IMG-LOGO

कलकत्ता जाने न कुती कस्लाई चाहियो राष्ट्रिय राजमार्ग

 मंगल, असार २, २०८३  तुयुकाजी ताम्राकार

    चाहे पूर्व पश्चिम जोड्ने राष्ट्रिय राजमार्गा होस् या त्रिभुवन राजपथ चाहे अरनीको राजमार्ग होस् या पृथ्वी राजमार्ग या अन्य राष्ट्रिय राज मार्ग कुनै पनि राजमार्गले पुरानो सभ्यता रोकेको शहर बजारबत्ती र गाउँ समेतलाई छेडने, बिगार्ने गरि सडक निर्माण गरेका पाइँदैन । अरनीको राजमार्गले घुुलिखेल, बनेपा, साँगा, भक्तपूर ठिमी हुँदै काठमाडौका कुनै पनि बस्तीको बिचबाट नगइ बस्ती बाहिर बाहिर भएर गएको हामी सबैले देखे बुझेकै हो । बरु सडक बनिसकेपछि बजार बस्तीको वृद्धि भएका हुन । अन्य राजमार्ग या सडक बनिसकेपछि ठाउँ र केन्द्र अनुसारको बजार बस्तीको विस्तार भएको पाइन्छ । अरनीको राजमार्ग र पनौती जल विद्युत योजना बनाउने क्रममा आवश्यक जग्गा अधिग्रहण गर्दा तत्कालिन समयको चलनचल्तीको जग्गाको मुआब्जा पनि पाएकै हो ।      सडकको दायँ बाँया घर निर्माण गर्दा जुनबेला जस्तो नियम थियो त्यहि नियममा बसेर मानिसहरुले घर निर्माण गर्नु स्वाभाविकै हो । आजको अवस्थामा पुग्दा ठुलठुला बजार बस्ती बन्नु पनि स्वाभाविकनै हो । कतिपय बजार बस्तीहरु सार्वजनिक सरकारी जग्गामा बनेको होलान भने कतिपय घरजग्गा खरिद बिक्रीबाट प्राप्त गरेर बनेको होलान । प्रश्न के छ भने पंचायत कालमा एउटा नियम गाउँ विनास भएको समयमा अर्काे र नगरपालिकाको समयमा अर्काे मापदण्ड बमोजिम हुँदा बजारको रुप बिग्रिएको हुन सक्छ ? पुरानो शहर बजार बस्तीहरुको बाटो ६–८ लेनको राजमार्ग रुपको कतै पाइदैन । यातायातको विकास नहुँदा सम्म गाउँ ठाउँ र राष्ट्रकै विकास हुन गाह्रो कुन स्वाभाविकै हो । प्रश्न उठ्छ राजमार्ग कहाँ बनाउने कस्ले, कहिले र कसरी बनाउने ? निकै शोच विचार पु¥याउनु पर्ने प्रश्न यहि नेर छ ।  देशको राज्यशक्तिमा जब अयोग्य, अदुरदर्शी, भ्रष्ट र स्वार्थी मान्छेहरु शासन सत्तामा हाबी हुन पुग्छन् तव तिनिहरुले जनताको हितभन्दा आफ्नो हितको निम्ती थोरै समयको अन्तरालमै दुरगामी असर पार्ने निर्णयहरु गर्ने र फेर्ने बदल्ने गरेको उदाहरण नभएका होइनन् । सडकको मापदण्ड बारे गरेका एउटा दृष्टान्त हेरौँ । मिति २०६९÷२÷११ मा भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत नेपाल सरकारको निणर्य केन्द्रिय सामाजिक सडक सन्जाल सहायक मार्गको केन्द्रबाट दाँया बाँया १५÷१५ मिटर रहने भन्ने थियो । सोही नियमलाई आधार मानेर पनौती नगरपालिकाले घर निर्माणको नक्शा पास गरिरहेकै छ । २०७६÷२÷६ को मन्त्रिपरिषदको निर्णय अनुसार सोही सडक अर्थात ग्वार्काे लुभु लाकुरिभन्ञ्याङ कुशादेवी पनौती दाहालटार सम्मको सडकलाई एनएच१५ अर्थात राष्ट्रिय राजमार्ग भएकोले दायाँ वायाँ ३१–३१ मिटर छोडनु पर्ने भन्ने रहेछ । यहाँ प्रश्न उठ्छ कस्को के स्वार्थको निम्ति नेपाल सरकारलाई थोरै समयको अन्तरालमा सडकको स्तर र मापदण्ड परिवर्तन गराउन बाध्य पार्दछन् ?     उपरोक्त कारणहरुले गर्दा ६० वर्ष पहिले देखि मानिसहरुले सडकको दाँया बाँया घडेरी किनेर घर बनाएर बसोबास गर्नेहरुकै कारणले आज कतिपय स्थानहरुमा ठुलठुला बजार पार्क व्यापारिक धार्मिक स्थानहरुको विकास भइ सकेका छन् । हजारौँको संख्यामा मानव वस्ती र बजारको रुप लिइसकेकोले सरकारको निर्णयको पालना गर्ने नाममा त्यहाँबाट सडक बनाउनु भनेको मुर्खता पर्दशन बाहेक अरु हुँदैन । त्यसरकाण तत्कालिन सरकारको निर्णयलाई सच्याउने वा खारेज गर्ने वा राष्ट्रिय राजमार्ग बनाउनै परेको भए कम नोक्सान हुने स्थान खोज्नु बृद्धिमानी हुन्छ । वर्तमान सरकारले त्यतातिर ध्यान पु¥याउने छ भन्ने जनविश्वास छ । अर्काेकुरा राष्ट्रिय राजमार्ग स्तरको सडक छोटो छोटो अर्थात १०–१५ किलोमिटर सम्म मात्रको पनि बनाइन्छ बनाउनु पर्छ ?जबकि राष्ट्रिय राजमार्ग भन्नाले अन्तराष्ट्रिय स्तरको बनाउँदा अरबौँ खर्च लाग्ने हुन्छ । एक गाउँबाट अर्काे गाउँमा जाने सडक त्यो स्तरको आवश्यक पर्छ भन्ने लाग्दैन ।      त्यसो त काठमाडौ र उपत्यकामा सबैभन्दा धेरै गाडी गुड्ने शहर हो । के त्यहाँका सबै सडकहरु राष्ट्रिय राजमार्ग कै मापदण्ड अनुसार छ ? प्राचीन शहर बजार सभ्यता भत्काएमा बिग्रीएका छैनन् । बरु जोगाएका छन् । मठ मन्दिर, पाटी पौवा, धर्मशालाहरु पुननिर्माण गरेका छन् । नेपाल र नेपालीको धर्म, संस्कृती र सभ्यतालाई जगेर्ना गरेको छन् । त्यो हो जनप्रिय सरकार वडा महाराजा पृथ्वी नारायण शाहको एउटा उपदेश सान्दर्भिक लाग्छ “खानी माथी गाउँ छ भने गाउँ अन्त सारी खानी चलाई देशलाई समृद्ध बनाउ” उक्त उपदेशको अन्तर्य बुझ्न सके देश र दुनीयालाई फाइदा नै हुन्छ । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्