हरेक विषयहरु पहिले मौखिक भन्न सिकाउने, मौखिक भन्न जानेपछि एक एक अक्षर औंलाले छोई छोई भन्न लगाउने, अक्षर चिनेपछि बाँयाबाट दाँया र दाँयाबाट बाँया औलाले छोई छोई भन्न लगाउने, चिनेका अक्षर वा शब्दहरु किताबबाट भनि भनि कापीमा लेख्न लगाउने, फेरि किताब नहेरी चिनेका अक्षर, शब्दहरु कापीमा लेख्न लगाउने, अक्षर वा शब्दहरु अक्षरमा लेख्न लगाई पालै पालो विद्यार्थीहरुलाई बोलाई पढ्न लगाउने, अंग्रेजी विषयहरुमा शब्दहरुको अर्थ, स्पेलिंग र उच्चारण कण्ठ गराउन लगाउने, त्यसरी सिकाउँदा पनि कसैले जानेको छैन भने निजहरुलाई कक्षाको पहिलो बेन्चमा बसाई शिक्षक वा जान्नवाट सिकाउन लगाउने । कुनै पनि विषयहरुका सिकिएका शब्दहरु विद्यार्थीहरुको दैनिक जीवनमा उपयोग गर्न लगाउने । यस्तो प्रयासबाट सिकेका कुराहरु क्रमशः व्यवहारमा गर्न आदत्त बस्नेछ र व्यवहारिक ज्ञान बन्नजाने छ । यस्तो ज्ञान सम्भवतः अविस्मरणीय रहन जाने छ, सम्भव भएमा कमजोर विद्यार्थीहरुलाई अभिभावकबाट सिकाउन लगाई सहयोग लिने, यसरी सबै विद्यार्थीहरुलाई सुयोग्य बनाउने, एउटा पाठ सकेपछि अर्को पाठ सुरु गर्नु अगाबै विगतका पाठहरु बेला बेलामा सोधिरहने जसले गदा विगतका पाठहरु स्मृतिमा रहिरहोस्, हरेक त्रैमासिक परीक्षाहरु पछि कुन विद्यार्थीहरुमा के कस्तो कमी छ सोको निक्यौल गरी कमजोर विद्याथीहरुलाइ दोहरÞ्याउन लगाउने, कक्षामा विद्यार्थीहरु वा शिक्षक आफैले हो हल्लाको स्थित बन्न दिनु हुनेछैन, कक्षा पूर्णरुपमा शान्त वातावरण र अनुशासित रुपमा कायम गरेर मात्र पठन पाठन गराउनु पर्ने छ किनभने य नभएमा पढाईको प्रभाव निस्क्रिय भई सबै विद्यार्थीहरुले बुझ्ने वातावरण हुने छैन, शै.व को कक्षा संचलनको एक महिना पछि नयाँ विद्यार्थीहरु भर्ना गरिने छैन र विद्यालयमै तल कमजोर देखिएकालाई एक महिना पछि पदोन्नती गरिने छैन लगायत छन् । प्राथमिक तह कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई सबै विषयहरुमा पाठ सिकाउनु भन्दा अगाडि निजहरुलाई गाह्रां वा अप्ठेरो पर्ने शब्दहरु अन्डरलाइन गराई नेपाली अर्थहरु दिने र त्यसलाई कण्ठ गराउने। साथै नेपाली अप्ठेरो शब्दहरुको पनि अर्थ राम्रोसँग बुभन लगाउने । यसो गर्दा विद्यार्थीहरुलाई विषयवस्तु बुभन तथा ग्रहण गर्न सजिलो हुनेछ, शब्दहरु सबै विद्यार्थीहरुले बुझे नबुझेका सम्बन्धित शिक्षकले चेक गर्ने। नवुझेकालाई वभन फेरि नार्कता गर्ने, शब्दहरुको अर्थ दिंदा पुरै पाठको नदिई कहाँ सम्मको पाठ पढाउने हो त्यति मात्र दिने ताकि विद्यार्थीहरुलाई बोझको अनुभव नहोस्, शब्दार्थहरु बुझि सकेपछि पाठका आवश्यक प्वाइन्टहरु नोट गर्न लगाउने र शिक्षकले सो को आधारमा विश्लेषण गर्ने, विश्लेषण गरिसकेपछि विद्यार्थीहरुको बुझे नबुझेको प्रश्न गरी जानकारी लिने । यदि कसैल चुझेकी छैन कक्षामा फेरि दोहन्याउने । साथै जानेका कुराहरु दैनिक जीवनमा प्रयोग गराउने, पढाएका पाठका प्रश्न लेख्न लगाई सो का गृ.