IMG-LOGO

रास्वपा महाधिवेशनमा बाबुरामको चुरीफुरी

 मंगल, असार १६, २०८३  वीरबहादुर चन्द

१. वर्ग चरित्र र नयाँ दलको भ्रममा खेति गरिरहेका बाबुरामले रास्वपा महाधिवेशनमा देखाएको नाङ्गो नाचमाथि गरेको एउटा पवित्र व्याख्या ।                 डा. भट्टराईले रास्वपा जस्ता शक्तिलाई नयाँ अग्रगामी विचार सहितको वैकल्पिक् शक्ति भन्दै डिफेन्ड गर्नुभएको छ ।  तर माक्र्सवादले व्यवस्था र वर्ग नफेरिई आउने नयाँ अनुहारलाई भ्रम मात्र मान्छ । कार्ल माक्र्स                 अहिलेसम्मको सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास हो ।  ... समाज बढीभन्दा बढी दुई ठूला शत्रुतापूर्ण शिविरहरूमा एकअर्काको सामना गरिरहेका दुई ठूला वर्गहरूमा विभाजित हुँदै गइरहेको छ पूँजीपति वर्ग र सर्वहारा वर्ग । (कम्युनिस्ट घोषणापत्र)                 माक्र्सको यो स्थापना अनुसार रास्वपा कुनै नयाँ वर्गको प्रतिनिधि होइन बरु यो पूँजीवादी व्यवस्थाभित्रकै सहरी निम्न–पूँजीपति वर्ग (Petty–Bourgeoisie) को एउटा पपुलिस्ट प्रहसन मात्र हो । उत्पादनका साधन र राज्यसत्ताको दलाल चरित्र बदल्ने कुनै एजेन्डा नभएको शक्तिलाई अग्रगामी देख्नु डा. भट्टराईको वैचारिक दृष्टिभ्रम हो । २. पुस्तान्तरण र युवा विद्रोहको भ्रममाथि भ्लादिमिर लेनिनको दृष्टिकोण                 भट्टराईले जेन–जी (Gen Z) विद्रोह पुस्तान्तरण र युवाहरूको सामूहिक आक्रोश लाई राजनीतिको मुख्य चालक शक्तिका रूपमा प्रस्तुत गर्नुभएको छ । भ्लादिमिर लेनिन                 राजनीतिमा मानिसहरू सधैं धोकाधडी र आत्म–धोकाको मूर्ख शिकार भइरहनेछन् जबसम्म उनीहरूले हरेक नैतिक धार्मिक राजनीतिक र सामाजिक वाक्यांश घोषणा र प्रतिज्ञाहरूको पछाडि कुनै न cutter वर्गको हित लुकेको देख्न सिक्दैनन् । ३ माक्र्सवादका तीन स्रोत र तीन संकिर्ण अंगहरू) ३. लेनिन भन्नुहुन्छ कि उमेर वा पुस्ता मुख्य कुरा होइन त्यसको पछाडिको वर्ग मुख्य हो ।  युवाहरू विदेश पलायन हुनु र आक्रोशित हुनुको कारण व्यवस्थाको संकट (Systemic Crisis) हो उमेरको अन्तर होइन । वर्ग चेतनाविनाको युवा आक्रोश लाई पुँजीवादीहरूले सधैं आफ्नो सत्ता जोगाउने गोटी बनाउँछन् । डा. भट्टराईले युवाहरूको भावनालाई वर्गीय रूपमा ढाल्नुको सट्टा संवेगको पुँजीकरण गर्ने संकिर्ण संसद्ववादीहरूको वकालत गरिरहनुभएको छ । ३. फासीवाद र व्यक्तिगत घमण्डमाथि कमरेड माओ त्सेतुङको दृष्टिकोण                 हिट्लर र मूसोलिनी उदय भएमा हिजो पचास लाख तोकिएका टाउका चुप लाग्ने छैनन् भन्दै भट्टराईले आफ्नो अतीतको बहादुरी र व्यक्तिवादी अहंकार प्रदर्शन गर्नुभएको छ । माओ त्सेतुङ भन्नु हुन्छ                 जनता र केवल जनता नै विश्व इतिहास निर्माण गर्ने चालक शक्ति हुन् ।  ... हामीले इतिहासलाई व्यक्तिवादी दृष्टिकोणले होइन जनवादी र सामूहिक दृष्टिकोणले हेर्नुपर्छ । (अन कोअपरेशन) माओ त्सेतुङ (फासीवाद र प्रतिक्रियावादीबारे)                 सबै प्रतिक्रियावादीहरू कागजका बाघ हुन् । हेर्दा तिनीहरू भयानक देखिन्छन् तर वास्तवमा तिनीहरू त्यति शक्तिशाली हुँदैनन् । दीर्घकालीन दृष्टिकोणबाट हेर्दा वास्तविक शक्तिशाली शक्ति प्रतिक्रियावादीहरू होइनन् जनसमुदाय हुन् । (अमेरिकी पत्रकार एन्ना लुइससँगको कुराकानी)                 माओको सिद्धान्त अनुसार इतिहास व्यक्तिले होइन जनता र वर्ग संघर्षले निर्माण गर्छ । मेरो टाउकोको मूल्य भन्दै आत्मकेन्द्रित (Subjective) घमण्ड गर्नु सर्वहारा चिन्तन होइन । फासीवादको उदयलाई रोक्न कुनै एउटा पूर्व–क्रान्तिकारीको भूतपूर्व बहादुरी काफी हुँदैन बरु श्रमजीवी वर्गको बलियो संगठन र आन्दोलन चाहिन्छ । दक्षिणपन्थी पपुलिजम (रास्वपा) ले नै भोलि फासीवादको बाटो खोल्न सक्छ भन्ने कुरालाई भट्टराईले नजरअन्दाज गरिरहनुभएको छ । ४. भट्टराईको वर्तमान हविगतमाथि विगतको जेल जीवन र संघर्षको लामो सूची दिँदै डा. भट्टराईले आफ्नो वर्तमान विचलनलाई न्यायसंगत ठह¥याउने प्रयास गर्नुभएको छ । कार्ल माक्र्स भन्नु हुन्छ ः                 हेगेलले कतै भन्नुभएको छ कि इतिहासका सबै महान तथ्य र पात्रहरू दुई पटक देखा पर्छन् । तर उहाँले थप्न भुल्नुभयोः पहिलो पटक दुःखान्त (Tragedy) को रूपमा दोस्रो पटक प्रहसन (Farce/नाटक) को रूपमा । (द एन्टिंथ ब्रुमेर अफ लुई बोनापार्ट)                 नेपालको महान् जनयुद्धको वैचारिक नेता र सर्वहारा वर्गको अधिनायकत्वको व्याख्या गर्ने डा. बाबुराम भट्टराईको इतिहास पहिलो पटक (अर्थात् जनयुद्धको समयमा) एउटा क्रान्तिकारी दुःखान्त थियो । तर आज कम्युनिष्ट सिद्धान्त पूर्ण रूपमा त्यागेर पुँजीवादी संसदवादको ढाँड सेक्न आएका रैथाने बुर्जुवा र कसम खाएर कम्युनिस्ट विरोधी बनेका शक्तिहरूको सल्लाहकार बन्न तँछाडमछाड गरिरहेको उहाँको यो रूप इतिहासको दोस्रो किस्ता अर्थात् एउटा भद्दा प्रहसन (Farce) मात्र हो । अन्तिममा उहालाई भन्नु पर्दा                 माक्र्स, लेनिन र माओको कसीमा राखेर हेर्दा डा. बाबुराम भट्टराईको यो आत्म–आलोचना विहीन स्पष्टीकरण निम्न–पूँजीवादी आत्मरति (Petty–Bourgeois Narcissism) र वैचारिक आत्मसमर्पणको पराकाष्ठा हो ।  कम्युनिस्ट आन्दोलनबाट भागेका भगोडाहरूले अन्तत बुर्जुवा वर्गकै चाकरी गर्नुपर्छ भन्ने कुरा उहाँको यो बिन्ति बिर्साउने लाचारपनबाट पुन प्रमाणित गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्