IMG-LOGO

खाना र क्यान्सरबीचको सम्बन्ध

 सोम, असार २३, २०८२  – प्रा.डा. सुमनराज ताम्राकार

     पछिल्लो समय बढ्दो शहरीकरण र आर्थिक रुपमा क्रय क्षमतामा सुधारसँगै नेपालीहरुको दैनिकीसँगै खानपान शैलीमा निकै परिवर्तन आएको छ । अर्को तिर होटल, रेष्टुँरा, नाका क्षेत्र, खाद्य सामाग्रीको उत्पादन, ढुवानी, प्रशोधन तथा विक्री वितरणको फितलो अनुगमन निकायका कारण नेपालमा आगामी दिनमा क्यान्सरको केसहरु बढ्ने निश्चित प्रायः छ । त्यसमाथि अग्रजहरुको पालामा जस्तो अर्गानिक (शुद्ध) खानेकुरा पाउन निकै गाह्रो छ, तिनीहरुको पालामा जस्तो शारीरिक परिश्रमको निकै अभाव छ । मोटोपनासँगै नसर्ने रोगहरु लाग्ने क्रममा क्यान्सर हुनसक्ने जोखिम पनि बढ्छ ।      खानपान शैलीमा रेष्टुँरा, होटलमा खान जाने, विवाह सामाजिक विधि व्यवहारका भोज अधिकतर पार्टी प्यालेसमा हुन थालेको छ । त्यहाँ स्वास्थ्यका दृष्टिले हुनसक्ने वा भइरहेका गलत प्राक्टिसहरुमा तारन्तार उही तेलको प्रयोग, खान स्वादिलो बनाउन अजिनोमोटोको प्रयोग, घिउ तेल नुन मसलालाई अधिक तापक्रममा तताउने, अधिक नुन एवं चिल्लोको प्रयोग हुन् । अर्को तर्पm, अधिकतर ग्राहक वा खानपानका सौखिनको चाहना पनि रातो मासु, चिल्लो पिरो ट्वाक्क परेको खाना नै हो ।      भुटुवा, रोष्ट वा सेकुवा लगायतका मासुका परिकार तयार गर्ने क्रममा अत्याधिक तापले मासुमा रहेको प्रोटिन हानिकारक रसायन नाइट्राइट्सबाट नाइट्रोसेमाइनमा परिणत हुन्छ । यसबाट पेटको क्यान्सर हुनसक्छ । वनस्पति घिउमा वा धेरैबेर र धेरैपल्ट तताएको तेलमा पकाएका खानेकुरा ट्रान्स फ्याट (अति खराब चिल्लो) हुन्छ । त्यसमाथि १२० डिग्री भन्दा बढी तापक्रममा धेरै समयसम्म तताएको तेल क्यान्सर गराउन सक्ने रसायन पोलीसाईक्लिक अरोमेटिक हाइड्रोकार्बन र एल्डिहाइड बन्न जान्छ । मासु मात्र नभई अधिक तापमा तारेर वा भुटेर पकाइने आलु चिप्स, फ्राइड मम, फ्राइड राइसको हकमा पनि लागू हुन्छ ।       त्यसो त प्रशोधित खानामा अधिकजसो बोसो नै मिसाइएको हुन्छ । स्वास्थ्यका दृष्टिकोणले चिल्लो पदार्थहरु मध्येको ट्रान्स फ्याट सबैभन्दा हानिकारक चिल्लो हो । जसका कारण स्तन क्यान्सर लगायतका धेरै नसर्ने खालका स्वास्थ्य समस्याहरु देखा पर्दछन् । र, पिज्जासँगै ड्रिंक्स वा हल्का पेयपदार्थ पनि पिउने भएकोले समग्रमा मोटोपनाको जोखिम बढ्न जान्छ । यसले गर्दा महिलामा स्तन, डिम्बाशय एवं पाठेघरको क्यान्सरको सम्भावना हुन्छ ।      राँगा, भेडा, खसी, बंगुरको मासु रातो वर्गमा पर्दछ । रातो मासु स्वास्थ्यको दृष्टिले हानिकारक छ । रातो मासुमा पाइने आइरनले अक्सिजनको तत्वहरुको यौगिक बनाउने कोष नष्ट गरि हानीकारक खालको अक्सिजन बन्न जान्छ । लामो समय सम्म कोषिकामा अक्सिजनको अभाव भएपनि अनियन्त्रित तवरमा कोष वृद्धि भई क्यान्सरमा परिणत हुनजान्छ । यसरी रातो मासुसँगै बोसोयुक्त खानेकुराले छाती र मुटुको क्यान्सरको जोखिम बढाउँछ । रातो मासु भन्दा किमा, ससेज जस्ता परिवर्तित मासुले बढ्ता हानी पु¥याउँदछ ।      