IMG-LOGO

टाउको जोड्ने एकताले मात्र पार्टी सुद्रृढ हुँदैन

 मंगल, भदौ २, २०८३  मधु आचार्य, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

    काठमाण्डौंमा भएको कांग्रेसको संस्थापनइतर समूहको भेलाले विधानसम्वन्धी प्रस्ताव पारित गरेर गत वर्ष सम्पन्न विशेष महाधिवेशनको औचित्यता र वैधानिकतालाई प्रमाणित गरेको छ । त्यसैगरी क्रियाशील सदस्यताको वितरण र नवीकरणको प्रविधिकरणलाई जायज ठहर्याएको छ । यस प्रस्तावलाई प्रस्तुत गर्ने र पारित गर्न सहयोग पुर्याउने सबै साथीहरुलाई धन्यवाद छ ।     गलत काम गरेमा प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव र संवैधानिक निकायका प्रमुख विरुद्ध महाभियोगको प्रस्तावको व्यवस्था भए झैं पार्टी नेतृत्वले ठीक समयमा ठीक निर्णय लिन नचाहेको अवस्थामा महाधिवेशन प्रतिनिधिहरुको हातमा विशेषाधिकार हुन्छ, विशेष निर्णय गर्ने । नेपाली कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरुले गत वर्ष त्यो ऐतिहासिक जिम्मेवारी पूरा गरेको मात्र हो । अब त्यसबाट माथि उठेर सबैलाई समेटेर अघि बढौं ।     पार्टी एकताको विषय एकदम उचित छ । तर टाउको जोड्ने एकता मात्रले पुग्दैन पार्टी सुद्रृढ हुँदैन । संख्या सँगसँगै सन्देशको पनि हेक्का राख्नुपर्छ । कांग्रेस नवीन नीति, चिन्तन, मिसन र एजेण्डाका लागि एकाकार हुनुपर्छ । कांग्रेसले कांग्रेसलाई मात्र होइन, जेन्जी पुस्ता, पार्टी बाहिर रहेका लोकतन्त्रप्रेमी जनमत, पेशा–ब्यवसायी–बुध्दिजिवी, किसान, मेहनतकामी श्रमिक सबैलाई जोड्न सक्नुपर्छ ।     बदलिएको कांग्रेसको काम गर्ने शैली, योजना र भूमिका पनि बदलिएको देखिनुपर्छ । सभापति गगन थापाले निर्माण गरेको नयाँ उर्जा, जरा र जोसिलो संभावनालाई अझै मलजल गर्न आवश्यक छ । जगका पार्टी सदस्यलाई शक्ति हस्तान्तरण गरौं, पार्टी अधिकारलाई तल्ला तहमा विकेन्द्रीकरण गरौं । हरेक निर्णय गर्दा एउटा पध्दति बसालौं । भात्रृ शुभेच्छुक संस्थालाई सिष्टममार्फत गठन गरौं, सिस्टमले परिचालन गरौं । मापदण्ड बनाएर चलौं, चलाऔं । सबैलाई पुरस्कारले होइन, पध्दतिले मात्र सन्तुष्ट बनाउन सकिन्छ ।     नेपालको स्वतन्त्र अदालतप्रति हामीले विश्वास गर्नुपर्छ । अदालतको अस्मिता न्यायमूर्तिबाट हिजो पनि कायम राखिएको हो, भोली पनि रहन्छ । संविधानभन्दा माथि हामी कोही छैनौं । हाम्रो संविधानले ५ वर्ष भित्र महाधिवेशन गर्ने वाध्यकारी ब्यवस्था गरेको छ । हामी विधिवत महाधिवेशनमा अब प्रवेश गर्नुपर्छ ।     कतिपय विषयमा पार्टीले विभिन्न समयमा आप्mनो धारणा राखेपनि केही विषयमा थप जोड दिएर बोल्नुपर्ने भएको छ । जस्तै– ट्रेड युनियन अधिकार, विद्यार्थी हकहितको अधिकार । लोकतांत्रिक शासन व्यवस्थाको मेरुदण्ड मानिने ट्रेड युनियन अधिकार, कानूनी शासन र मौलिक अधिकारको रक्षार्थ हामी दृढतापूर्वक उभिनुपर्दछ । मैले केन्द्रीय कार्यसमितिको बैंठक प्रस्तुत विचार पारित भएकोमा पुनः सबै मित्रहरुलाई हार्दिक धन्यवाद छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्