देश विरुद्ध बाहेक पत्रकारलाई स्वतन्त्र पूर्वक लेख्न र नागरिकलाई आफ्ना बिचार बोल्न स्वतन्त्रता छ । नेपालको संविधानले नै प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । यस्तो अवस्थामा दूई तिहाइ नजिकको बालेन सरकारले पत्रिकाको कार्यालयमा सादा पोशाकका प्रहरी पठाएर डर त्रास र राज्य आतंक मच्चाएको छ । यो आतंक बन्द गर्न हामी सरकारलाई आग्रह गर्दछौं । बालेन सरकार आएपछि जनताले ठूलो अपेक्षा गरेका थिए । सुशासन होला जनताले सुख शान्ति पाउलान् भनेर नै ३५ वर्ष देखि भ्रष्टाचार, कालो बजारी महँगी र अस्थिरतादेखि आजित भएर जेन्जी बिद्रोह गरेका थिए तर त्यो विद्रोहलाई हाइज्याक गरी अल्गोरिदमले नेपाली जनतालाई भ्रमित पारेर बालेन सरकार आएको प्रमाणित हुँदैछ । बालेन नेतृत्वको सरकार अल्लारे र आवारा छ र पो चौतर्फी मजाक नै मजाक गर्दैछ । जनताको आवश्यकता एकातिर छ अर्कोतिर यो र उ को फण्डा ल्याउने काम गर्दैछ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शम्सेरलाई मध्यराति समाते देखि नागरिकलाई स्पष्ट जानकारी नदिइ बालेन सरकारले भने जस्तै अनेकौं काण्ड नेपालमा भएकै हो त ? हामीलाई लाग्छ यो सबै फण्डा हो । सत्य तथ्य पत्ता लगाउने पत्रकार र मिडियाहाउसमा किन पुग्छ प्रहरी ? त्यसैले सरकार जिम्मेवार बन राज्य आतंक बन्द गर ।
