आभाष बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको १७ औं साधारण सभा संस्थाका अध्यक्ष ग्रुवेन तौजलेको सभापतित्वमा शनिबार स्मार्ट पार्टी प्यालेस बनेपामा सम्पन्न भयो । संस्थाका सचिव धर्मभक्त प्रधानले प्रगति तथा भावि कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष सूर्यकुमार रंजितले आ.व. २०८२÷०८३ को लेखापरीषण प्रतिवेदन तथा आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्नुभयो । लेखा सुपरीवेक्षण समिति संयोजक विकास बैद्यले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाका उपाध्यक्ष प्रकाश कायस्थले स्वागत मन्तव्य दिनुभएको थियो । ७ हजार २ सय ८८ शेयर सदस्यबाट ३ करोड ८० लाख २१ हजार ४ सय शेयर पूँजी संकलन, ९४ करोड ५४ लाख १९ हजार ४८ निक्षेप संकलन, ३ करोड १८ लाख २३ हजार ६ सय ३४ जगेडा कोष, अन्य कोष ८० लाख ७६ हजार ६ सय ६६ रहेको संस्थाले जनाएको छ । ९४ करोड ५४ लाख १९ हजार ४८ रुपैया बचत संकलन गरेको छ । आ.व. २०८२÷०८३ मा ६ करोड ७२ लाख ९० हजार ४ सय ९१ गत वर्षकोमा थप ऋण लगानी भइ ७३ करोड २९ लाख ९२ हजार ६ सय ८४ ऋण लगानीमा रहेको छ । ८ करोड ५९ लाख ७४ हजार ६ सय ३७ आम्दानी गरी कुल खर्च ८ करोड ११ लाख ४१ हजार ३ सय ६९ रहेको संस्थाले जनाएको छ । खुद मुनाफा ३० लाख ७९ हजार ४ सय ५० कमाउन सफल भएको संस्थाले जनाएको छ ।
४६ लाख ३० हजार करमा योगदान
आभाष साकोसले आन्तरिक राजश्व कार्यालय धुलिखेल र बनेपा नगरपालिकामा ४६ लाख ३० हजार ९ सय ६४ कर बझाई योगदान गरेको छ ।
सदस्य तथा कर्मचारी सम्मान
शेयर सदस्यहरुमध्ये ऋण कारोबार गरेर व्यवसाय गरी आर्थिक उपार्जन गरी सुखमय जीवन बनाइ संस्थालाई योगदान गर्ने उत्कृष्ट ऋणी नारायणप्रसाद तिमल्सिना, उत्कृष्ट बाल बचत गर्ने अमेरा श्रेष्ठ, उत्कृष्ट सदस्य पुरुष तर्फ सनत कृष्ण कायष्ठ, उत्कृष्ट महिला सदस्य रिया शाक्य, उत्कृष्ट पुरुष जेष्ठ तर्फ बालकुमुण्द थापा, महिला उत्कृष्ट सदस्य भवानी देवी कायस्थलाई सम्मान गरेको छ । त्यसैगरी कर्मचारी मध्ये उत्कृष्ट कार्य गर्ने कर्मचारी गौतम मानन्धरलाई सम्मान गरेको छ ।
सदस्य सुरक्षा कार्यक्रम
संस्थाले विभिन्न सामाजिक क्रियाकलाप गर्दै २०७४ सालदेखि छोरी अभियान सञ्चालन गरी मातृमृत्यूदर तथा शिशुमृत्यू दर कम गर्न बच्चा अस्पतालमा जन्माउनु पर्छ भन्ने सन्देश फैलाउन हरेक वर्ष संस्थाको नव वर्ष र वार्षिक उत्सवमा शीर मेमोरियल अस्पतालमा मंसिर १४ गते अस्पतालमा जन्मेको पहिलो छोरीलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । १ सय १ सदस्यलाई ९ लाख ३८ हजार रोग उपचार आर्थिक सहयोग उपलब्ध गराएको कुरा संस्थाका प्रमुख प्रबन्धक सुवास बैद्यले जानकारी दिनुभयो ।
