IMG-LOGO

एचपीभी भ्याक्सिन

 मंगल, फागुन १२, २०८२  – प्रा.डा. सुमनराज ताम्राकार

       नेपाल सरकारले गत माघ २५ गतेदेखि यही फागुन १५ सम्म पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप अभियान संचालन गरिँंदै आएकोे छ । देशभर कक्षा ६ मा अध्यरनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरुलाई यो खोप दिइनेछ । साथै गत वर्षको एचपीभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेरका किशोरीहरुलाई पनि यो खोप दिइनेछ । यो खोप निःशुल्क दिइन्छ भने यो खोप सुरक्षित छ । पछिल्लो जनगणनाको तथ्यांक अनुसार नेपालमा ९ देखि १४ वर्षका बालिका एवं किशोरीहरुको संख्या करीब साँढे १६ लाख छन् । एचपीभी खोप किन ?      विश्वव्यापी तवरमा मृत्युको चौथो प्रमुख कारणमा पाठेघरको मुखको क्यान्सर पर्दछ । सन् २०२० को तथ्यांक अनुसार विश्वमा वर्सेनी करिब ६ लाख महिलाहरुमा पाठेघरको मुखको क्यान्सर लागेको र यसैकारण साँढे ३ लाख महिलाहरुको मृत्यु भएको देखिन्छ । उक्त क्यान्सरबाट प्रभावितमध्ये ८४ प्रतिशत र मृत्यु हुने मध्ये ८८ प्रतिशत निम्न आय भएका मुलुकहरुका छन् । पछिल्लो तथ्यांक अनुसार नेपालमा वर्सेनी करिब २२०० महिलालाई पाठेघरको मुखको क्यान्सर लागेको देखिन्छ भने करिब पन्ध्र सय जतिको मृत्यु यसै कारण भएको पाइएको छ । यसै सिलसिलामा ग्लोबोक्यान २०२० को रिपोर्ट अनुसार नेपालमा १६.४ प्रति लाख महिलामा पाठेघरको मुखको क्यान्सर र ११.४ प्रति लाख पाठेघरको मुखको क्यान्सर प्रभावित महिलाको मृत्यु हुने गरेको छ । पारिभाषिक रुपमा यो दर प्रति लाख ४ वा सो भन्दा कममा नल्याएसम्म जनस्वास्थ्य समस्याको दर्जाबाट हटाउन नसकिने रहेछ ।      विश्व स्वास्थ्य संगठनले नेपाल मात्र नभई विश्वभरिबाट पाठेघरको मुखको क्यान्सर निवारण गर्नका लागि सन् २०२१ देखि २०३० सम्मका लागि ९०–७०–९० लक्ष्य सहितको रणनीति अपनाएको छ । जुन रणनीतिलाई नेपाल सरकारले पनि अंगिकार गरेको छ । ९०–७०–९० रणनीति अन्तर्गत सन् २०३० सम्ममा ९० प्रतिशत बालिका वा किशोरीलाई पूर्ण खोप (एचपीभी) दिइसक्ने, ७० प्रतिशत महिलालाई उच्च स्तरको स्क्रिनिङ विधिबाट ३५ वर्षसम्ममा पहिलो पटक र ४५ वर्षमा फेरि पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ (शीघ्र पहिचान) गर्ने र पाठेघरको मुखको क्यान्सरबाट प्रभावित ९० प्रतिशत महिलाको यथोचित एवं यथाशिघ्र उपचार गर्ने लक्ष्य छ ।      यही ९०–७०–९० को रणनीति अन्तर्गतको एचपीभी खोप, स्क्रिनिङ (शीघ्र पहिचान) र उपचार लगायतका तीनखम्बे प्रभावकारी तवरले अपनाएर अष्ट्रेलिया सन् २०२८ देखि २०३५ सम्ममा पाठेघरको मुखको क्यान्सर निवारण गर्ने पहिलो मुलुक बन्ने अभियानमा छ । यस मामिलामा हाल विश्वका जुनसुकै देशले पनि अष्ट्रेलियालाई मोडल राष्ट्रका रुपमा मानेर आ–आफ्नो देशमा यस्तै खाले प्रभावकारी कार्यक्रमहरु संचालन गर्न लागि परेका छन् । त्यसो त पाठेघरको मुखको क्यान्सर हुनुमा एचपीभीको भूमिका र यस भाइरसबारे सम्पूर्ण जानकारीपछि यसका रोकथामका लागि प्रतिपादित एवं विकसित उपायहरुकै कारण पाठेघरको मुखको क्यान्सरलाई पनि निवारण गर्ने सपना साँच्न थालेको छ ।   एचपीभी र पाठेघरको मुखको क्यान्सर      के कारणले पाठेघरको मुखको क्यान्सर हुन्छ भनेर किटान गर्न नसकिने भएपनि करिब ७० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचभीपीसँग सम्बन्धित रहेको पाइएको छ । पाठेघरको मुखको कोषिकाको प्रोटिनसँग एचभीपीको प्रोटिनबीच रासायानिक प्रक्रिया हुँदा ती कोषिकाहरुमा परिवर्तन ल्याउँछ र जुन कालान्तरमा क्यान्सरमा परिणत हुन जान्छ ।      