IMG-LOGO

बिषाक्त मिलन

 मंगल, सावन १२, २०८३  विनोद त्रिपाठी

    केपी ओली र प्रचण्डको मिलन सबैभन्दा विषाक्त हो । योभन्दा कडा विष अरू हुनै सक्दैन । कृपया, एमाले, नेकपा, पूर्वमाओवादीले मनन् गरि दिनु होला । म पाँच बुँदामा स्पष्ट पारिदिन्छु । १. प्रचण्ड भारत भ्रमण गर्न जाँदा एउटा धार्मिक अतिवादी प्रधानमन्त्री नरेन्द्र मोदीले पहेँलो खादा ओढाउँदा ‘हस्’ भन्दै ढोंगी बनेको त्यो इतिहासका कारण आज कुमार बेनहरुले हेपेर देशभर भजनमण्डली समूह बनाएर तपाईंहरू विरुद्ध नै लागिरहेका छन् । तपाईंले भैंसी पूजा गर्दै गरेको त्यो इतिहासले अहिले प्रधानमन्त्री बालेन्द्र साहलाई शंख फुकेर शपथ ग्रहण गरायो भने यो धार्मिक जडसूत्रवाद कसले हुर्कन दिएको हो ? २. केपी ओली प्रधानमन्त्री हुँदा यता बागेश्वरीमा आरआरएसको कार्यालय राख्न दिएको, भारतीय खुफिया एजेन्सीलाई बेडमै भेट्न दिएको, मोदीको गोदी मिडियाका सुधीर चौधरीको टालोले एकछिन लाज छोपेको त्यो इतिहास अनि भएभरका साढे २ करोड भारतीय बिहारीलाई नेपालमा बस्न दिएर उनै बिहारीले खेदेको त्यो इतिहास, अनि भारतीय कवाडीवाला हटाउन खोज्दा उल्टो आँखा चिम्लने त्यो इतिहासले चुच्चे नक्सा गायब पार्न र भारतीय सबै नोट नेपालमा चलाउन अहिले कुमार बेनलाई प्रोत्साहन गरेको ऐतिहासिक रेकर्डमा लालमोहर लागेकै छ । अनि यिनैबाट नलेखिटिए कोबाट लखेटिने ? ३. ओलीले प्रधानमन्त्री हुँदा बोर्डिङ स्कुलमा अझै शुल्क बढ्नुपर्ने बताएको त्यो इतिहास, महँगी बढाउन बिचौलिया पालेको, सार्वजनिक बस फोहोर गर्न पाउनुपर्ने अडानमा ओलीको तत्कालीन मन्त्रीमण्डल, पान खाएर सडकमा थुक्ने बिहारी मानिसहरू देखेर चुपचाप बसेको त्यो ओली सरकार अनि भोटाहिटीदेखि टेकुसम्म पूरै भारतीयलाई व्यापार गर्न राखेको त्यो इतिहासले अहिले ओलीलाई लखेटिरहेको नजिर ताजै छ । त्यतिबेलै सम्पूर्ण साढे २ करोड भारतीय र बिहारी लखेटेर भारतमा बसेका करिब १५ लाख नेपालीलाई बोलाएर रोजगार दिएको भए आज कुमार बेनका भजनमण्डलीबाट खेदिनु पथ्र्यो ? ४. न रोजगार दिने, न व्यापार गर्न दिने, न काम दिने, न केही दिने । अनि लिने मात्र गर्दा अहिले कुमार बेनका आदेशलाई उतिबेलै लालमोहर लगाएको देउवाले होइन ? ज्योतिषीले सात पटक प्रधानमन्त्री हुन्छ भन्दा पत्याउने त्यो इतिहास भएपछि बालेन्द्र शाहले उस्तै शैली सिकेर पदचाप पछ्याएपछि अन्धविश्वासका ठेकेदारले बूढानीलकण्ठ नजलाए के सुल्फाको धुवाँ मात्र जलाउँछन् त ? पहिला