IMG-LOGO

धरिनीडाँडामा बन्दैछ एतिहासीक बिपी कोइराला पार्क

 मंगल, भदौ ३०, २०८३  दीपक श्रेष्ठ

    नेपालथोक पाटीबाट दक्षिण उकालो लागेपछि पुगिन्– धरिनडाँडा । त्यहीँ बन्दैछ १४० रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएर बिपी ऐतिहासिक पार्क । पिताजी कृष्णप्रसाद कोइरालाको दलाने घर बनिसक्यो । बिपीको पूर्ण कदको शालिक ठडिइसक्यो । म्युजियम र सभा भवन बन्यो । अनि, बन्दैछ (पोखरी । बढाइदै छ –हरियाली ।     पार्क निर्माणमा सरकारको मात्र के मुख ताक्ने ? नागरिकलाई कसरी जोड्ने ? प्राडा विद्यानाथ कोइरालाको ‘जे सकिन्छ, जानिन्छ, गर्दै जाने’ दर्शनमा टेकेर पार्कमा अर्ध कदका शालिक थपिदै छन् । वनभोज स्थल बन्दैछन् । संग्रहालयका लागि सामग्री जुटाइदै छ । काकाकै घरमा हामी बस्यौं आज । गुरूयोजना अनुसार चिटिक्कको मन्दिर कसरी बनाउने ? त्यो पनि रामजानकीको मन्दिर । यस्तै छलफल भए ।     ‘जे सकिन्छ हालौं, काम थालौं । मै हालुँला एक लाख’– विद्या काकाले भन्नुभो । हामीले होहो.. मिलायौं । शिव कोइराला सरले ५०÷५१ हजारका दुई तिन प्रतिबद्धता प्राप्त भएको जानकारी दिनुभो । मले भनें–‘आर्थिक मात्र हैन जिन्सी र श्रम सहयोग पनि जुटाउँ ।’ १२ लाख जतिको अनुमानित बजेट निस्किएको छ रे । मैले भनें–‘मन्दिरमा सिमेन्ट किन दल्ने ? ढुङ्गैढुङ्गाको अलि फरक मन्दिर बनाउँ ।’     तर, समाजलाई लाग्छ–सिमेन्टले जोड्छ । म भन्छु–‘सम्पदालाई सिमेन्टले तोड्छ । मन्दिर–मौलिक कला, रैथाने ज्ञान, सीप र प्रविधिमा बनाउनु पर्छ ।’ काठमाडौंबाट ८० किलोमिटर दुरीमा छ (दुम्जाको नेपालथोक । सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–१ नेपालथोकबाट एक घण्टाको पैदल यात्रामा धरिनडाँडाको बिपी पार्कमा पुगिन्छ । त्यसो त आँपघारीबाट सिमलचौर हुँदै या डिहिटारबाट अड्चले, पानीपोखरी हुँदै ६र७ किलोमिटर दुरीमा मोटर चढेरै धरिनडाँडा पुगिन्छ ।     बिपी पार्कभित्र सिर्जना ग्राम बनाउने छलफल पनि भए । विद्या काकाले भन्नुभो–‘त्यो तिमीले भनेको कला साहित्य उत्सवको तयारी गर । गाउँमा लैजाने घरघरमा राख्ने ।’ दुम्जाको साहित्यका बिषयमा पनि छलफल भए । मैले भने–गज्जब, यो गरौं । दुम्जाको साहित्यबारे कार्यपत्र लेखौं । एउटा बिशिष्ट खाले साहित्य उत्सव गरौं ।’     लामो समय प्राध्यापन कर्ममा रमाउनुभएका बिन्दु कोइराला र जया पाठकले पनि समर्थन गर्नुभो । सुदर्शन कोइराला, हरिप्रसाद कोइराला, विष्णु केसी, शिव कोइरालाले पनि दुम्जा प्रवर्धनमा महत्त्वपूर्ण कार्य हुने उत्साह थप्नुभयो । लीला काकीकै हातले पकाउनुभएको मिठो चियाको स्वाद साँचेर हामी बिदा भयौं । अन्त्यमा, धरिनडाँडालाई ऐतिहासिक बिपी पार्क बनाउने महान कार्यमा नागरिक हातेमालो अभियानमा तपाईं पनि जोडिनसक्नु हुन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्