IMG-LOGO

बिन्धवासिनीमा उप–समितिलाई मनोनयन पत्र हस्तान्तरण

 मंगल, मंसिर २, २०८३  -

    बनेपा । बिन्धवासिनी वचत तथा ऋण सहकारी संस्था लि.को ३३औ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित संचालक समितिले संस्था संचालनको लागि विभिन्न उप समितिमा मनोनित गरेका पदाधिकारीहरुलाई आइतबार एक कार्यक्रमका विच मनोनयन पत्र हस्तान्तरण गरेको छ । संचालक समितिको गत कार्तिक १४ गते बसेको बैठकले संस्थाको कार्यविधि अनुसार निवर्तमान अध्यक्ष प्रदिप थापाको संयोजकत्वमा, सल्लाहकार, उपाध्यक्ष केशव थापाको संयोजकत्वमा शिक्षा तालिम, सचिव भिमबहादुर खत्रीको संयोजकत्वमा ऋण लगानी तथा असुली र कर्मचारी व्यबस्थापन, कोषाध्यक्ष गणेशप्रसाद पराजुलीको संयोजकत्वमा कार्यक्रम तथा बजेट तर्जुमा र सम्पत्ति सामान खरिद तथा छपाइर्,  संचालक सदस्य लोकदर्शन कर्माचार्यको संयोजकत्वमा स्वास्थ्य तथा सदस्य कल्याण, संंचालक सदस्य बुद्धिमाया लामाको संयोजकत्वमा लघुवित्त उप समिति गठन गरेको थियो । यसै गरी संस्थाको ७ वटा सेवा कार्यालय अन्तर्गत खोपासी, बनेपा, पनौती, ढुंखर्क, पाँचखाल, भकुण्डे र बानेश्वर सेवा कार्यालयमा क्रमशः राजेन्द्रप्रसाद गुरागाई, मोहनप्रसाद होमागाई, रमेशप्रसाद जंगम, गणेश बहादुर तिम्सिना, दिनेश अधिकारी, लक्ष्मीप्रसाद दाहाल र रामकृष्ण तिमल्सिनाको संयोजकत्वमा सेवा कार्यालय व्यबस्थापन उप समितिहरु गठन गरिएको थियो । उप समितिहरुमा तीन देखि ५ जनासम्म पदाधिकारीहरु रहनु भएको छ । संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष केशव थापाले उपसमितका पदाधिकारीहरुको काम, कर्तव्य, जिम्मेवराी र आचारसंहिताको बारेमा जानकारी दिनु भएको थियो भने नव मनोनित सल्लाहकार रामहरि शर्मा तिमल्सिना र पनौती सेवा कार्यालयका संयोजक रमेशप्रसाद जंगमले मन्तव्य राख्नु भएको थियो । संस्थाका सचिव भिमबहादुर खत्रीले संचालन गर्नु भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले मनोनित पदाधिकारीहरुलाई कार्यविवरण सहित जिम्मेवारीेको मनोनयन पत्र हस्तान्तरण गर्नु भएको कुरा संस्थाका सुचना अधिकारी राजेन्द्र श्रेष्ठले काभ्रे टाइम्सलाई जानकारी दिनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्