आफैँले त्यो अन्धविश्वास सिर्जना गरेर अन्ध बनेको देउवाले यो कष्टकर जीवनमा एकपटक पनि धर्म नमान्ने तर इतिहासभर सबैले सम्मान गर्ने ती महामानव बीपी कोइरालाबाट अझै नसिकेपछि कुमार बेनका धार्मिक भजनमण्डलीबाट नलखेटिए कोबाट लखेटिने त ? ५. शिक्षकको साढे दुई महिनाको आन्दोलन, विद्या भट्टराईलाई अपमानजनक तरिकाले हटाउने, कुलमान घिसिङलाई देशमै बस्न दिनुहुन्न भनेझैँ झम्टिने, अष्टलक्ष्मी शाक्यले भनेझैँ ओलीले महिलालाई अपमान गर्छन् भनेको त्यो इतिहासबाट पाठ सिकेर अहिले कुमार बेनले उस्तै बानी–व्यवहार भएका भारतीय नरेन्द्र मोदीको धर्म ल्याउँदा अब ओलीज्यू बोल्ने नैतिक अधिकार कतै छ र ? त्यतिबेलै मोदी धर्म नेपालमा रोक्न नसक्ने, उल्टो मोदीको चाकडी गर्न पाऊँ भनी आरजुलाई दिल्ली पठाउने त्यो इतिहासबाट पाठ सिकेर कुमार बेन नामक प्यादाले दिल्लीको ढोकामा पुगेर डोभाललाई भेट्दा तपाईं नै गुरुजस्तो लागेन ओलीज्यू ? त्यतिबेलै भारतलाई निषेध गरिदिएको भए अहिले नैतिकता बाँकी हुन्थ्यो, बेनका धार्मिककरणको विरोध गर्न पाइन्थ्यो । अब कुन नैतिकताले विरोध गर्ने ?     अत ः सबै नैतिकता सकिएपछि भएको प्रचण्ड–ओलीको यो मिलन सबैभन्दा ठूलो विष हो । झन् देउवा पनि यसैमा मिसिए भने त्योभन्दा कडा विष के हुने होला ?        आज ठेकेदार थर्काउने मन्त्री, कर्मचारी तर्साउने सांसद, शपथमा शंख फुकेर धर्मको ब्ल्याक होलमा प्रवेश गराउने प्रधानमन्त्री, आफ्नो पक्षको कुरा गरे उनैलाई ठीक भन्ने नभए अनेक भन्ने दोहोरो चरित्र सिर्जना गर्ने जन्मदाता तपाईं ओली–प्रचण्ड होइन र ?     जनताबाट यति धेरै लखेटिँदा पनि अझै सहकार्य गरेर नाटक गर्नु भनेको तपाईंहरूले भनेझैँ स्वर्ग कि नरक जानु बराबर नै हो ।       अब यो देश बिगार्न केही बाँकी छ र ? तपाईंहरूकै कारणले आज नयाँ मन्त्रीहरूले, नयाँ सांसदहरूले ‘हिजो पनि यस्तै गरेका थिए, किन विरोध नगरेको ?’ भन्ने जवाफ दिन थालेका छन् । आज बिजुलीमा जनतालाई कर लगाउने साह सरकार र हिजो लोडसेडिङ गर्ने ओली–प्रचण्ड सरकारमा कुनै भिन्नता थिएन भन्ने इतिहास तयार गर्ने तपाईं ओली–प्रचण्ड नै होइन र ?        यति धेरै बिगारेको इतिहास तयार गरेपछि भएको यो ओली–प्रचण्ड मिलन सबैभन्दा ठूलो विषाक्त चित्र हो । यो स्वयं नेपाली कम्युनिष्टका लागि झनै खतरनाक विष हो भने मुलुकका लागि त कुमार बेनको डोभालसँग भेटजति नै विषाक्त तस्बिर हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्