तापक्रममा वृद्धिसँगै भिंmगा, लामखुट्टे, उडुस, उपियाँको वृद्धिका कारण विभिन्न थरिका संक्रामक रोगहरु उत्पन्न हुन्छ । गर्मी मौसममै सर्पको टोकाई, बहुला कुकुरको टोकाईका घटना पनि बढ्ता हुने गरेको छ । झाडाबान्ता, हैजा, औलो, टाईफाईड (म्यादे ज्वरो), आउँ, रगत मासी, हेपाटाइटिस, मेनिन्जाईटिस, कालाज्वर जस्ता सरुवारोगहरुको महामारी पैmलिन सक्छ । आँखाको तथा छालाको समस्या पनि बढी हुन्छ । कोरोना संक्रमणको महामारी बीच यसपटक अन्य संक्रामक रोगहरुको रोकथाम, नियन्त्रण तथा उपचारमा त्यति ध्यान भने पुगिरहेको छैन । गर्मी मौसममा तुलनात्मक रुपमा संक्रामक (सरुवा) रोगहरु बढ्ता लाग्दछ । दूषित खाना, पानी, फोहोर हात, भाँडाकँुडा, झिँगा, लामखुट्टे आदिको माध्यमबाट सरुवा रोगहरु रोगी (संक्रमित) व्यक्तिबाट निरोगी व्यक्तिमा सर्दछ । यस्ता खाले संक्रामक रोगहरु ब्याक्टेरिया, भाइरस, प्रोटोजोआ आदिको कारणले लाग्दछ । टाइफाइड (म्यादे ज्वरो), रगत मासी, हैजा, घाउ, खटिरा ब्याक्टेरियाका कारण लाग्ने सरुवा रोगहरु हुन् भने दादुरा, मेनिन्गोइन्सेफलाइटिस, हेपाटाइटिस ए तथा फाट्टफुट्ट रुपमा सुख्खा मौसममा पनि रुघाखोकी तथा श्वासप्रश्वास सम्बन्धी संक्रमण भाइरसका कारण हुने गर्दछ । मेनिन्जाइटिस, झाडापखाला तथा घाउ खटिरा जस्ता संक्रमणहरु सुुरुमा भाइरसका कारण उत्पन्न हुन्छन् । औलो, कालाज्वर, आउँ जस्ता रोगहरु प्रोटोजोआको कारण लाग्ने सरुवा रोग हुन् । तराईको जस्तै उष्ण हावापानी भएका भित्री मधेश, टार, खोंचमा लामखुट्टेको टोकाइबाट औलो, इन्सेफलाइटिस तथा कालाज्वर जस्ता सरुवा रोगहरु पनि देखिन सक्छ । गर्मीको कारण नजानिँदो तवरले शरीरबाट पसिना तथा जल र लवण पदार्थ नष्ट हुनाले आलस्य हुने, थकान महसुस हुने हुन्छ । गर्मी र आद्र्र मौसममा काखी गन्हाउने, मोजा गन्हाउने, शरीरका विभिन्न भागमा स–साना विमिरा, डण्डीफोर लगायतका छालाका समस्या बढी आउँछ । कीटजन्य सरुवा रोग कीट वा मसिना किरा भन्नाले रोगी वा संक्रमित व्यक्तिको शरीरमा रहेका जीवाणु वा परजीवीलाई निरोगी मानिसमा सार्ने माध्यमलाई बुझाउँछ । र, मेडिकल भाषामा यस्ता खाले किरालाई भेक्टर र यसरी सर्ने स्वास्थ्य समस्यालाई भेक्टर बर्न डिजिज भनिन्छ । विश्वका विकासोन्मुख तथा दक्षिण एशियाली मुलुकहरुमा भैंm नेपालमा पनि धेरै थरिका कीटजन्य स्वास्थ्य समस्या अथवा सरुवा रोगहरु व्याप्त छ । कतिपय ठाउँमा वर्षैभरि यी संक्रमणहरु छन् भने गर्मी एवं वर्षात् मौसममा अन्यत्र पनि यदाकदा महामारीको रुपमा पैmलिने गरेको छ । औलो, कालाज्वर, डेंग्यु, चिकन्गुन्या केही उदाहरण हुन् । सुरक्षित वातावरण तथा स्वच्छ खानेपानी एवं सरसफाईको लागि पर्याप्त पानी उपलब्ध नहुने ठाउँका बासिन्दाहरुमा कीटजन्य सरुवारोगहरुको प्रकोप बढी देखिने गरेको छ । कीटजन्य सरुवा रोगहरु मध्ये औलो सबभन्दा डरदाग्दो कीटजन्य स्वास्थ्य समस्या हो । विश्व सानो गाउँमा परिणत हुँदै जानु, अन्तर्राष्ट्रिय पर्यटनको बढोत्तरी, वातावरणीय चुनौतीमा भएको वृद्धि तथा ग्लोबल वार्मिङ (विश्वव्यापी मौसम परिवर्तन), अव्यवस्थित शहरीकरण तथा अस्वस्थ्य औद्योगिकीकरणको प्रभाव कीटजन्य सरुवा रोगको वृद्धिमा परेको देखिन्छ । यसैकारण पनि पहिले कीटजन्य सरुवारोग नदेखिने ठाउँमा पनि यस्ता स्वास्थ्य समस्याहरु देखिन थालेको छ । लामखुट्टे, भुसुना, टिक्स बढी जसो जिम्मेवार मानिस तथा जनावरमा यस्ता खाले सरुवा रोगहरु गराउन सक्षम छन् । लामखुट्टेले औलो, डेन्गुका साथै हात्तीपाइले, चिकन्गुन्या तथा ऐलो फिभर पनि गराउँछ ।
