IMG-LOGO

श्री जमुनी गणेश साकोसको १४ औं सभा

 मंगल, कार्तिक १८, २०८३  -

    श्री जमुनी गणेश बचत तथा ऋण सहकारी संस्था लि. को १४ औँ गरिमामय वार्षिक साधारण सभा संस्थाका अध्यक्ष गोपाल बिष्टको अध्यक्षतामा तथा प्रमुख अतिथि रामबहादुर कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सभामा संस्थाले आफ्ना सदस्यहरूको योगदान, नियमित बचत गर्ने बानी, असल ऋण कारोबार तथा शैक्षिक उपलब्धिको कदर गर्दै विभिन्न विधामा सम्मान कार्यक्रम आयोजना गरेको थियो । सम्मानित सदस्य तथा व्यक्तित्वहरू निम्नानुसार रहनुभएको छ ।
सम्मानित सदस्य तथा व्यक्तित्वहरू ः
    उत्कृष्ट नियमित बचतकर्ता मनकुमारी लामा, उत्कृष्ट ऋणी बालकुमारी कार्की, उत्कृष्ट बाल बचतकर्ता सिअस खत्री, उत्कृष्ट महिला ज्येष्ठ सदस्य सीता देवी कटुवाल, उत्कृष्ट पुरुष ज्येष्ठ सदस्य बलराम खत्री, उत्कृष्ट कर्मचारी सीता लामा र उत्कृष्ट एस.ई.ई. विद्यार्थी अभिषेक बिष्ट सम्मानित हुनुभएको छ ।
    सभामा आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम, बजेट, लेखा समितिका प्रतिवेदनलगायतका महत्वपूर्ण प्रस्तावहरू प्रस्तुत गरी छलफल पश्चात् सर्वसम्मतिले पारित गरियो ।
    संस्थाको मुनाफाका आधारमा शेयर सदस्यहरूलाई ३.७५ प्रतिशत शेयर लाभांश वितरण गर्ने तथा संरक्षित पुँजी फिर्ता कोषअन्तर्गत कुल रकमको ४० प्रतिशत बचत कारोबार र ६० प्रतिशत ऋण कारोबारका आधारमा सदस्यहरूलाई वितरण गर्ने प्रस्तावसमेत पारित गरिएको छ ।
    नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित संस्थाको आगामी कार्यकालका लागि नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति निर्वाचन सम्पन्न गर्न जिल्ला बचत संघ, काभ्रेका प्रमुख कार्यकारी अधिकृत गुरु प्रसाद ढकाललाई निर्वाचन उपसमितिको संयोजक तथा लक्ष्मी महिला साकोसका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी र संस्थाका सल्लाहकार जगन्नाथ के.सी.लाई निर्वाचन उपसमितिको सदस्यको जिम्मेवारी प्रदान गरिएको थियो । निर्वाचन उपसमितिको समन्वय तथा सहजीकरणमा ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित हुनुभएको छ । उक्त सभाले नयाँ कार्य समिति निर्वाचित गरेको छ ।
अध्यक्षमा ईश्वर खड्का
    त्यसैगरी अध्यक्षमा ईश्वर खड्का, उपाध्यक्षमा कर्णबहादुर थापा क्षेत्री, सचिवमा सुमानी तामाङ, कोषाध्यक्षमा विवेक के.सी., सञ्चालक सदस्यमा शालिकराम महत, श्यामकाजी बिष्ट, पवन कार्की, सजिना बुढाथोकी र राजकुमार तामाङ रहनुभएको छ ।
    लेखा सुपरिवेक्षण समितिका संयोजकमा कुमार थापा, सदस्यमा सन्तकुमार तामाङ र बबिता खड्का रहनुभएको छ । निर्वाचन उपसमितिका संयोज गुरु प्रसाद ढकालले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गर्दै पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । यस वर्षको साधारण सभामा संस्थाका कुल १,१७२ जना शेयर सदस्यहरूमध्ये ७२७ जना अर्थात् ६२.०४ प्रतिशत सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्