का कार्य दिने साथै सी गृ. काको परीक्षण गर्ने। परक्षिण पछि पनि कसैलाई अझै पाठ बारे समस्या छन् भने सोको समाधान गर्ने, नेपाली, अंग्रेजी तथा गणित विषयको नियम सुत्रबध रुपमा बुझाई उदाहरणहरु समेत दिई सुत्रहरुको प्रयोग गर्ने र गराउने साथै सोको विद्यार्थीहरुले प्रयोग गर्दा जान्यो वा जानेन अभ्यास पुस्तिकाबाट ३÷४ प्रश्नहरु बोर्डमा लिखि एउटा बेन्चका विद्यार्थीलाई अलग अलग उत्तर तयार गर्न अभ्यास गर्नेदिने । यसो गर्दा एकले अर्काको उत्तर सानें गुञ्जायस नहोस् । यस्तो गुञ्जायस रहेसम्म विद्यार्थीले सही सिकाई गर्ने क्षमता गुमाउने छ र उसले आफै कहिल्यै विकास गर्ने छैन, कक्षा ३ देखि ५ सम्मका विद्यार्थीहरुलाई १० सम्मको गुणन तालिका मिविहनरुपमा सोधिएको जवाफ तुरुन्तै दिन सक्ने बनाउनु पर्ने छ र प्रत्येक महिनाको अन्त्यमा पढाई सकेका पाठहरुको परीक्षा लिन पर्नेछ साथै प्रत्येक त्रैमासिक परीक्षा शुरु हुन् १५ दिन अगावै सम्बन्धित त्रैमासिकको साथै त्रैमासिकको पढाईको परीक्षण हुने गरी परीक्षा लिनु पर्नेछ । ती परीक्षाहरुमा देखिएका कमीहरु प्रत्येक त्रैमासिकको परीक्षाको ५ दिन अगावै रिभाइज गरी सक्नु पर्ने छ । निम्न माध्यामिक तह पहिलो ५ मिनेट अघिल्लो दिनको पाठ वा विद्यार्थीहरुमा परीक्षण गर्ने, कुनै पाठ पढाउनु अगावै कक्षा पूर्णरुपमा शान्त तथा अनुशासनको वातावरण बनाउने। हो हल्लाका विचमा पठन पाठन कुनै हालतमा नगर्ने, कुनै पनि पाठ पढाउनु अगावै विद्यार्थीहरुलाई गाह्रो पर्ने वा नआउने शब्दहरुलाई अनडरलाईन गराउने र मां को अर्थ विद्यार्थीहरु आफैलाई शब्दकोषवाट लेख्न लगाई सो कण्ठ गराउने । किनभने जव्दहरुको अर्थ नवर्भ सम्म सिकाउदा वा आफै बुझ्न खोज्दा पनि बुझ्न सक्ने हुँदैन, शब्दहरुको अर्थको शुद्धता बारे शिक्षकले प्रत्येक विद्यार्थीको कापी परीक्षण गर्ने र नमिलेका शब्दहरु सच्याईदिने, उक्त अनुसार शब्दार्थहरुको जानकारी भए पछि भोली पाठको जति अश पढाउने हो सो विद्यार्थीहरुलाई आफै बुझेर आउन गू.का दिने, पाठको दिन विद्यार्थीहरुले के कस्तो गृ का गरेको छ सो बारे शिक्षकले प्रश्नहरु गरी परीक्षण गर्ने । प्रश्नहरु गदा विभिन्न तहका विद्यार्थीहरुसंग सोधिने छ, पाठबारे शिक्षकले आवश्यक सबै प्वाइन्टहरु बोर्डमा लेखि सबै विद्यार्थीहरुलाई सार्न लगाउने र एक पछि अकों प्वाइन्टको विश्लेषण गर्ने, सोही अनुसार विद्यार्थीहरुलाई प्वाइन्टको आधारमा प्रश्न सोध्ने । १० प्वाइन्टहरु बुझ्न सजिलोका लागी अघिल्लो अभ्यासका आधारमा प्वाइन्टको शुत्र बनाई दिने वा बनाउन लगाउने जसले गदां प्वाइन्ट सम्झन सजिलो होस । उदाहरणको लागि कुनै विषयको १० प्वाइन्ट छ भने ती १० प्वाइन्टका अघिल्लो अक्षरहरु समावेश गरी श्व बनाउने, प्रश्नहरु गर्दा २ वा ३ पाठहरुमा सबै विद्यार्थीहरुलाई सोधिएको हुनुपर्ने छ । जसले गदां क्नै पनि विद्याथी गमा गर्नमा नछुटोस् । यदि छुट्न गएमा त्यस्ता विद्यार्थीहरु पठन पाठनमा अल्छी हुन गई एकदम कमजोर हुन जानेछ, विद्यार्थीहरुको उत्तरहरु पछि शिक्षकले पाठबारे पूर्ण सिकाई गर्ने छ, एउटा पाठ सकिएपछि ती पाठहरुको प्रश्नहरु बोर्डमा लेखी अकर्को दिन तयार गरी ल्याउन गृ का दिने, गृ.