हामी नेपाली, हाम्रो नेपालको परम्परा संस्कृतिहरु (विचित्रकका) छन् । हामी नेपालीहरुमा पनि जहाँ जहाँ नेपाल भाषा बोल्ने नेवार थर विशेषका बसोवास गरेका स्थान गाउँ शहरहरुमा, हामी मानिसको जिवनमा आइपर्ने समस्या दुःखका निवारण, बेलाबेलामा गरिन्छ । पर्ने रमाइला पल रमाइला क्षण, भविष्यमा आइपर्ने आपत्कालीन दैवीप्रकोप, आदि इत्यादिको सोध खोजका समाधान खातिर विचार पु¥याई सामाजिक, समाज सुहाँउदो स्थान अनुसार पाटी, धारा, कुवा, देवदेवीका मन्दिर, पोखरी डवली सांस्कृतिक रुपमा भजन चाँदपर्व जात्रा आदि इत्यादि लगायत मनाइने र निर्माण गरि राखेका पाइन्छन्, पाइरहेका छन् । जहाँ जहाँ नेवारहरुको बस्ति वाहूल्याता छन् ति ठाउँहरुमा गुठि चलाइरहेका छन् । गुठी धेरै प्रकारका हुन्छन् । प्रमुख गुठीमा मर्दा गुठी छन् आउँछन् । गुठी समूह भित्रका मानिसको मृत्यूमा, ति गुठी समूहका सबै हाजिर हुनुपर्ने । वर्षदिन भरि कृया कर्ममा साथ सहयोग, हाजिर अनिवार्य हुनुपर्ने । गुठी पालो पर्नेले गर्नुपर्ने, गुठीयारहरुले गर्नुपर्ने आदि नियमहरु लिखत, अलिखतमा उपस्थित, डण्ड, जरिवाना आपूmभन्दा जेष्ठलाई मान्नु पर्ने क्रमिक रुपमा बस्नु पर्ने, पालो पर्ने आदि आवश्यक नियम कायम गरेका हुन्छन्, कायम पनि छन् । त्यस्तै वार्षिक रुपमा साधारण किसिमले मान्ने चाँडपर्वहरु जस्तै दशै, तिहार, योमारी पून्हि, होली पुन्हि, पाहाच¥हे, सिठिनखः, गठामुग च¥हे आदि हुन् । स्थानीय जात्रा पनि भिन्न स्वरुपमा मानी आएका छन् । जात्रा मान्ने आधार अवस्था किंवदन्ति अनुसार फरकतामा मानिन्छन् ः कहिँ जात्रा, सक्रान्ति, गतेका निश्चित दिन तोकेर र कहिँ भने महिनामा गनिने पक्षको निश्चित तिथि दिनलाई आधार मानेर जात्रा मानिआएका छन् । संक्रान्ति गते तथा सूर्यमासमा र चन्द्रमासमा मानिआएका जात्रा भक्तपुरमा दैनिक राजा फेरिने र राजालाई राती रानीसँग कोठामा यौन कृयामा रानीको नाकबाट २ वटा सर्प निश्किइ राजालाई टोकेर मारिने किंवदन्ति सत्य घटना कथालाई आधार मानि, जब समयको क्रमसँगै सर्प मारे पछि खुशियालीमा वर्षको आरम्भमा तथा वर्षको अन्तिमलाई, विस्केट जात्रा मानिआएको बुझिन्छ । त्यस्तै हाम्रो बनेपाको जात्रा पनि “परनाम” शलोकको आधारमा दैत्यराज चण्डासुरले देशमा तथा सर्वत्र स्थानमा देव र मानवलाई दुःख दिई क्रुर शासन चलाउँदा अति भई देव र मानव मिली देवी चण्डेश्वरीको स्तुति प्रार्थनाबाट खुशी तुल्याइ, देवी चण्डेश्वरीबाट देव र मावनको दैत्य चण्डासुरबाट दुःख मुक्त गरिदिने आश्वासन पाई देवी चण्डेश्वरी कुमारीको रुप धारण गरि दैत्यराज चण्डासुरको मृत्युको कारण पत्ता लगाई वध गरि देव र मानवलाई दुःख मुक्त पाएको खुशीयालीमा चण्डेश्वरी माइको बनेपाको जात्रा चलाइ आएको “परनाम” श्लोकबाट स्पष्ट छ । अब जात्रा कसरी चलाउँदै चल्दै आएको छ । त्यसको बारे छोटो विचार जहाँ जात्रा छ, त्यहाँ जात्रा भएको सन्दर्भ बारे कारण हुन्छन् । जात्रा शुरु हुन्छ । जात्रा चलाउन स्थानीयहरुको मेलमिलाप सहयोग श्रद्धा, आर्थिक उपार्जनबाट जात्राशुरु हुन्छ । पछि गएर परंपरागत भई जान्छ । जात्राको लागि नियम चलन, गुठी आदिको व्यवस्था समेत भई गुठी जात्रा चलाउन भनि जग्गाको व्यवस्था समेत गर्छन् । जात्रामा गर्नुपर्ने कामको बाँडफाड भई काम गर्ने व्यक्तिको अधिकार जिम्मेवारी हुन्छन् । तिनीहरुको लागि जग्गा पजनी गरेका हुन्छन् । ति गुठी जात्रामा काम गर्ने गरि पाएको जग्गा किनवेच गर्न नपाइने हुन्छन् । ति वन्देज व्यवस्थालाई गुठीका हाकिम भै खाएका कर्मचारीबाट नियम व्यवस्था वदली किनवेच हुन जान्दा व्यवस्थामा परिवर्तन हुन जान्दा, जात्रा गठीमा रकमीबाट आप्mनो कर्तव्यबाट वञ्चित हुने भै (काममा वाधा) जात्रा पर्व चलाउनका कठिन भएको र रकमिबाट गर्नुपर्ने काम गर्न रोकिएका, जब गुठी जग्गा रैकर प्रथाले देशमा अनेक समस्या सृजना हुदाँ हाल आएर स्थानीय सरकारबाट रकम दिएर जात्रा पर्व चलाइएको बुझिन्छ । अझ नगरपालिकाको तर्फबाट जात्राको लागि यथोचित आवश्यक रकम खर्च व्यहोरी वार्षिक रुपमा चल्दै चलाउँदै आएका गुठी तथा अन्य जात्रा पर्वमा गर्दै आएका पुजा, वलीपूजाहरु चलाउनु नितान्त भै सकेका छन् । कति पर्व पूजामा सम्वन्धित वली पूजा दैनिक पूजा सात्पाहिक वार्षिक पूजा पर्ने लोप पनि भएका छन् । त्यस्तै वार्षिक रुपमा परापूर्व देखि चलाउँदै आएका पर्व पूजामा गरिने परमपरागतका कार्य पूजाहरु लोप भएका छन् । यसको खोजी कार्य सम्बन्धीत निकाय अधिकारीक वर्गबाट हुनुपर्ने हो की ? लोप भएका सम्पदाको खोजी नीति र हुनुपर्ने व्यस्था नहुदाँको आलोचनात्मक खबर डारी बनेपा वासी भिषण मधिकर्मीबाट मोबाइल फेसबुकमा वरोवर दिन्दै आएको छ । तर एक्लो वृहस्पती भूmठा भनेझै, कसलाई के मतलब ?
