आफ्नो नाम सन्जय खड्का बताउने एक ब्यक्तिले राष्ट्रिय बाणिज्य बैकको कर्मचारीका रूपमा परिचय दिदै ९७०१८०६५११ नम्बरबाट आज फोन ग¥यो र भन्यो – ‘हजूरको केवाइसी अपडेट गर्नुपर्ने भयो, त्यसैले फोन गरेको । मैले भने – ‘एकपटक भिडियोमा आउनु भाइ, अनुहार नहेरिकन म बिश्वास गर्न सक्दिन ।’ त्यसपछि उसले भन्यो – ‘बैकको कर्मचारी भिडियो कलमा आउन मिल्दैन हजूर ।’ मैले भने – ‘त्यसोभए मैले पनि विश्वास गर्न मिल्दैन ।’ मैले यसो भन्ने बित्तिकै उसले फोन राख्यो । खासमा यो ब्यक्ति स्क्यामर हो भन्ने पूर्ण विश्वास भएर नै मैले उसको अनुहार हेर्ने र स्क्रीनसट लिने विचार गरेको थिए, तर सफल हुन सकिएन ! यस अघि गत असारमै म लुटिएको हो । बाणिज्य बैकको मेरो खातामा भएको सम्पूर्ण नगद केवाइसी भर्ने भन्दै बिबरण लिएर स्क्यामरले लुटेको थियो । त्यसबेला बाणिज्य बैकको लोगो अङ्कित नम्बरबाट मलाई ह्वाट्सपमा कल आएको थियो । त्यसबेला अपराधीले ९७१६२७७२९९ र ९७६२०२८०१० नम्बरबाट मलाई ह्वाट्सप गरेको थियो । असार २२ गते म लुटिनुभन्दा दुई महिना अगाडी त्यही नम्बरबाट मलाई ह्वाट्सप गरी केवाइसी भर्न बाणिज्य बैकको कार्यालयमा आउनु भनिएकोमा मैले भोलि आउनेछु भनेपछि उसले फोन राखेको थियो । त्यसपछि पनि बीचमा एकपटक मलाई ह्वाट्सप गरी बैकमा आउन ताकेता गरेको, तर म काम विशेषले जान सकिरहेको थिइन । गत असार २२ गते फोन गरेर पुनः उसले बैकमा आइदिन आग्रह गर्दै हजूर ब्यस्त हो भने मै फर्म भरिदिन्छु भन्दा म खुशी भएर सम्पूर्ण विवरण टिपाएको थिए । एकैछिन पछि दुई किस्ता गरेर सम्पूर्ण नगद निकालिएको सूचना मेरो मोबाइलमा आयो । तत्काल बाणिज्य बैकमा फोन गर्दा सम्पूर्ण नगद यहाँबाट साइन रेसुङ्गा बिकास बैंक र गरिमा डेभलपमेण्ट बैंकमा ट्रान्स्फर भएको जानकारी पाइयो । मैले ढिला नगरिकन ऋत पु¥याएर काठ्माडौ प्रहरी परिसरमा असार बाइस गते नै निबेदन दिएको हो । प्रहरीले अपराधिको पहिचान गरिसकेको बुझेको छु र मलाई यही जुनीमा नगद फिर्ता ल्याइदिने बिश्वासका साथ सम्बद्ध प्रहरीको फोनको प्रतीक्षा गरिरहेको छु ! नेपालमा डिजिटल प्रणाली सूरक्षित देखिएन । दैनिक हज्जारौ ब्यक्ति मजस्तै गरी लुटिएका छन् । मैले चेक साट्न पठाउदा फोन गरेर कन्फर्म गर्ने बैकले खाता नील बनाएर लाखौं रूपैयाँ चुपचाप ट्रान्स्फर हुन दिइने अवस्थामा परिवर्तन नल्याइने हो भने बैकमा नगद जम्मा गर्ने – गराउने बारे हरेक नेपालीले पुनर्विचार गर्नुपर्ने हुन्छ ! सचेत बनौ !
