वैदिक सनातन धर्म भनेको मानव जीवनलाई सत्य, धर्म, कर्म, ज्ञान, सदाचार, करुणा, अहिंसा, सेवा र आध्यात्मिक चेतनाको मार्गमा अघि बढाउने प्राचीन जीवनदर्शन हो । यो केवल पूजा–पाठ, मन्दिर दर्शन, व्रत वा कर्मकाण्डमा मात्र सीमित धर्म होइन । यसले मानिसले कसरी बाँच्ने, कसरी व्यवहार गर्ने, परिवार र समाजप्रति कस्तो जिम्मेवारी पूरा गर्ने तथा परमात्मासँग कसरी सम्बन्ध स्थापित गर्ने भन्ने विषयमा मार्गदर्शन गर्दछ । ’सनातन’ शब्दको अर्थ हो सधै रहिरहने हो, शाश्वत वा अनादि । ‘वैदिक’ शब्दको अर्थ हो – वेदमा आधारित वा वेदसँग सम्बन्धित । यसर्थ, वेदमा आधारित शाश्वत जीवनदर्शनलाई वैदिक सनातन धर्म भनिन्छ । हाम्रा संस्कृति, दर्शन, परम्परा, मूल्य–मान्यता, रीति, वेशभूषा, आचारविचार खानपान आदिहाम्रो हावापानी र भूगोल अनुकुलन गरी हामी आफैले अनुसरण गरेको जीवन पद्धति को समष्टि नै हाम्रो सनातन धर्म हो । धर्म के हो ? बौद्धमार्गीहरूका लागि “धर्म” को अर्थ बुद्धले दिनुभएको शिक्षा हो, जसबाट हामी वर्तमान भ्रम र असन्तुष्टिबाट मुक्त हुँदै होश र आनन्दको अवस्थामा पुग्न सक्छौं । जसरी धर्मको अंग्रेजी शब्द “रिलिजन” ल्याटिन भाषाको “एक ठाउँमा जोड्नु” भन्ने अर्थबाट बनेको छ, त्यसरी नै संस्कृतको “धृ” धातुबाट धर्म शब्द बनेको छ । “धृ” को अर्थ दृढतापूर्वक हामीलाई आड दिने र टिकाउने भन्ने लाग्छ । मूलभूत रूपमा धर्मले हामीलाई त्यस्तो दुर्भाग्यपूर्ण अधोगतितिर झर्नबाट बचाउने बलियो आधार प्रदान गर्छ, जहाँ पुगेको भए दीर्घकालसम्म अनियन्त्रित तवरले दुःख भोगिरहनु पर्ने हुन्थ्यो । धर्मलाई पेसा बनाउनेहरुले नै धर्मलाई कमजोर बनाइरहेका, मासिरहेका, नाशिरहेका छन् । स्वभावोकध्यात्ममुच्यते । स्वभाव धर्म हो । स्वभाव शब्दको अर्थ गहन छ । निद्रामा घुर्ने स्वभाव धर्म हुनसक्तैन । सानो सानो कुरामा रिसाउने स्वभाव नि धर्म हुनसक्तैन । त्यसैले स्वभाव भन्नाले स्व.आत्माको, भाव.आशय नै स्वभाव हो । आत्माले अरुलाई रोएको, दुःख पाएको देख्न चाहन्न । अरुलाई दुःख दिन या दुःख हुने काम गर्न चाहन्न । बरु अरुलाई प्रसन्न देख्न चाहन्छ । यो र यस्तै प्रकारका स्वभावहरु धर्म अन्तर्गत पर्दछन् । आगोको पोल्ने र उज्यालो दिने स्वभाव, पानीको शीतलता र भिजाउने स्वभाव पनि धर्म भित्रै बुझिन्छन् । यतोकभ्युदय निःश्रेयसःसिद्धिः स धर्मः । अर्थात् जसबाट सर्वाङ्गीण उन्नति र अन्तिम उँचाई प्राप्त हुन्छ त्यो धर्म हो । यसबाट के बुझिन्छ भने धर्म एउटा सर्वोत्तम साधन हो जसले हामीलाई सर्वोच्चतातिर लैजान्छ । धृतिः