IMG-LOGO

पिपुल्स साकोसको २० औं साधारण सभा

 मंगल, मंसिर २, २०८३  -

    बनेपा, पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष निरन शाक्यको सभापतित्व र सल्लाहकारहरुको उपस्थितिमा संस्थाको मुख्य कार्यालय बनेपा–८, तीनदोबाटोमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक सदस्य कपिल प्रसाद दुलालले राख्नु भएको थियो भने सभा सञ्चालन सचिव सन्तोष कुमार घिमिरेले गर्नु भएको थियो ।
    कानुनी सल्लाहकार ओमकाजी प्रजापतीले पिपुल्स साकोस सहकारी ऐन नीति र नियममा सञ्चालन भएको तथापि नियामकहरुको फरक फरक निर्देशनमा विरोधाभाष हुँदा कुन पालना गर्ने कुन नगर्नेमा द्विविदा उत्पन्न भएको धारण उहाँले राख्नु भयो । कार्यक्रममा संस्थाका अध्यक्ष निरन शाक्यले सहकारीको मर्म, भावना सिद्धान्त र मुल्य मान्यतालाई अंगिकार गरी मासिक रुपमा कम्तीमा एक कार्यक्रम या तलिम सञ्चानल गर्दै आएको र सदस्यहरुलाई धेरै रकम राख्ने झिक्ने भन्दा नियमित मासिक बचतमा जोड गराउदै राहत तथा अन्य सेवाहरु सहज, सरल र प्रभावकारी रुपमा सदस्यहरुमा पु¥याई संस्था सञ्चालित हु्नाले सदस्यको विश्वास जित्न सफल रहेको बताउनु भयो ।
सदस्य सुरक्षा कार्यक्रम
    संस्थाले सदस्य सेवा कार्यक्रम अन्र्तगत उत्कृष्ट बचतकर्ता एवं ऋणी सम्मान, एसईई विद्यार्र्थी सम्मान, नवजात शिशु र जेष्ठ सदस्यलाई निःशुल्क सदस्यता वितरण, बुबा आमा सम्मान, मोबाईल बैंकिङ, विभिन्न कम्पनीहरुको रेमिट्यान्स सेवा, मोवाईल रिचार्ज सेवा÷टेलिफोन तथा विजुली भुक्तानी सेवा, न्यूनतम ५ हजार रकम भएका शेयर सदस्यहरुको १ लाख सम्म निःशुल्क दुर्घटना बीमा, स्वास्थ्य उपचार राहत, परिवार समवेदना राहत, सदस्य शिक्षा अन्तर्गत सदस्य साक्षरता वित्तीय साक्षरता र व्यवसायिक तालिम, खुल्ला रक्तदान जस्ता सामाजिक हितका कार्यक्रमहरु गरेको अध्यक्ष निरन शाक्यले बताउनु भयो ।
    कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रतिवेदन सचिव सन्तोष कुमार घिमिरेले आर्थिक प्रतिवेदन कोषाध्यक्ष पवन राज कर्णजीतले र लेखा सुपरिबेक्षण समितिको प्रतिवेदन समिति संयोजक ऋषिराम गौतमले सभामा प्रस्तुत गर्नु भएको थियो । प्रमुख सल्लाहकार नवराज के.सी.ले गलत सञ्चालकका कारण सहकारीको मूल मर्म र असल सहकारी कर्मीको योगदानलाई नष्ट हुन दिनु नहुने बताउनु भयो । त्यस्तै सल्लाहकार राजन सापकोटाले समेत बोल्नुभएको थियो ।
जगेडा कोष १ करोड ७५ लाख
    उक्त सभामा आ.व.८२÷८३ को उत्कृष्ट कर्मचारीमा सहायक सरस्वती मानन्धरलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । संस्थाको कुल शेयर पूँजी २ करोड, निक्षेप संकलन २७ करोड ६ लाख ६५ हजार, ऋण लगानी २४ करोड ३१ लाख ४० हजार, जगेडा कोष १ करोड ७५ लाख १६ हजार र शेयर सदस्य एवं बाल बचत कर्ता समेत गरी ६ हजार ३ सय ९७ जना पु¥याउन सफल भएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्