का. हरुको प्रत्येक विद्यार्थीको कापी रातो मसीले परीक्षण गर्ने। गृ.का. एक अकांको सारेको परिस्र्थाति नहोस् । यदि त्यस्तो गरेको पाइएमा सार्ने र सार्न दिने दुवैको डायरीमा कौफियत उल्लेख गर्ने र अभिभावकको दस्तखत गराएर ल्याउने निर्देशन दिने र सो परीक्षण गर्ने । विद्यार्थी आफैले अभिभावकको दस्तखत गर्ने कुरालाई निरुत्साही गर्ने डायरी उपलब्ध गराउने बेलामै अभिभावकका दस्तखत गराएर मात्र उपलब्ध गराउने मी हुन नसकेको अवस्थामा संकास्पद अभिभावकलाई विद्यालयमा बोलाई दस्तखतको पुरा परीक्षण गर्ने, जानेका शब्द वा पाठहरु दैनिक जीवनमा प्रयोग गर्न लगाई ज्ञानलाई व्यवहारमा परिणम गर्ने अभ्यास गराउने, पढाईको प्रत्येक पाठ तथा महिनाको अन्त्यमा टेष्ट वा मासिक परीक्षा लिनु पर्ने छ । परीक्षाहरुमा देखिएका विद्यार्थीहरुको कमजोरी बारे सम्बन्धित विद्यार्थीहरुलाई पुन गु.का. गराई कमी वारे सच्याउन लगाउन पर्ने छ, प्रत्येक पाठ पूरा गरेपछि सो को प्रत्येक विषयहरुको छुट्टाछुट्टै कापीमा साफी गर्न लगाउनु पर्नेछ नाकि आउदा परीक्षामा सो कापीबाट पुरै जानकारी विद्यार्थीले पाउन सकोस् र हरेक परीक्षामा सफल बन्नसकोस्, विशेषतः नेपाली तथा अंग्रेजी व्याकरण गणित तथा अतिरिक्त गणित सुत्रहरु र लेखाका सुत्रहरु वा नियमहरु सदैव अध्यावाधि कायम राख्न अभ्यासहरु वार्रबार दोहरÞ्याउन लगाउन पर्ने छ । सुत्रहरुको प्रयोगमा कुनै समस्याहरु समाधान गर्दा अड्कन पर्ने परिस्थिति सृजना नहोस्, नियमित कक्षाबाट पठन पाठन अपुग भएमा अतिरिक्त कक्षाहरुको व्यवस्था गर्ने। त्यस्ता विद्यार्थीहरु कुनै पनि विषयमा फेल हुन नपाओस् । त्यसको लागि विषय शिक्षकहरुले पूरापूर विद्यार्थीको आवश्यकता अनुरुप योजना तर्जुमा गरी पठन पाठन गराउन पर्ने छ र ११ देखि २० सम्मको थप गुणन तालिका कण्ठ गराउने । सम्बन्धित शिक्षकले वेलावेलामा परीक्षण गर्ने नाकि विद्यार्थीहरु सदा सोको जानकारीमा तत्परता भईरहोस् । माध्यामिक तह कक्षा निम्न माध्यामिक तहका सिकाइएको सबै कुराहरुमा उल्लेख भएका सबै कार्यहरु परा गर्ने, कक्षा १० मा एस.ई.ई मा राम्रो नतिजा ल्याउन निम्न थप कुराहरु गर्नु पर्नेछ, ४० भन्दा बढी विद्यार्थीहरुको संख्या भएमा दुई समुहमा विद्यार्थीहरुको विभाजन गर्ने, समुह (क)मा राम्रा र समुह (ख) मा कमजोर विद्यार्थीहरु समावेश गर्ने। कमजोर समुहलाई निजहरुको न्यूनतम स्तरको कमजोडी समेतलाई समेटि वढी भन्दा बढी अंक प्राप्त गर्न सकिने अति आवश्यक योजनाहरु तर्जुमा गरी पठन पाठन गराउने । कमजोर विद्यार्थीलाई (ख) अनुसारको पठन पाठनले समय नपुग हुनेभएमा अतिरिक्त समयको व्यवस्थापन गरी मा अनुसारको उदेश्यहरु हासिल हुनेगरी पठन पाठन गराउने । यस्ता विद्यार्थीहरुलाई पाठ पूरा भएको विषयको विषयगतरुपमा कापीमा साफी गर्न लगाउने वा तयार गर्न लगाउने र सोको परीक्षण गरिदिने नाकि कुनै पनि परीक्षाहरुमा सो कापी पढ्दैमा बुझ्ने समय धेरै नलागोस्, राम्रा विद्यार्थीहरुलाई एस.