क्षमा दमो क स्तेयं शौचम् इन्द्रिय निग्रहः । धीर्विद्या सत्यम् अक्रोधः दशकं धर्मलक्षणम् ।। धारणा, क्षमा, संयम,चोरी नगर्नु, पवित्रता, इन्द्रियमाथि संयम, बुद्धि, अध्ययन, सत्याचरण, रिस नगर्नु, यी दस धर्मका लक्षण अर्थात् परिचायक सामग्री हुन् । १. वैदिक सनातन धर्मको उत्पत्ति र इतिहासःवैदिक सनातन धर्म मानव सभ्यताका प्राचीनतम धार्मिक तथा दार्शनिक परम्परामध्ये एक हो।यसको मूल आधार चार वेद हुन् । १. ऋग्वेदःयसमा देवीदेवताको स्तुति, प्रकृति, अग्नि, सूर्य, इन्द्र, वरुण आदिको महिमा र प्रार्थना समेटिएका छन् । २. यजुर्वेदःयसमा यज्ञ, हवन, धार्मिक अनुष्ठान र कर्मकाण्डका विधिहरूको वर्णन छ । ३. सामवेदः यसमा मन्त्रहरूको गायन, संगीत, स्वर र उपासनाको विशेष महत्त्व छ । ४. अथर्ववेदः यसमा स्वास्थ्य, शान्ति, परिवार, समाज, जीवनका समस्या र आध्यात्मिक विषयसँग सम्बन्धित मन्त्रहरू छन् । यी चार वेदलाई सनातन वैदिक परम्पराको प्रमुख आधार मानिन्छ । २. वैदिक सनातन धर्मका मुख्य विशेषताहरू ःयस धर्मका केही महत्त्वपूर्ण आधारहरू निम्न छन् । १. सत्यः सधैँ सत्य बोल्नु र सत्यको मार्गमा हिँड्नु । २. धर्मः आफ्नो कर्तव्य, जिम्मेवारी र नैतिकता पूरा गर्नु । ३. कर्मः असल कर्म गर्नु र कर्मको महत्त्व बुझ्नु । ४. अहिंसाः कुनै पनि प्राणीलाई अनावश्यक दुःख नदिनु । ५. करुणाः दुःखी, असहाय र कमजोरप्रति दया राख्नु । ६. सेवाः मानव सेवा, समाज सेवा र राष्ट्र सेवामा समर्पित हुनु । ७. क्षमाः अरूका गल्तीलाई बुझ्ने र क्षमा गर्न सक्ने क्षमता राख्नु । ८. संयमः आफ्नो बोली, व्यवहार, इच्छा र क्रोधलाई नियन्त्रण गर्नु । ९. दानः आवश्यक परेका व्यक्तिलाई सहयोग गर्नु । १०. सहिष्णुताः अरूका विचार, आस्था र परम्पराको सम्मान गर्नु । यी मूल्यहरूले मानिसलाई असल, जिम्मेवार र नैतिक नागरिक बन्न प्रेरित गर्छन् । ३. सनातन धर्मका चार पुरुषार्थःसनातन धर्मले मानव जीवनका चार प्रमुख उद्देश्य बताएको छ । पुरुषार्थ अर्थ ः धर्म ः नैतिकता र कर्तव्यपा अर्थ ः न्यायपूर्ण तरिकाले धन आर्जन काम ः उचित इच्छा, सुख र आवश्यकता पूरा गर्नु मोक्ष ः जन्ममृत्युको बन्धनबाट मुक्ति प्राप्त गर्नु यी चार पुरुषार्थले मानिसलाई सन्तुलित र उद्देश्यपूर्ण जीवन जिउन सिकाउँछन् । ४. सनातन धर्मका प्रमुख धार्मिक ग्रन्थहरूः वेदबाहेक पनि सनातन धर्ममा धेरै महत्त्वपूर्ण धार्मिक ग्रन्थहरू छन् । १. भगवान् श्रीकृष्णले अर्जुनलाई दिनुभएको ज्ञान र उपदेश । यसले कर्मयोग, भक्तियोग, ज्ञानयोग र कर्तव्यपालन सिकाउँछ । २. मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जीवन, आदर्श, त्याग, सत्य र कर्तव्यको शिक्षा दिने ग्रन्थ । ३. धर्म र अधर्मबीचको संघर्ष, न्याय, राजनीति, परिवार र मानव जीवनका जटिल पक्षहरूको वर्णन । ४. उपनिषद्आत्मा, परमात्मा, ब्रह्म, जीवन र मोक्षसम्बन्धी गहन दार्शनिक ज्ञान । ५. पुराणहरूभगवान्, देवीदेवता, सृष्टि, धर्म, संस्कृति, तीर्थ र धार्मिक परम्परासम्बन्धी कथाहरू।यी ग्रन्थहरूले धार्मिक, आध्यात्मिक र नैतिक जीवनका विभिन्न पक्षलाई मार्गदर्शन गर्छन् । ५. सनातन धर्मका प्रमुख देवीदेवताहरूः सनातन धर्ममा विभिन्न देवीदेवताको उपासना गर्ने परम्परा छ । ब्रह्मासृष्टिकर्ताका रूपमा मानिने देवता । विष्णुपालनकर्ता तथा जगत्को रक्षक।महादेव (शिव)संहार र रूपान्तरणसँग सम्बन्धित देवता । माता दुर्गाशक्ति, साहस र दुष्टमाथि विजयको प्रतीक । महालक्ष्मीधन, ऐश्वर्य, समृद्धि र सौभाग्यकी देवी । श्री गणेशविघ्नहर्ता तथा शुभकार्यका आराध्य देवता । भगवान् श्रीकृष्णप्रेम, ज्ञान, कर्मयोग र धर्मका उपदेशक । भगवान् श्रीरामसत्य, मर्यादा र आदर्श जीवनका प्रतीक । सनातन परम्पराका विभिन्न सम्प्रदायले ईश्वरलाई फरक–फरक स्वरूपमा उपासना गर्छन् । कसैले विष्णुलाई, कसैले शिवलाई, कसैले देवीलाई र कसैले निर्गुण ब्रह्मलाई परम सत्य मान्छन् । ६. सनातन धर्ममा कर्म र पुनर्जन्मको सिद्धान्तःसनातन धर्ममा कर्मको विशेष महत्त्व छ । यसका अनुसार मानिसले गर्ने कर्मले उसको जीवन र भविष्यमा प्रभाव पार्छ । राम्रो कर्मले राम्रो परिणाम ल्याउने विश्वास गरिन्छ । नराम्रो कर्मले दुःखद परिणाम निम्त्याउन सक्छ । मानिसको आत्मा नित्य र शरीर नाशवान् मानिन्छ । जन्म, मृत्यु र पुनर्जन्मको चक्रलाई संसार भनिन्छ । यस चक्रबाट मुक्त हुने अवस्थालाई मोक्ष भनिन्छ । यस सिद्धान्तले मानिसलाई आफ्नो कर्मप्रति जिम्मेवार बन्न प्रेरित गर्दछ । ७. सनातन धर्म र नेपालको धार्मिक तथा सांस्कृतिक पहिचानःनेपालमा वैदिक सनातन धर्मको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्व अत्यन्त ठूलो छ । नेपालका प्रमुख धार्मिक स्थलहरूमा पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम, मनकामना, स्वयम्भूनाथ आसपासका हिन्दू तीर्थस्थल तथा विभिन्न शक्तिपीठहरू पर्छन् । हाम्रा चाडपर्व र संस्कृतिहरू पनि यस परम्परासँग जोडिएका छन् ।ः दशैँ – देवी दुर्गाको आराधना र असत्यमाथि सत्यको विजय।तिहार – लक्ष्मीपूजा, भाइटीका र दीपावली।