बालेन साह प्रधानमन्त्री भएको एक महिना बढी भएको छ । एक महिनाको अवधिमा उनले गरेका कार्य माथि मूल्यांकन गरिँदै छ । नेपालको प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह (बालेन)को उदयसँगै बालेन युग शुरु भएको हो । जङ्गबहादुर राणा पछि उमेरका हिसावले उनी राणा जत्तिकै नयाँ युवा हुन् । मधेसी मूलका बालेन साहको प्रधानमन्त्रीका चुनौती नै चुनौतीहरू छन् । जनअपेक्षा र सुशासनको लागि उनले भरपुर काम गरेर देखाउनु छ तर त्यसमा बाले नं सरकार चुकेको देखिन्छ । अत्यधिक जनअपेक्षाका कारण बालेनंको सुशासन र समृद्धिको लागि उनले काम गर्न नसकेको बताइन्छ । युवा पुस्ता र आम जनताको ठूलो भरोसाका कारण तुरुन्त परिणाम दिनुपर्ने चर्को दबाब छ तर उनी सुकुम्बासी बस्ती उठाउन तिर लागेका छन् । यो कदमले काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उक्ति चरितार्थ भएको छ । भ्रष्टाचार नियन्त्रणका लागि बनेको आयोग के होला ? संसद् र सरकारभित्र सुशासन कायम राख्दै संस्थागत भ्रष्टाचार रोक्नु मुख्य लक्ष्य कहाँबाट सुरु गरेका छन् त्यही अन्योल छ । राजनीतिक तथा आन्तरिक स्थिरता कायम छैन । एकल पार्टी भए पनि गठबन्धन जस्तो देखिन्छ । पार्टी भित्र आन्तरिक कलह स्पष्ट रूपमा देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवाद र दुई मन्त्रीहरूको राजीनामा अहिले सम्म व्यवस्थापन भएको छैन । उनलाई आफ्नै पार्टी चुनौतीपूर्ण बनेको छ ।
