IMG-LOGO

सनलाइट साकोसको १५ औं साधारण सभा

 मंगल, कार्तिक १८, २०८३  -

    सनलाइट बचत तथा ऋण सहकारी संस्था लि. धुलिखेल–५ श्रीखण्डपुरले १५ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष भवसागर रञ्जीतकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा विषय विज्ञ जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठ, श्रोत व्यक्त सहकारी विज्ञ जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायस्थ, प्रमुख सल्लाहकार पूर्णसागर रंजीत, सल्लाहकारद्वय पूर्णबहादुर कर्माचार्य, गंगासागर रञ्जीतकारको उपस्थिति रहेको थियो । ९ सय ५३ शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी ४४ लाख रहेको जनाएको छ । ९ करोड ५५ लाख कारोबार रहेको संस्थाको जगेडा कोष २३ लाख रहेको छ । संस्थाले २ लाख ५२ हजार नाफा कमाउन सफल रहेको छ । संस्थाका सचिव सुरेन्द्र सुद्धाकारले प्रगति प्रतिवेदन, कोषाध्यक्ष मेनुका कुमारी थापाले आ.व. २०८२÷०८३ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । लेखा सुपरीवेक्षण समितिका संयोजक हस्ना जोशीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । जेष्ठ बचत कर्ता देव विलास गुवाजु, उत्कृष्ट बचत कर्ता पुरुष तर्फ शंखर खत्री, उत्कृष्ट महिला बचत कर्ता सरस्वती मानन्धर, उत्कृष्ट बाल बचत कर्ता सनाया मानन्धर र असल ऋणीमा हिमाल रायलाई सम्मान गरेको संस्थाले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्