मद्यपानसँगै चुरोट, हुक्का सेवन र सिटनका रुपमा उही चिल्लो, बोसोयुक्त खानाको परिकार वा चिप्स, भुजिया सेवन गर्ने भएकोले समग्रमा विभिन्न क्यान्सर लाग्ने जोखिम बढ्न जान्छ । मदिरा वा लागू पदार्थले लट्ठ परेको बखत असुरक्षित यौन सम्पर्क, असुरक्षित सूई साटासाट अनि सरसफाईको अभावमा संक्रामक रोगसँगै पाचन प्रणालीसँगै जननेन्द्रियको क्यान्सर हुनसक्छ । विश्वभरि हुने हरेक ६ मध्ये एउटा क्यान्सरको कारक तत्व संक्रमण नै हो । त्यसमध्ये पनि एचपीभी, हेलिकोव्याक्टर पाइलोरी, हेपाटाइटिस बी एवं सी भाइरस गरि चार प्रकारका संक्रमण बढी जिम्मेवार छन् । यी संक्रमणले पाठेघरको मुख, आन्द्रा, आमाशय, कलेजोको क्यान्सरको जोखिम बढाउँछ ।      आगोमा कालो हुने गरेर पेलेको मकैमा कार्बनयुक्त तत्व हुन्छन् । पटक पटक दूध उमाल्दा पिँधमा जमेको डढेको दुध वा कुराउनी पनि कार्बनमा परिणत हुन्छ । चुलोबाट निकालेको दुई मिनेट भित्र तात्तातो चिया पिउने व्यक्तिमा घाँटीको तथा खाद्य नलीको क्यान्सर पाँच गुणासम्म बढी जोखिम हुन्छ । बासी र सडेगलेका खानेकुरामा ढुसी हुन्छन् । यस्ता खानेकुराको सेवनले पेटको क्यान्सर हुनसक्छ । बासी खाना वा ढुसी परेका खानाले कलेजो र आमाशयको क्यान्सर बढ्न जान्छ । चाउचाउ वा अन्य स्वादिला जङ्क फुडमा अजिनोमोटो, दालमोठ कुरकुरे चिप्स जस्ता अधिक नुनिलो खानेकुरा, बन्द (बट्टामा प्याक) गरिएका तथा मिठाई परिकारमा मिसाइएको अखाद्य रङ्गिन तत्वले पाचन नलीको क्यान्सर निम्त्याउँछ । खाना पकाउने, तयार पार्ने तथा लामो समय भण्डारण गर्ने विधीका कारण स्वस्थ्य खाद्यतत्वलाई पनि क्यान्सर गराउने बनाइदिन्छ । आँप तथा फलपूmल पकाउन प्रयोग गरिने कार्बाइड तथा माछालाई लामो समय सड्न नदिन प्रयोग गरिने फर्मालिनका कारण छाला तथा पाचन प्रणालीको जोखिम हुन्छ । रोकथाम र नियन्त्रण      यसो हेर्दा केही पनि खानु नै भएन, पिउनु नै भएन जस्तो लाग्छ । तर कुरा त्यस्तो होइन । खानेकुराको छनौट र पकाउने तरिकामा अकिलति मेहनत गर्नासाथ धेरै खाना आपैंmमा फाईदाजनक हुन जान्छ । उमालेको वा उसिनेको खानेकुरा खानु राम्रो एवं स्वस्थकर हुन्छ । बट्टा वा शिशीको जुस पिउनु भन्दा नियमित रुपमा ताजा फलपूmल नै फाईदाजनक हुन्छ । नुन बढी भएको, अधिक बोसोयुक्त, बट्टामा प्याक गरिएका खाद्य सामाग्री खानेकुरा नखानु नै वेश हुन्छ ।      शाकाहारीलाई समग्रमा क्यान्सर लाग्ने सम्भावना ५० प्रतिशत कम हुन्छ । त्यसैले पार्टी वा भोज जाँदा वा घरमै पनि गाजर, मूला, हरियो सागपात रेशादार तरकारी तथा फलपूmल नियमित रुपमा खाँदा क्यान्सरको समग्र जोखिम घट्न जान्छ । किनकि ताजा फलपूmल तथा सागपातमा एन्टी अक्सिडेन्ट पाइन्छ । खानामा हरियो सागपात तथा फलपूmल प्रशस्त समेट्नाले ठूलो आन्द्रा तथा मलद्वारको क्यान्सरबाट बच्न सकिन्छ ।      पहेँला खालका फलपूmल, सागसब्जी, बोक्रासहितको आलु, गहुँ, चना, मकै स्वास्थ्यलाई राम्रो हुन्छ । चोकरसहितको गहुँ, मकै, फापरको पिठोबाट बनाइएका परिकार रोटी तथा रायो, चम्सुर, पालुङ्गो, बेथे, तोरी, मेथी लगायतका रेशादार खाना उत्तिकै स्वस्थ्यकर हुन्छ । सूर्यमुखी, मकै, भटमास, बदामको तेल बढी फाईदाजनक हुन्छ । उमेर पुगिसकेकामा मल्टीभिटामिनका साथै बिटा केरोटिन, जिंक, सेलेनियमयुक्त खाना खानु राम्रो हुन्छ । त्यसैले सुन्तला, काउली, ब्रोकाउली, केरा, सागपात, गाजरको सेवनले क्यान्सरबाट जोगिन सकिन्छ ।       