IMG-LOGO

देउवा अभिभावक बन्न सक्दैनन्

 मंगल, भदौ २, २०८३  -

    नेताको परिभाषा त्यही त हो नि । बहावसँग बग्ने त काठको भुसा पनि बग्छ । तर बहावको विपरीत पौडिएर बाटो बनाउनेलाई मात्र नेता भनिन्छ । बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले भनेको कुरा र आजको सन्दर्भ ठ्याक्कै मिल्छ नेपाली कांग्रेसका सभापति गगन थापाको जीवनमा मिल्छ तर शेरबहादुर देउवाको जीवनमा मिल्दै मिलेन । ब्लेयर भन्छन् – नेता भनेको जोखिम नदेख्ने होइन । जोखिम देखेर पनि ”उच्च उद्देश्य“ का लागि कदम चाल्ने मान्छे हो । अरू चुप लाग्दा बोल्ने, अरू पछि हट्दा अगाडि बढ्ने । गगन थापाको राजनीति पनि त्यही शैलीको छ । पदमा नहुँदा पनि जनताको कुरो उठाउने, सहज बाटो छोडेर गाह्रो बाटो रोज्ने । विशेष महाधिवेशनले सभापति बनाएको भनेको जनताको भोट मात्र होइन, विश्वास पनि हो ।      शेरबहादुर देउवाले नेपाली कांग्रेसको इतिहासको बिरासत थाम्न सकेनन् युवा भावना र चाहना बुझेनन् । गगन थापाको चरित्र र साहसले नेपाली कांग्रेसमा विशेष महाधिवेशन सम्भव भएको थियो । युवा भावना बुभ्mने र आधुनिक नेपालको नेतृत्व गर्ने  क्षमता गगन थापामा छ । नेपाली कांग्रेसको साँचो नेतृत्व नै गगन थापाको हो । पदले मान्छेलाई ठूलो बनाउँदैन, मान्छेले पदलाई ठूलो बनाउँछ भन्ने मान्यता बुझेका नेता हुन् गगन थापा । बर्तमान भ्याकुम राजनीतिमा अहिले सबैभन्दा खाँचो यही कुराको छ – अविचलित साथ दिने र अविचलित लड्ने– । गगन थापामा नेपाली कांग्रेसका साथीहरुको माया र कार्यकर्ताको भरोसा दुवै छ । हिजो विपक्षीले नेपाली कांग्रेस प्रति कटाक्ष गर्दै भन्थे जय नेपालको नाराले दुःख पायो साह्राले तर अहिले जय नेपालको नारा अति प्रिय छ । नेपालको जय दिगबिजय गराउने बाटोमा गगन थापा र उनलाई विश्वास गर्ने सिङ्गो युवा टिम छ ।      अब शेरबहादुर देउपाको युग समाप्त भएको छ । उनलाई अगाडि देखाएर कांग्रेस अगाडि बढ्छ भन्नु गधालाई धोएर गाइ बनाउछु भन्नु जस्तै हो । शेरबहादुर देउवा साउन २८ गते नेपाल फर्किए तर उनको नबुझीने कुराले सबैका मन उत्साहित प्रफुलित भएनन् । देउवा बड्डाका गोता देखेर नेपाली जनता दुखित छन् । जेन्जीले भदौ २४ मा हात हालेर झन्डै देउवालाई नबिताएका । कोही कसैसँग गनगन नगर्ने, अत्यन्तै सोझा आफ्नो बचनप्रति इमानदार यि पाँच पल्ट प्रधानमन्त्री पो कसरी भए भन्ने जिज्ञासा सबैलाई लाग्छ । पञ्चायतले जिब्रो थुतेका कारण बोली नबुझिने देउवा बिदेश जानुको कारण नै बुढेसकालमा बालेन सरकारले समातेर जेल हाल्ला भन्ने थियो । त्यही जेल नहाल्ने भएर त उनले राजा ज्ञानेन्द्रले त मलाई सकेन भन्ने हुन्कार गरेर स्वदेश फर्किएका दिन भाषण गरेका । देउवालाई फर्कने वातावरण रवि बालेनले नै मिलाइदिएको हो र कांग्रेस फुटेपछि सत्ताको भतेर आफ्नै हुने ठानेका रवि बालेनको सपना सोम शर्माको सातु हो । देउवालाई कांग्रेसभित्रका जय जयकारको यो दृष्य नेपाली इतिहासमा प्रगतिशील धारामा लेखन पक्कै हुनेछ । उनको प्रधानमन्त्रीकालमा लाभ पाउनेले मात्र उनको स्वागतमा गएका थिए । आँखा च्यातेर हेर्ने सबैका उत्सुकता त्यतिबेला समाप्त भयो कि देउवाको उपस्थितिले नेपाली राजनीतिमा उत्साह होइन् झन निराशा देखियो किनभने उनले समग्र नेपाली कांग्रेसको कुरा गरेनन् आप्mनो गुटको कुरा गरे । त्यसैले देउवा राजनीतिमा हुनु र नहुनुमा केही फरक पर्दैन ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्