प्रभात साकोसको १८ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष फिरोज शाक्यको सभापतित्वमा शनिबार सम्पन्न भयो । संस्थाका प्रमुख सल्लाहकार सागरनाथ कपालीले सहकारी संस्थाको दिगो बिकासका लागि कर्यक्रमिक योजनाका साथ अधि बढेको बताउनु भयो।कोषाध्यक्ष धनबहादुर कर्माचार्यले आव ०८२÷०८३ को लेखा परिक्षण, सचिव बलराम मानन्धरले प्रगति प्रतिवेदन र लेखा संयोजक पुर्णिामा प्रधानाङ्ग श्रेष्ठले लेखा प्रतिवेदन प्रसुत गर्नुभयो । ७९० शेयर सदस्यबाट ५९,२५,८०० शेयर रकम संकलन, बचत निक्षेप २,७३,९७,०५२÷– ऋण लगानी २,२६,६३,९३१÷–, ४३,७७,९६६÷– कुल आम्दानी, कुल खर्च ३७,२२,१९६÷– रहेको छ । अन्य कोष १ लाख ६२ हजार ५ सय ४९ रहेकोे छ । उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणीलाई सम्मान गरिएको थियो । नेपाल पत्रकार महासंघ काभ्रेका कोषध्यक्ष केशवराज पौडेलले मन्तव्य राख्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रदीप प्रधानले स्वागत मन्तव्य राख्नुभएको थियो । संस्थाका शेयर सदस्यका छोरा छोरी मध्ये उत्कृष्ट जीपीए ल्याउनेलाई समेत सम्मानित गरेको थियो ।
