IMG-LOGO

कोरोनापछिको विश्वः बढ्दै छ मानिसहरूमा दुःख, चिन्ता र रिसाउने प्रवृत्ति

 मंगल, असोज २७, २०८३  सुदर्शन सिम्खडा, बेल्जियम

                कोरोना महामारीको प्रभाव बिस्तारै कम भए पनि यसले मानव जीवनमा छोडेको मनोवैज्ञानिक असर भने गहिरो बन्दै गएको विभिन्न अध्ययनहरूले देखाएका छन् । पछिल्लो केही वर्षयता विश्वभरका मानिसहरूमा खुसीको स्तर घट्दै गएको र दुःख, चिन्ता, तनाव तथा रिसको मात्रा उच्च रूपमा बढेको पाइएको छ ।                 प्रसिद्ध अनुसन्धान संस्था ‘ग्यालप ग्लोबल इमोटन्स रिपोर्ट’ लगायतका विभिन्न सर्भेक्षणहरूले महामारीपछिको विश्वमा मानिसहरू भावनात्मक रूपमा थप संवेदनशीलता र असुरक्षाबाट गुज्रिरहेको औँल्याएका छन् । लामो समयको लकडाउन, आर्थिक अस्थिरता, महँगी र बेरोजगारीका कारण मानिसहरूको दैनिकीमा नकरात्मक प्रभाव परेको छ । मनोवैज्ञानिकहरूको भनाइ अनुसार, कोरोनाकालमा उत्पन्न भय र अनिश्चितताले मानिसहरूको सहनशीलता (Tolerance) र धैर्यतालाई कमजोर बनाएको छ । परिणामस्वरुप, आजभोलि मानिसहरूमा सामान्य कुरामा पनि छिटो रिसाउने, असहिष्णु हुने र कुण्ठा पाल्ने प्रवृत्ति बढ्दो छ ।                 विशेष गरी युवा पुस्ता र सहरी क्षेत्रमा बस्ने मानिसहरूमा एक्लोपन, भविष्यप्रतिको अनिश्चितता र नैराश्यता बढी देखिएको छ । आर्थिक दबाब र सामाजिक सम्बन्धहरूमा आएको चिसोपनले पारिवारिक तथा सामाजिक सद्भावमा समेत असर पारेको छ । यद्यपि, विज्ञहरूले यो कठिन परिस्थितिबाट पार पाउन मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने, खेलकुद,योग, ध्यान र सकारात्मक सोचको अभ्यास गर्नुपर्ने तथा सामाजिक अन्तरक्रियालाई बढावा दिनुपर्ने सुझाव दिएका छन् । एन्थोर्पेन

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्