तपाई ब्वाँसोहरुको सभापति हुनु भो होसियार रहनु होस । कांग्रेस एक साधन हो नेपालीलाई समृद्ध बनाउने । ब्वाँसो भन्दा पक्कै रिस भयानक उठ्छ । तर संसारका सबैजसो देश र राज्य सता समाप्त वा तन्नम भाको ब्वाँसोले लुछेर हो । नेपालमा राजा सकिए मण्डले ब्वाँसोले । संंसारमा राजा निरङ्कुश र कम्यूनिष्ट शासन सकियो तिनले पालेको ब्वाँसोले । नेपालको कम्युनिष्ट र यिनले चलाको नेपाल यिनैको सङ्गठित सदस्य ब्वाँसोले चुसेर कङ्गाल बनाए । नेपाली कांग्रेस मास बेस वा चुनाव केन्द्रित दलको रुपमा स्थापित भाको दल हो । तर २०४६ साल पछि कम्युनिष्टको डरले कांग्रेसमा साधारण सदस्य साथै कृयाशील सदस्य कम्युनिष्ट को सङ्गठित सदस्य जस्तै थपेर सक्कली ब्वाँसो पार्टी बन्यो । त्यस पछि नेपालमा राजनीतिक विचार सिद्धान्त नीति सबै भक्ति र कुर्सीको शक्ति मा रूपान्तरित भयो । नाम कांग्रेस र बिभिन्न कमनिस्ट भयो । तर सबै दलको काम दाम हाम दाम हाम मात्र भए पछि नेपालमा बस्न कसैले रुचाउन छाडे । सक्नेजति करीव १० लाख नेपाली स्थायी बिदेसी भए । नसक्ने करीव १ करोड काम र विकल्प खोज्न बिदेसमा गुलाम भयौं । गुलामले कमाएर ल्याएको पठाएको पैसाले काङ्ग्रेस कम्युनिष्टका ब्वाँसो जुका किर्नाले महल ठड्याए रातारात करोडौंको गाडीका मालिक भए ।नेपालको उद्योग व्यापार यिनैको कब्जामा रहे । अन्यायलय को नौलो परम्परा बस्यो । न्यायालयमा कानुन बुझ्न भन्दा पैसा बुझ्ने परम्परालाई शशक्तिकरण गरियो । ब्वाँसोलाई जनताले नेताहरूलाई ब्वाँसोले चाकरी चरम उत्कर्षमा पुग्यो । धन्न Gen Z आन्दोलन भयो । नत्र यो समयभित्र हजारौं थप ब्वाँसो जुका किर्ना अर्ब पति भै सक्थे । बा अति अति शक्तिशाली हुन्थे । शेरबहादुर जी ७ पटक नभए नि ६ पटक प्रधानमन्त्री हुन्थे । उनको एकलौता बेटा खर्ब पति बिनोद भन्दा धनी हुन्थे । श्रीमतीलाई कांग्रेस सभापति हुन इन्द्र को बाउ ले पनि रोक्न सक्दैन थे । तपाई बल्ल उपसभापति मा उक्लिनु हुन्थ्यो । १५ वर्षमा तपाई बरिष्ठ उपसभापतिमा अवकाश लिनु हुन्थ्यो । तर Gen Z को काकतालीले तपाईंलाई मौका मिल्यो सभापति बन्न । तपाई को सबै योग्यता योगदान प्रधानमन्त्री बन्नै पर्ने खालको छ । तर तपाईंको ब्वाँसो पाल्ने नेपाली कांग्रेस सरकारमा जानै नहुने खाल्को कोकलेटो अवस्था छ । तपाई एक्लै देश बनाउन र गरिब र गुलाम नेपालीको समस्या समाधान गर्नै सक्नुहुन्न । ब्वाँसोलाई काम लगाउनै पर्छ । ब्वाँसोले नलुछी काम गर्न असम्भव देखिन्छ । अब आफै सम्हालेर अघि बढ्नु होला । Primary Election / Election based Party हुन सके फेरी मौका मिल्न सक्छ तपाई जस्तो सबैभन्दा अनुभवी नेपालीलाई । तर ब्वाँसोले मान्लान के ? प्रयास गर्नुस । शुभकामना ।
