IMG-LOGO

आवर स्ट्याण्डर्ड साकोसको १४ औं सभा

 मंगल, कार्तिक १८, २०८३  -

    आवर स्ट्याण्डर्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपाको १४ औँ वार्षिक साधारण सभा शनिबार बनेपामा सम्पन्न भएको छ । २०६९ सालमा स्थापना भएको सहकारीले शेयर सदस्यहरूको सहभागितामा नियमित एजेण्डामाथि छलफल गर्दै वार्षिक प्रगति विवरण प्रस्तुत गरेको थियो । संस्थाका अध्यक्ष रत्नकुश रञ्जितकारले कार्यक्रमको उद्घघाटन गर्नुभएको थियो । अध्यक्ष रञ्जितकारले सहकारीलाई सदस्यहरूको आर्थिक हितमा कार्य गर्दै सदस्यहरूको विश्वास, सहकार्य र सहभागिताले संस्थालाई थप मजबुत बनाउने उल्येख गर्नुभयो । 
    त्यसैगरी, संस्थाका प्रबन्धक राजाराम घोरासाइनेले संस्थाले सञ्चालन गरेका गतिविधि, कार्यक्रम तथा वार्षिक प्रगति विवरणबारे प्रकाश पार्दै नीतिविधि र प्रविधिको उपयोग गरी संस्थालाई अगाडी बढाएको जनाउनुभयो । उनले संस्थाले सदस्यहरूको आर्थिक तथा सामाजिक हितका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सदस्यकेन्द्रित सेवा र संस्थागत विकासलाई प्राथमिकतामा राखिने बताए ।
    साधारण सभामा संस्थाको वार्षिक प्रगति समीक्षा, आगामी कार्ययोजना तथा सहकारीका नियमित एजेण्डामाथि छलफल गरिएको थियो । सदस्यहरूको सहभागितामा सम्पन्न सभाले संस्थाको आगामी यात्राका लागि आवश्यक मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ । संस्थाका अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा सुपरीवेक्षण समितिले प्रस्तुत गरेको प्रतिवेदन साधारण सभाले पास गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्