IMG-LOGO

राज्य नागरिकसँग कहिल्यै हार्दैन

 मंगल, असार ३०, २०८३  गणेश पाण्डे

    कुरो सन् २०२३ तिरको हो । एउटा भाइको फोन आयो, फोन उठाए, समस्या सुनायो । त्यो भाइलाई सहयोग गर्नुप¥यो भनेर हतार हतार घरबाट मोटरसाइकलमा निस्किए । त्यो भाइले भनेको ठाउँमा पुगे, मोटरसाइकल रोके, दायाँ बायाँ हेरे कहिँ पनि देखिन उसलाई । यत्तिकैमा पछाडीबाट प्रहरीको गाडीले साइरन बजायो, इन्डिकेटर दिए र साइरन बजेको प्रहरीको गाडीलाई बाटो दिन मोटरसाइकल झनै साइड लगाए । प्रहरीको गाडी मेरो मोटरसाइकलको अगाडी रोकियो । उसले मेरो सबै कागजात माग्यो, अनि भन्यो, ‘तिमि जुन स्थानमा रोकिएका छौ, त्यो स्थान ‘नो पार्किंग एण्ड नो स्टप जोन’ हो । केरकार ग¥यो र मेरो सबै बिवरण लिएर गयो । केहि महिनापछि अदालतबाट एउटा चिट्ठी आयो, ‘ट्राफिक नियम उल्लङ्घन गरेको अपराधमा अदालतमा हाजिर हुनु’ मिति र समय पनि तोकिएको थियो । त्यो मितिमा अदालतमा हाजिर नभए, थप जरिवाना हुने चेतावनी सहित ।       तोकिएको मितिमा अदालतमा हाजिर भए, न्यायाधिसले प्रश्नहरु सोधे, मैले उत्तर दिए । अन्तमा मलाई २ अप्सन सुनाईयो । ३५० युरो जरिवाना र १२० दिन सवारी चलाउन बन्देज । अथवा, आफूमाथि लगाईएको अपराधको अदालतमा प्रतिवाद गर्ने, जितेमा ढुक्कै भैगयो, यदि हार भयो भने आजीवन प्रहरीको रिपोर्टमा ट्राफिक नियम उल्लङ्घन अपराधको रेकर्ड सहित आर्थिक जरिवाना,  केहि घण्टा सामाजिक कार्य सजाय हुनसक्ने । अनि मलाई केहि समय सोच्ने र निर्णय गर्ने समय दिईयो ।      मैले पहिलो अप्सन रोजे, झन्झट लिन चाहिन । मलाई थाहा छ, राज्य नागरिकसँग कहिल्यै हार्दैन, चाहे नेपाल होस् वा युरोप, अमेरिका, जापान वा अष्ट्रेलिया नै । राज्य नागरिकसँग हार्ने घटना बिरलै मात्रै होइन, दुर्लभ हुन्छन् । नियम पालना गर्नु नै सबैभन्दा उत्तम उपाय हो । न झन्झट, न लफडा । त्यसदिनदेखि मैले सरल भाषामा बुझे, ‘नो मिन्स नो, नो ईफ नो बट, नो एक्सक्युज’ । हामीलाई चाहिएको देश सिंगापुर जस्तै हो, तर हाम्रो व्यवहार र सिभिक सेन्स ठ्याक्कै सोमालिया जस्तै छ । ‘एकै छिन त हो नि, म यहि छु नि । केहि भएकै छैन’ केहि भए त भैहाल्यो नि, त्यसपछि बर्बाद नै भैहाल्यो । अब के नै बाँकी रह्यो र ? पोर्चुगल, युरोप

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्