IMG-LOGO

शक्तिको उन्माद सधैं रहदैन

 मंगल, भदौ २, २०८३  गुणराज लुइँटेल

    पछिल्ला दिनमा जनआस्था साप्ताहिकका पत्रकार किशोर श्रेष्ठले निरन्तर सरकारका बेथितिविरुद्ध कलम चलाउँदै आएका हुन् । कैयन सार्वजनिक हुन नसकेका तथ्य र सूचनाका कारण सत्तामा रहनेहरूका निम्ति हुनसम्मको गाह्रो भएको पनि हो । यही अवस्थामा उनी पक्राउ पर्नु र घर तथा कार्यालयमा छापा मारेर प्रेस सामग्री लग्नुलाई ‘काल पल्कियो’ भनेर बुझे हुन्छ । राज्यमा बस्नेहरूका निम्ति प्रेस सधैँ प्रितिकर हुँदैन । तिनले लुकाउन खोजेका तथ्य बाहिरिन्छन् । त्यस्तो अवस्थामा पत्रकारमाथि नियन्त्रणकै डण्डा बर्साउने लक्ष्य सरकारले राखेपछि हुने यस्तै हो ।      अनुभवी पत्रकार किशोरको कुनै समाचार सामग्री आचारसंहिता विपरीत रहे कानुनी कारवाहीको बाटो खुला छ । त्यसका निम्ति रातारात पक्राउ गरिरहन पर्दैन । प्रेस काउन्सिल नेपालको उपस्थिति पनि यसैका निम्ति हो । किशोरलाई समातेर प्रेसको मुख थुन्न सकिएला । तर, प्रेसमाथिको दमन भविश्यमा महँगो पर्न सक्छ । अल्गोरिदमको म्यानुपुलेसन, सत्ताको दुरुपयोग र शक्तिको उन्माद सधैँ एक ठाउँमा रहँदैन । (गुणराज लुइँटेल नागरिक दैनिकका सम्पादक हुन् ।)

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्