गत साउनमा भोटेकोशी नदीमा बाढी आउँदा रसुवा नुवाकोट धादिङ्ग जिल्लाका नदी किनारका बस्ती उजाड भएका थिए । हजारौ बेपत्ता भए पन्ध्र सय जातिको मात्रै लास भेट्टिएको थियो । आइतबार बिहान बुढी गण्डकी बाढी आउँदा रसुवा जिल्लाको जत्ति मानवीय क्षति नभए पनि नदी किनारमा रहेका बस्ती प्रभावित भएका छन् । पुल बगेर यातायात अवरुद्ध भएको छ । उसै त लगातारको वर्षापछि आएको बाढी र पहिरुका कारण देशका पाँच जिल्लाका मुख्य राजमार्ग प्रभावित भएका खबर छन् । प्रहरीले दिएको जानकारीअनुसार गोरखाको एक सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने म्याग्दी, नवलपरासी पूर्व, मनाङ र धादिङका राजमार्गहरू एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेका छन् । बुढी गण्डकीको बाढीले गोरखा जिल्ला जोड्ने पुल पनि बगाएको छ । गोरखाको आरुघाट सोतीमा आएको बाढीले पुल तथा सडकमा गम्भीर क्षति पु¥याएपछि आरुघाट–धादिङ सडकखण्ड पूर्ण रूपमा बन्द छ । पहिरो र बाढीका कारण म्याग्दीको बेनी–जोमसोम सडक, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, मनाङको बेँसीसहर–खाङ्सार सडक र धादिङको त्रिभुवन राजपथ प्रभावित भएका छन् । दशैँको मुखमा यी चार जिल्लाका सडकमा हाल एकतर्फी रूपमा मात्र सवारीसाधन सञ्चालन भइरहेका छन् । नेपालीका घर आँगनमा दशैं आइसकेको छ । यो दशैं तिहार बाढी पीडितका लागि घाउ जस्तै भएको छ । जे जस्तो भएपनि यो दशैं आयो यसलाई तडक भडकका रुपमा नमनाई सामान्य रूपमा मनाउँदा हुन्छ किनभने एउटा शोक र पीडामा दुःखी भएको बेला अर्को कसरी रमाउनु । दशैंको सबैमा हार्दिक शुभकामना ।
