उमेरले भर्खर ३१, तर देशको सत्ता र न्यायपालिकालाई समेत मुुठ्ठीमा पार्ने ‘सुपरम्यान’ बन्न खोज्ने हाइप्रोफाइल बिचौलिया हुन् –इनम सापकोटा । इनम सापकोटाको काुलो साम्राज्य र तीन पूर्वप्रधानमन्त्रीका पिएहरूको रहस्यमय कनेक्सन ! मेरिकी दूतावास र शक्तिकेन्द्रको धाक देखाउँदै पुग्थे न्यायाधीशहरूको ढोकासम्मै । उमेरले भर्खर ३१ वर्षका इनम सापकोटा–एउटा असाधारण तर खौफनाक पात्र, जसको कलिलो उमेर देख्दा जो कोही झुक्किन सक्छन् । तर, राज्यका शक्ति केन्द्रहरूमा उनको प्रुभाव र ‘कनेक्सन’ कुनै शक्तिशाली माफियाभन्दा कम थिएन । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मुख्य ‘मिसन म्यान’ बनेर न्यायपालिकाका निर्णयहरू प्रभावित गर्न तल्लीन यो युवकले प्रधानमन्त्री निवास बालुवाटारदेखि प्रधानसेनापति, नेपाल प्रहरीको सर्वोच्च तह, र विदेशी दूतावास तथा गुुप्तचर निकायको समेत धाक दिएर राज्यलाई नै बन्धक बनाउन खोजेको थियो । अझ डुरलाग्दो कुरा त के भने, उनी अमेरिकी दूतावास, भारतीय शक्तिकेन्द्र र विदेशी गुप्तचर निकायहरूको नाम भजाउँदै, उनीहरूकै धाक र प्रुभाव देखाएर सिधै न्यायाधीशहरूको ढोकासम्मै पुग्ने गर्दथे । सुरुमा अमेरिकी र भारतीय भूराजनीति, सुशासन र स्वतन्त्र न्यायपालिकाका ठूला र आकर्षक गफ दिएर न्यायाधीशहरूको विश्वास जितेका इनमले जब आफ्नो स्वार्थ पूरा गर्न सकेनन्, तब उनी धम्कीमा उत्रिने गर्थे । हिमालयन रि–इन्स्योरेन्सका रोहित गुप्ताको मुद्दामा प्रधानमन्त्रीको नाम जोडेर ठाडो दबाब दिने, न्यायाधीशहरूले कानुनसम्मत निर्णय गर्दा ‘प्रधानमन्त्री बेुखुसी छन्, महाभियोग लाग्न सक्छ, देशमा सैनिक कू हुँदैछ’ भन्दै मानसिक आुतङ्क सिर्जना गर्ने इनमको दुुसाहस सामान्य थिएन । न्यायाधीशहरूले सुरक्षाका लागि आँट गरेर सेनाको सहयोगमा मात्र यो गिरोहको पर्दाफास भयो । तर, यो काण्ड यहाँ मात्रै रोकिएको छैन । जब प्रहरीले इनमको मोबाइल (DFL) र कल डिटेल खानतलासी ग¥यो, तब यसको जालो अझ गहिरो र झन् शक्तिशाली राजनीतिक वृत्तसम्म फैलियो–सीधा तीन पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूसम्म! अनुसन्धानले इनमको सम्पर्क र बाक्लो भेटघाट सीधा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय भानु देउवा, पुष्पकमल दाहालकी छोरी तथा स्वकीय गङ्गा दाहाल, र केपी शर्मा ओलीका स्वकीय राजेश बज्राचार्यसँग रहेको पोल खोलेको छ । यी हाइप्रोफाइल पिएहरूको नाम जोडिँदा अब अनुसन्धानले नयाँ मोड लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पुक्राउ परेका इनममाथि राष्ट्र बैङ्क ऐन र सम्पत्ति शुुद्धीकरण निवारण ऐन अन्तर्गत विशेष छानबिन भइरहेको छ भने सशस्त्र प्रहरीका उच्च अधिकारीहरू समेत यो जालोमा तानिएर निलम्बनमा परिसकेका छन् । विवादास्पद व्यापारी दीपक भट्टलाई जोगाउन र अदालतदेखि सिंहदरबारसम्मलाई किनबेचको वस्तु बनाउन उद्यत इनम सापकोटा र सत्ताका यी शुक्तिशाली पिएहरूको कनेक्सनले नेपालको राजनीति, न्यायालय र प्रशासनिक संयन्त्रभित्रको एउटा नाङ्गो, कुुरुप र कहालीलाग्दो सत्यलाई पूर्ण रूपमा उुदाङ्ग पारेको छ ।