तीज – भगवान् शिव र पार्वतीको उपासना । जनैपूर्णिमा – रक्षा बन्धन तथा वैदिक परम्परा । कोजाग्रत पूर्णिमा – माता महालक्ष्मीको आराधना । रामनवमी – भगवान् श्रीरामको जन्मोत्सव । श्रीकृष्ण जन्माष्टमी – भगवान् श्रीकृष्णको जन्मोत्सव । ८. आजको समाजमा वैदिक सनातन धर्मको आवश्यकताःआजको समयमा सनातन धर्मका मूल शिक्षालाई व्यवहारमा उतार्नु झन् आवश्यक छ । १. परिवारमा माया, प्रेम र सम्मान कायम राख्नु । २. समाजमा जातजाति, भाषा र समुदायबीच सद्भाव कायम गर्नु । ३. वृद्धवृद्धा, असहाय र गरिबको सेवा गर्नु । ४. प्रकृति, वनजङ्गल, नदी र वातावरणको संरक्षण गर्नु । ५. युवापुस्तालाई नैतिक शिक्षा र संस्कार दिनु । ६. धर्मका नाममा झगडा र घृणा होइन, शान्ति र एकता फैलाउनु । ७. आफ्नो धर्म र संस्कृतिको संरक्षण गर्दै अरूको धर्म र आस्थाको पनि सम्मान गर्नु । विशेषगरी, धर्मको वास्तविक मर्म मानिसलाई असल बनाउनु, समाजमा सद्भाव फैलाउनु र मानवताको सेवा गर्नु हो । ९. सनातन धर्मको मूल सन्देश ःसनातन धर्मका केही प्रसिद्ध संस्कृत वचनहरूले यसको आदर्शलाई स्पष्ट पार्छन् । १. वसुधैव कुटुम्बकम्अर्थः सम्पूर्ण संसार एउटै परिवार हो । २. सत्यमेव जयतेअर्थः सत्यको नै विजय हुन्छ । ३. सर्वे भवन्तु सुखिनःअर्थः सबै सुखी होऊन्, सबै निरोगी होऊन् । ४. अहिंसा परमो धर्मःअर्थः अहिंसा परम धर्म हो । ५. धर्मो रक्षति रक्षितःअर्थः धर्मको रक्षा गर्नेको धर्मले पनि रक्षा गर्छ । यी वचनले विश्वबन्धुत्व, सत्य, शान्ति, सद्भाव र मानव कल्याणको सन्देश दिन्छन् । १०. निष्कर्षः वैदिक सनातन धर्मको वास्तविक अर्थमेरो बुझाइमा वैदिक सनातन धर्मलाई केवल मन्दिर जाने, पूजा गर्ने, टीका लगाउने र चाडपर्व मनाउने विषयमा सीमित गरेर बुझ्नु हुँदैन । यसको मूल उद्देश्य मानिसलाई सत्यवादी, नैतिक, अनुशासित, दयालु, कर्तव्यनिष्ठ र सेवाभावी बनाउनु हो । धर्मले मानिसलाई जोड्नुपर्छ, तोड्नु हुँदैन । धर्मले समाजमा शान्ति, एकता, सद्भाव र मानवताको भावना विकास गर्नुपर्छ । यसैले वैदिक सनातन धर्मको मूल भावना हो—सत्यको मार्गमा हिँडौँ, असल कर्म गरौँ, सबै प्राणीको सम्मान गरौँ र विश्वकल्याणको कामना गरौँ । अझ बुझ्नका लागि एउटा सुन्दर वैदिक शान्ति मन्त्र ःॐ सर्वे भवन्तु सुखिनःसर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तुमा कश्चिद् दुःखभाग्भवेत्। । ॐ शान्तिः शान्तिः शान्तिः।। भावार्थः संसारका सबै प्राणी सुखी होऊन्, सबै निरोगी होऊन्, सबैले शुभ कुरा देख्न पाऊन् र कसैले पनि दुःख भोग्न नपरोस् । लेखक सापकोटा ः अध्यक्ष, विश्वहिन्दु महासंघ, नेपाल वागमति प्रदेश कार्य समिति
