्रदुषित हुने सम्भावनाका धेरै चरणहरु छन् । खाद्य पदार्थको उत्पादन, प्रशोधन, ढुवानी, भण्डारण, वितरण, तयारी तथा ग्रहणमा गएको आधा दशक व्यापक परिवर्तन आएको छ । प्रदुषित खानाकै कारण विश्वको एक कुनाबाट अर्को कुनामा संक्रमण पुग्न सक्छ । कमजोर आर्थिक तथा सामाजिक स्थिति भएका विपन्न वर्गका मानिसका साथै शिशु, गर्भवती महिला, जीर्णरोगी, वृद्धमा खानाजन्य संक्रमण बढ्ता प्राणघातक साबित हुन्छ । प्रत्यक्ष रुपमा मानव स्वास्थ्यका साथै खाद्य निर्यातकर्ता, पर्यटक एवं समग्रमा देशको आर्थिक अवस्थामा नकारात्मक प्रभाव पार्दछ । प्रदुषित खाना तथा पानीका कारण साल्मोनेल्ला, इ कोलाई, लिस्टेरिया, भिब्रिओ कोलेरा, नोरोभाइरस, हेपाटाइटिस ए भाइरस, विभिन्न खाले जुका, इन्टामोबिया हिस्टोलाइटिका, शिगेल्ला, जियारडिया, प्राओन जस्ता जीवाणु तथा प्राकृतिक तवरमै हुने टक्सिन (माइकोटक्सिन, बायोटक्सिन, एफ्लाटक्सिन) एवं हेभी मेटलले कालान्तरमा क्यान्सर, स्नायु जन्य रोग, मृर्गौला तथा रोगसँग लड्न सक्ने क्षमता कम गराउने समस्या निम्त्याउँछ । बच्ने उपाय गर्मी तथा बर्षात् मौसमको आगमनसँगै लामखुट्टे, भुसुना एवं टिक्स लगायतका कीटहरुमा आउने वृद्धिसँगै औलो, कालाजर, डेन्ग्यु, चिकन्गुन्या लगायतका सरुवाबाट बच्न समयमै आवश्यक पहल लिनुपर्ने छ । लामखुट्टेबाट बच्नका लागि लिक्विडेटर बाल्ने, म्याट बाल्ने, धुप जलाउने भन्दा लामो बाहुला भएको लुगा लगाउने, झुल लगाउने, भ्mयाल ढोकामा तारजाली ठोक्ने बुद्धिमानी हुन्छ । कीटजन्य सरुवारोगबाट बच्न घर छेउछाउ सफा राख्ने, सुत्दा झुलको प्रयोग गर्ने (सम्भव भएसम्म औषधियुक्त तथा विशेषतः गर्भवती महिला र बालबालिकाको लागि), विशेष गरि तराई तथा भित्री मधेशमा साँझपख घर बाहिर बस्दा हातखुट्टा पूरै छोपिने लुगा लगाउने, घर र गोठका भित्ताका प्वाल एवं चिराहरु टालटुल गर्ने, गाईवस्तु पाल्ने भए तिनीहरुका लागि गोठ घरबाट टाढा बनाउने गर्नुपर्दछ । सरुवा रोग तथा छाला सम्बन्धी समस्याको स्थायी समाधानका लागि नियमित रुपमा सरसफाई गर्नुको विकल्प छैन । बढी गर्मी भएको ठाउँमा दिनमा दुईपटक सम्म नुहाउने गर्नु पर्दछ । २४ घण्टामा मोटामोटी दुई लिटर झोलिलो पदार्थ पिउनुपर्दछ । लवणपदार्थयुक्त झोल खानेकुराले बढ्ता फाइदा गर्छ । पोलिस्टर वा नाईलन मिक्स सिन्थेटिक एवं जिन्स लुगाफाटा भन्दा सेतो, चहकिलो रङको सुतीको कपडा लगाउने गर्नु पर्दछ । बासी खाना खानु हुँदैन । त्यसैगरी भिंmगा, किरा तथा साङ्लाबाट बचाउन राम्ररी छोपछाप गर्नु पर्दछ । बचेको खानेकुरा फ्रिजमा भण्डारण गर्नुपर्दछ । घाममा निस्कनु अगाडि सन स्क्रिन लगाउने गर्नुपर्दछ । घाममा हिँड्नु पर्दा छाताको प्रयोग गर्ने तथा शरीरको अधिक भाग छोपिने गरी लुगा लगाउने गर्नुपर्दछ । घरमा आएपछि अर्थात् कामबाट फर्केपछि एकैछिनको आराम पछि हातमुख धुने गर्नु पर्दछ । काखी गन्हाउने समस्याबाट बच्न सधैंभरि यस्तो डियोडेरेन्ट वा परफ्युममा भरपर्नु भन्दा नियमित रुपमा माथि उल्लेखित शारीरिक सरसफाईमा ध्यान दिनु बुद्धिमानी हुन्छ । अन्त्यमा, गर्मी मौसमको आगमन सँगैको सुख्खापन र हावाहुरी तथा बालबालिकाको चकचकेपना, कौतुहलपनाका कारण ग्याँस लाइटर, सलाई, मट्टितेल, मैनबत्ती जस्ता प्रज्वलनशील पदार्थहरुको दुरुपयोगले आगलागीका घटना एवं धनजनको क्षति हुनसक्छ । सामुदायिक वनको अवधारणासँगै डढेलोको घटनामा कमी आएपनि ठ्याप्पै रोकिएको भने छैन । वनमा डढेलो लगाए जैविक मलको रुपमा खरानी पाइन्छ । पछि नयाँ घाँस पलाउँछ भन्ने गलत सोचाई छ गाउँलेहरु माझ । यहि गलत अवधारणाका कारण डढेलोले कति कीट पटिङ्गर अनि जीवजन्तु अकालमा नासिन्छ । यसले जैविक सन्तुलनतामा निकै असर पु¥याउँछ । आगलागीका घटना एवं धनजनको क्षति हुन नदिन स–साना नानीहरुको क्रियाकलापमा नजर पु¥याउनुका साथै सलाई, लाईटर, पेट्रोल, मट्टितेल जस्ता बस्तुहरु तिनीहरुको पहँुचमा राख्नु हुँदैन । यसका साथै ग्याँस सिलिण्डरको नब बन्द गर्ने, सबैजसो बत्ती राम्रो सँग स्विच अफ गर्ने, टुपिनहरु झिक्ने जस्ता घरको सुरक्षा उपायमा उत्तिकै ध्यान पु¥याउनु पर्दछ । दिउँसो घरबाट निस्कँदा वा हल्का सवारी चलाउँदा धूलो धुवाँबाट बच्न मास्क तथा गगल्स लगाउने भाईजर भएको हेल्मेट लगाउने गर्नु पर्दछ । सुख्खा मौसममा विरक्तिएर आत्महत्या गर्नेको संख्या बढी हुने हुनाले यसबारे जनचेतना बढाउन जरुरी छ ।
