बनेपा, न्हुजः बचत तथा ऋण सहकारी संस्था लि. बनेपा ८ को १६ औं साधारण सभा संस्थाका अध्यक्ष रामलाल मानन्धरको सभापतित्वमा सम्पन्न भयो । कोषाध्यक्ष पुस्पलाल मानन्धरले आ.व. २०८२/०८३ को लेखापरीक्षण प्रतिवेदन र आगामी वर्षको बजेट प्रस्तुत गर्नुभयो । संस्थाका सचिव दिपककर्मी मानन्धरले प्रगति प्रतिवेदन तथा भावि कार्ययोजना प्रस्तुत गर्नुभयो । लेखा सुपरीवेक्षण समिति संयोजक सुवर्णकाजी मानन्धरले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । ६ सय १२ सदस्यबाट ४० लाख २४ हजार शेयर पूँजी संकलन गरेको छ । ११ करोड ८४ लाख २ हजार ६ सय ७५ निक्षेप संकलन, आ.व. २०८२/०८३ मा २ करोड ६८ लाख १ हजार ३ सय नयाँ ऋण लगानी गरेर ४७ लाख ७१ हजार २ सय १२ आम्दानी गरेको छ । अन्य आम्दानी १ लाख २० हजार २ सय २४ गरी कुल आम्दानी ४८ लाख ९१ हजार ४ सय ३६ भएको कुरा संस्थाकी प्रबन्धक तारालक्ष्मी मानन्धरले जनाउनुभयो । संस्थाको कुल खर्च ६१ लाख २० हजार ८ सय ३४ रहेको संस्थाले जनाएको छ ।
