IMG-LOGO

नबोल्ने प्रधानमन्त्री

 मंगल, जेठ ५, २०८३  -

    पहिलाका प्रधानमन्त्री बोलेर वाक्क लगाउँथे अहिलेका प्रधानमन्त्री बोल्दैनन् जनता र देशका लागि हाइसन्चो छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली यति बोल्थे कि घर घरमा ग्याँस । कुश्मा र बेनीमा रेल स्टेशन । नेपालको पानीजहाजले झण्डा हालेर प्रशान्त महासागरमा घुम्छ भन्ने भिडियो ट्रोल खोज्दा भेटिन्छ । नेपाल समुन्द्रले नछोएको मुलुकमा उनले पानी जहाजको कार्यालय काठमाडौंमा स्थापना गरेका थिए । तै उनको पालामा जल सेना स्थापना भएन । उनको गफ र बोली सुन्दा देशमा भोली बिहान नै उथल पुथल होला जस्तो हुन्थ्यो यस्ता गफाडीले पनि मुलुक हाँकेका थिए ।     अहिलेका प्रधानमन्त्री बलेन्द्र शाह बोल्ने ठाउँमा पनि बोल्दैनन् । चुनावमा घण्टी मात्रै हल्लाए । देश दौडाहा त गरे जनकपुरमा आयोजित एक सभामा जम्मा १० मिनेट मैथली भाषामा बोले । त्यसपछि रास्वापाको पार्टी प्रशिक्षणमा गएनन् । संसद् अधिवेशन सुरु यता बोलेनन् राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत हुँदा उनी निस्किएर बेफिक्री हिँडे । यस्ता त छन् अहिलेका प्रधानमन्त्री ।     प्रधानमन्त्री बालेन्द्र नबोल्दा उनलाई चिन्न नै मुस्किल छ । बोले पछि पो थाहा हुन्छ मान्छेले के सोचेको हुन्छ । सोचबाट नै देशको गति कस्तो लिन्छ भन्ने कुरा स्पष्ट रूपमा थाहा हुन्छ । प्रधानमन्त्री नबोले पछि देश कसरी सबै ठीकठाक छ भनेर जान्नु । कि प्रधानमन्त्रीलाई नबोल्न कतैबाट दबाब त छैन ?

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्