भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको साइडलाइनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा चिनियाँ राष्ट्रपति सीले चीन र भारतले आफ्ना द्विपक्षीय सम्बन्धलाई रणनीतिक दृष्टिकोणका साथै दीर्घकालीन विकासलाई ध्यानमा राखेर हेर्नुपर्ने बताएका छन् तर छिमेकमा त्यत्रो उत्सव हुँदा नेपाललाई कुनै निम्तो र महत्व भारतले दिएन । चीन र रुससँग ग्याँस–पेट्रोल उत्खननको कूटनीतिक खाका कोरेको इतिहास साँक्षी छ, तर आवेग र सस्तो पपुलिजमको भीडतन्त्रबाट उदाएको वर्तमान नेपालको रमिते सरकारले आज देशलाई अन्तर्राष्ट्रिय भड्खालोमा हालेको छ । तीनतिरको सिमाना, ७५ प्रतिशत आयात र रोटी–बेटीको सम्बन्ध भएको छिमेकी भारतमा ब्रिक्स (BRICS+) शिखर सम्मेलन हुँदा भुटान र बंगलादेश ‘अतिथि’ बन्ने तर नेपालको नाम सूचीबाटै गायब हुनु हाम्रो विश्वव्यापी साखको लज्जास्पद पतन हो । २४ सचिव पाल्ने, १०८ पण्डित पुज्ने र संसदमा आधा घण्टा संसदीय मर्यादामा टिक्न नसक्ने घामट नेतृत्वले एआई (AI) को युगमा ‘संसारमै सुरुङको हिलो निकाल्ने प्रविधि छैन’भन्दै विज्ञानको अपमान गरेपछि अन्तर्राष्ट्रिय मञ्चले नेपाललाई लाचार र अविश्वसनीय दर्शकबाहेक केही देख्दैन । वैश्विक कूटनीति खोक्रो दम्भ र अनुमानको दलदलबाट चल्दैन संकटबाट पार पाउन काल्पनिक ईश्वर वा फेसबुकको भर्चुअल श्रीपेच होइन, मानिसकै बुद्धि, विज्ञान, श्रम, संगठन र सामूहिक विवेक चाहिन्छ । तालीको भ्रम तोड्दै र मृत्युदण्डको डोरी समेत सहर्ष स्वीकार गर्ने म एक शुद्ध परोपकारी (Altruist) मानव हुँ–मानसिक रोग निम्त्याउने परम्परागत लेदो शिक्षा बन्द गरौँ र देश जोगाउन घरघरमा आमा शिक्षा, यौन शिक्षा र विज्ञान–प्रविधि–उत्पादनको महाक्रान्ति र कूटनीतिक शिक्षा बारे सिकौं र सिकाऔँ । दुई देशबीच केही भिन्नताहरू भए पनि चीन र भारतले साझा विकास हासिल गर्न एकअर्कालाई सहयोग र समर्थन गर्दै आएको राष्ट्रपति सीले उल्लेख गरे । शनिबार मात्रै नयाँ दिल्ली ओर्लिएका सीले यसबीचमा प्रधानमन्त्री मोदीसँग २० भन्दा बढी पटक भेटवार्ता भई धेरै महत्वपूर्ण सहमतिहरू भएको उनले स्मरण गरे । यसबाट के स्पष्ट हुन्छ भने अबका महाशक्ति देश चीन र भारत नै हुन् । विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएका र ‘ग्लोबल साउथ’का सदस्य राष्ट्रका रूपमा चीन र भारतको मानव जातिको साझा भविष्यप्रति महत्वपूर्ण जिम्मेवारी रहेको सीको भनाइ थियो । भेटवार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ब्रिक्स अध्यक्षताका क्रममा चीनले पु¥याएको सहयोग र समर्थनका लागि धन्यवाद ज्ञापन गर्दै राष्ट्रपति सीलाई स्वागत गरेका थिए । उनले यस भेटवार्ताले दुई देशबीचको द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल गर्ने अवसर प्रदान गरेको बताए । सम्मेलनका क्रममा ब्रिक्स सदस्य राष्ट्रहरूले सर्वसम्मतिले नयाँ दिल्ली घोषणापत्र २०२६ पारित गरेका छन् । उक्त घोषणापत्रमा पश्चिम एसियामा जारी तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अधिकतम संयम अपनाउन, नागरिक तथा सर्वसाधारण पूर्वाधारको सुरक्षा गर्न र कूटनीतिक माध्यमबाट शान्ति कायम गर्न आह्वान गरिएको छ । साथै, अन्तर्राष्ट्रिय कानूनअनुसार विश्वव्यापी व्यापार, आपूर्ति शृङ्खला र ऊर्जाको सहज प्रवाह कायम राख्न मिलेर काम गर्नुपर्नेमा जोड दिइएको छ । सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीनले आगामी वर्ष ब्रिक्सको अध्यक्षता ग्रहण गर्दै १९ औँ ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने घोषणा समेत गरे । उता भारतीय प्रधानमन्त्री मोदीले विश्वव्यापी सुशासन सुधारका लागि १० वटा उपायहरू प्रस्ताव गर्दै ‘ग्लोबल साउथ’लाई निर्णय प्रक्रियाको मूलधारमा ल्याउनुपर्नेमा जोड दिएका छन् । दोस्रो अर्थतन्त्रका रूपमा उदाएको चीन, विश्वकै ठूलो सैन्य महाशक्ति रूस र एसियाको उदाउँदो राष्ट्रका रूपमा परिचित भारत एक ठाउँमा उभिँदा अमेरिका एक्लिँदै गएको विश्लेषण गरिएको छ । भारत र चीन एक ठाउँमा आउँदा अमेरिकासँग समदूरी राख्ने पाकिस्तान लगायतका देशहरूको भूराजनीतिक आयातन फेरिनसक्ने कुटनीतिज्ञहरूको विश्लेषण छ । यस्तो अवस्थामा भारत चीन पुग्दा दुई देशको बीचमा रहेको नेपालले फाइदा लिन नसक्नु हाम्रो कुटनैतिक कमजोरी हो ।
