IMG-LOGO

धनेश्वरी बहुउद्देश्यीय सहकारीको आम्दानी १ करोड ३१ लाख

 मंगल, कार्तिक १८, २०८३  -

    धेनश्वरी बहुउद्देश्यीय सहकारी संस्था लि. बनेपाले २६ औं साधारण सभा संस्थाका अध्यक्ष बद्रीप्रसाद पलाञ्चोकेको सभापतित्व तथा सल्लाहकार टीकाभक्त भोछिभोयाको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न गरेको छ । १ हजार ७ सय ४७ शेयर सदस्यबाट ६७ लाख ६६ हजार ४ सय शेयर पूँजी संकलन गरेको छ । १२ करोड ४१ लाख ३९ हजरा २ सय निक्षेप संकलन, ११ करोड ७८ लाख १२ हजार ७ सय ८७ ऋण लगानी, १ करोड ३१ लाख आम्दानी गर्न सफल भएको छ । जगेडा कोष ४८ लाख रहेको छ । नाफा भने २ लाख ९१ हजार रहेको संस्थाले जनाएको छ । संस्थाका प्रबन्धक भवसागर रञ्जीतकारका अनुसार जेष्ठ बचत कर्ता कान्छी महर्जन, उत्कृष्ट बचत पुरुष तर्फ पूर्ण काजी पोटे, उत्कृष्ट बचत महिला तर्फ सितामाया मानन्धर र उत्कृष्ट ऋणीमा नवकुमार श्रेष्ठलाई सम्मान गरेको बताउनुभयो । जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठ विषय विज्ञ र जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायस्थ श्रोत व्यक्तिको प्रशिक्षकको रुपमा आतिथ्यता रहेको थियो । संस्थाका सचिव श्यामकुमार भालुले प्रगति प्रतिवेदन, कोषाध्यक्ष उमेशरत्न शाक्यले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । लेखा संयोजक सुरेश भक्त भोछिभोयाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्