यौनिक रुपमा सक्रिय भएको केही समयमै एचपीभीबाट संक्रमित भईन्छ । त्यसैले एचपीभी संक्रमण यौनजन्य संक्रमणमध्ये प्रमुख हो । तर जनमानसमा यौनसम्पर्ककै कारण मात्र एचपीभी सर्छ भन्ने भ्रम छ । सत्यता के हो भने प्रत्यक्ष यौनसम्पर्कका क्रममा जननेन्द्रियको छाला, पातलो झिल्ली तथा संक्रमित व्यक्तिको शरीरको श्रावबाट सर्ने भएकोले योनी लिङ्ग मैथुन, मुख मैथुन वा गुदद्वार मैथुनका बेला पनि एचपीभी सर्न सक्दछ । त्यसैले एचआईभी तथा अन्य यौनजन्य संक्रमणमा जस्तै कण्डमको प्रयोगले मात्र पनि यी सुक्ष्म जीवाणुबाट बच्न सकिँदैन ।      यौनिक रुपमा सक्रिय करिब ५० देखि ८० प्रतिशत महिला वा पुरुषका जीवनमा एक न एक पटक एचपीभी संक्रमण भएकै हुन्छ । तर एचपीभीबाट संक्रमित सबैमा जननेन्द्रियको क्यान्सर हुनैपर्दछ भन्ने छैन । खासमा धेरैजसो महिलामा यो संक्रमण आपैंm निकारण भएर जान्छ भने ३ देखि १० प्रतिशत महिलामा भने पाठेघरको मुखको क्यान्सर गराउन सक्दछ । सामान्य र गम्भीर खालका गरि दुई प्रकारका एचपीभी हुन्छन् । गम्भीर खालकै एचपीभीबाट संक्रमित भएको भएपनि बिना उपचार पनि आपैmं निको हुन्छ । एचपीभी २०० भन्दा बढी प्रकारका भएपनि १३ प्रकारको भाइरसले मात्र पाठेघरको मुखको क्यान्सर निम्त्याउँछ । एशियामा ८३ प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभी १६ तथा १८ को संक्रमणले भएको पाइएको छ ।      यसरी एचपीभीलाई पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व मानिएपनि कम उमेरमा विवाह हुनु, कम उमेरमै यौन सम्पर्क स्थापित हुनु, एकभन्दा बढी जनासँग यौनसम्पर्क राख्नु, कम उमेरमा अनि धेरै बच्चा पाउनु, आफ्नो गोप्य अङ्गको उचित सरसफाई नगर्नु, चुरोट खैनी तथा सुर्तीजन्य पदार्थको सेवन गर्नु, यौनरोग एवं गुप्ताङ्ग सम्बन्धी दीर्घरोगी हुनु पाठेघरको मुखको क्यान्सरका अन्य जोखिम तत्वहरु हुन् ।      धुम्रपान गर्नेहरुमा भने एचपीभी संक्रमण लामो समयसम्म रहिरहन्छ भने धुम्रपानकै कारण पनि पाठेघरको मुखको क्यान्सर र यौनाङ्ग वरिपरि क्यान्सर हुने सम्भावना बढी हुन्छ । अधिकतर एचपीभीबाट संक्रमित मानिसले थाहै नपाई आफ्नो पार्टनरलाई एचपीभी सारिरहेको हुन्छ किनकि तिनीहरु आपैंmलाई आपूm एचपीभीबाट संक्रमित छु, छैन हेक्का हुँदैन ।      पाठेघरको मुखको क्यान्सरको शुरुवाती अवस्थामा कुनै लक्षण चिन्ह नहुनसक्छ । प्रभावित महिलामा असामान्य रगत तथा रगत मिसिएको गन्हाउने योनीश्राव देखा पर्न सक्छ । त्यसैगरी यौनसम्पर्क पश्चात् रगत देखा पर्ने सिकायत हुनसक्छ । महिनावारी पनि धेरै दिनसम्म वा बढी मात्रामा रगत बग्न सक्ने हुन सक्छ । प्रारम्भिक अवस्थामा कुनै पीडा नभएपनि क्यान्सर पैmलिसकेपछि भने पीडा हुन थाल्छ । पछि खुट्टा सुन्निने, पेट फुल्ने, पिसाब नहुने, कम्मरको हड्डी दुख्ने आदि पनि हुन्छ ।      नियमित स्वास्थ्य जाँचको क्रममा प्याप स्मियर नामक स्क्रिनिङ विधिबाट पाठेघरको मुखको श्राव निकाली क्यान्सर छ, छैन थाहा पाउन सकिन्छ । यसको अलावा एसिटिक एसिड वा ल्युगोल आयोडिनको प्रयोगबाट पनि थाहा पाउन सकिन्छ । विवाह गरेको २, ३ वर्ष देखि नै नियमित रुपमा स्क्रिनिङ गराउनु बुद्धिमानी हुन्छ । विकसित देशहरुमा एचपीभी विरुद्ध भ्याक्सिन लगाई दिने गरिन्छ । साधारणतया ९ देखि १४ वर्षका किशोरीहरुलाई दुई डोज खोप दिइन्छ । एचपीभी विरुद्धको खोपले विशेषतः १६ र १८ का एचपीभीको संक्रमण विरुद्ध लड्न सक्ने क्षमता दिलाउँछ । यो खोप लिएपनि पाठेघरको मुखको क्यान्सरका लागि समय समयमा स्क्रिनिङ गराउनु पर्दछ ।      यौन क्रियामा लाग्नु अघिका किशोरीले लगाएमा पूर्ण लाभदायक हुन्छ । त्यसो भएर ९ देखि १४ वर्ष सम्मका स्कुले छात्राहरुले खोप लगाउनु पर्दछ । तर ९ वर्ष भन्दा कम र २६ वर्ष भन्दा बढी उमेरकाले लगाउनु त्यति उपयुक्त हुँदैन । खोप अघि यौनक्रियामा लागिसकेको भए पनि खोप लगाउन सकिन्छ तर खोप लगाउनु पूर्व नै एचपीभी १६, १८ बाट संक्रमण भइसकेको भए खोप बाट सुरक्षा प्राप्त हुँदैन । गर्भवती महिलाले लगाउनु हुँदैन तर बच्चा पाइसकेपछि भने हुन्छ ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्