माछा, सेतो मासु, पंक्षीको मासु, कुखुराजन्य मासु खानु राम्रो हुन्छ । त्यो पनि एकदिनमा बढीमा १०० ग्राम मात्र । तुलनात्मक रुपमा रातो मासु कम खाने गरेमा समग्रमा पुरुष र महिलाको मृत्युदरमा क्रमशः ११ र १९ प्रतिशतले कमी आउने रहेछ । त्यसैगरी परिवर्तित मासु खाने पुरुषको मृत्युको जोखिम १६ प्रतिशत र महिलाको मृत्युको जोखिम २५ प्रतिशत हुने रहेछ । त्यसो भएर मासु नै खानु हुन्न भन्ने होइन तर रातो मासु र परिवर्तित मासुको सेवन कम गर्नु बुद्धिमानी हुन्छ ।       बढ्ता प्रशोधित नगरिएका खानेकुरा बढी स्वस्थ्यकर हुन्छ । खानाकै कारण क्यान्सर हुने मात्र होइन छनौट गरेर तथा मिलाएर खान जानेको खण्डमा खानामा पाइने तत्वले क्यान्सरबाट बचाउँछ पनि । यसरी खाना र क्यान्सरबीच घनिष्ठ सम्बन्ध छ । के, कसरी र कति बेला खाने भन्ने पनि उत्तिकै महत्वपूर्ण छ । पानी बढी पिउनाले शरीरमा रहेका हानिकारक तत्व पिसाबका रुपमा बाहिरिने भएकोले क्यान्सरको जोखिम कम हुन्छ । सुर्ती, चुरोट तथा मद्यपान सेवन गर्नुहुँदैन ।      विकासोन्मुख तथा विकासशील देशमा संक्रामक रोगहरु अभैm व्याप्त भएकोले रोकथाम गर्न सकिने खालका संक्रमणलाई बेलैमा ठेगान लगाउनु पर्दछ । क्यान्सर तुलनात्मक रुपमा उपचार गर्न सकिने भएपनि प्रभावित व्यक्तिले मात्र नभई परिवारले पनि दुख कष्ट भोग्नुपर्ने हुन्छ । खाना खाने बानीमा ध्यान दिई रोकथाम तिर लाग्नु नै बुद्धिमानी हुन्छ । हाडजोर्नी सुन्निने समस्या (आथ्र्राइटिस), मुटुको समस्या लगायतका धैरै थरिका समस्यामा प्रयोग गरिने एस्पिरिनको सेवनले घाँटीको क्यान्सरका साथै खाद्यनली अन्तर्गतको ब्यारेट्स इसोफागसको  खतरा कम गर्न मद्धत गर्दछ । बाह्उ औषधि वा खानाको माध्यमबाट पाएको भिटामिन ईले एन्टी अक्सिेडेन्टका रुपमा काम गरी डीएनएमा हुने क्षति रोकी क्यान्सर हुनबाट जोगाउँछ । त्यसैगरी ब््राोकाउलीमा पाइने सल्फोराफेन (शक्तिशाली फाईटोकेमिकल) तत्वले स्तन क्यान्सर पैmलिन रोक्छ । सारांश      क्यान्सर हुनसक्ने यति धेरै प्रतिकूल वातावरणमा रहिरहेको भएपनि हाम्रो अहोभाग्य भन्नुपर्दछ । हाम्रो खानापानमा सानै देखि बेसार, जिरा, मरिच, टिमुर, जाईफल, दालचिनी जस्ता मरमसलाका साथै लसुन, धनियाँ, अदुवाको सेवनले पनि क्यान्सर हुनबाट धेरै जोगिएका छौं । नियमित रुपमा काँचो लसुन खाने गर्नाले लसुन सेवनले फोक्सोको क्यान्सर जोखिम आधा कम हुन्छ । त्यसैगरी आन्द्राको ट्युमर पनि एक तिहाईले कम हुन्छ । बेसारमा पाइने करक्युमिन विषाणुविरोधी हुनुका साथै एचपीभी (पाठेघरको मुखको क्यान्सर गराउने मुख्य कारक विषाणु) सँग लड्न सक्ने क्षमता बढाउँछ । यी त केही उदाहरण मात्र हुन्, हाम्रा मरमसला सबैमा औषधीय गुण व्यापक मात्रामा छ ।      

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्