ई.ई मा जीपीएस को लक्ष्य प्राप्त गर्न सकिने गरी योजना नज्मा गरी पठन पाठन गराउन, नियमित पठन पाठनबाट (घ) अनुसारको लक्ष्य पूरा नहुने अवस्थामा यस समुहका विद्यार्थीहरुलाई पनि अतिरिक्त समयको व्यवस्थापन गरी थप पठन पाठन गराउने व्यवस्था गर्ने, अत्तिरिक समयको व्यवस्थापनको सिकाईमा पनि (क) र (ख) समुहलाई छुट्टाछुट्टै कक्षा संचालन गर्ने, जानिएको ज्ञानहरु विद्यार्थीहरुको जीवनमा प्रयोग गराई व्यवहारिकरुपबाट पाठको ज्ञान उपलब्ध गराउने । दवै समुहका विद्यार्थीहरुलाई छुट्टाछुट्टै प्रश्नहरुको तर्जुमा गरी पाठ सिकाई मासिक र त्रैमासिक परीक्षाहरु संचालन गर्ने। उक्त परीक्षाहरुमा विगत पाठहरुको समेत स्मृतिलाई बुझ्न सकिने गरी प्रश्नहरु तर्जुमा गर्ने । प्रत्येक परीक्षाहरुबाट कमी देखिएका विषयहरुलाई पुनरताजगि गर्न आवश्यक पठन पाठन गर्ने गराउने । अन्य सिकाई तथा व्यवस्थापन बारे सबै तहका सिकाइमा आवश्यक सबै प्रयोगका सामग्रीहरु शिक्षकले सक्ने शिक्षक आफैले र नसकिने जनि विद्यालय व्यवस्थापनमा शै.स शुरु हुनुभन्दा अगावै माग दाखिल अनिवार्यरुपमा उपलब्ध गराउनु पर्ने छ । प्रशासन व्यवस्थापनले पनि पढाइमा वाधा नपुग्ने गरी समयमै खरीद गरी सम्बन्धितहरुलाई उपलब्ध गराउन पर्ने छ, (१) मा उल्लेख भएका सामग्रीहरु जसका कारणले उपलब्ध नभएमा सो पक्ष जिम्मेवार हुनुको साथै कारवाहीको दायरामा पर्न सकिने छ, विद्यालयमा हरेक शुक्रबार अतिरिक्त कार्यक्रम संचालन हुने भएकाले हालको दैनिक कार्य तालिकामा पछिल्लो ३ घण्टी पर्ने शिक्षकहरुलाई पाठ पूरा गर्न समय कम हुन जाने गुनासो पाइएकोले सो समयको कमीको अनुभव कसैल गर्न नपर्ने गरी प्रशासनले दैनिक कक्षा, तालिकाको उचित व्यवस्थापन गर्न आवश्यक देखिएकाले सो अनुसार व्यवस्थापन गर्ने ताकि उक्त समस्याहरुको अनुभव कुनै पनि शिक्षकले महसुस गर्न पर्ने अवस्था सृजना नहोस ।, अतिरिक्त कार्यक्रममा हाल सम्म देखिए अनुसार प्रत्येक्ष सहभागि शिक्षकहरु त्था विद्यार्थीहरुको मात्र ध्यान पुगेको पाईएकोले यस कार्यमा बाँकी सबै शिक्षकहरु तथा विद्यार्थीहरुलाई पनि अनिवार्य आकर्षित गर्न गराउन प्रशासनले आवश्यक अनुशासनको व्यवस्था गरी सबैलाई लाभान्वित बनाउन आवश्यक छ । सोको निरिक्षण प्रशासनले समय समयमा अनिवार्यरुपमा गर्नुपर्ने छ, माथि विभिन्न तहमा उल्लेखित विधि भन्दा कुनै विषयगत शिक्षकहरुमा सो भन्दा राम्रो विधि आफूमा छ भने सोको प्रयोग गरी विद्यार्थीहरुलाई अरु थप लामान्वित गर्न सकिने छ । सो विधि वारे विद्यालय प्रशासनलाई जानकारी गराउनु भएमा धन्यवादको पात्र बन्नु हुनेछ, विद्यालयमा कार्य निर्देशिकाको विद्यमानता बारे सबै शिक्षकहरु जानकार हुनुहुन्छ । निर्देशिकाको पनि अध्ययन गन् भई सोमा दिइएका निर्देशनहरु पन अवश्य पालना गर्नु हुने छ र शैक्षिक गुणस्तरलाई अभिवृद्धि गन उक्त निर्देशिकाले प्रशस्त मार्ग औल्याइएका छन् । यसलाई कुनै पनि हालतमा विर्सनु हुने छैन ।
