IMG-LOGO

दूतावास बन्द गर्न हुँदैन

 मंगल, जेठ १९, २०८३  छत्रबहादुर मैनाली

    दक्षिण अमेरिकामा नेपालको कूटनीतिक संलग्नता किन निरन्तर रहनुपर्छ ? यसबारेमा मेरो व्यक्तिगत दृष्टिकोण तथा दक्षिण अमेरिकाभर रहेका नेपाली प्रवासी समुदायसँगको छलफलका आधारमा हामीले नेपाल सरकारको ब्राजिलस्थित नेपाली दूतावासलाई निरन्तर सञ्चालनमा राख्नु अत्यन्त आवश्यक रहेको निष्कर्ष निकालेका छौं । दक्षिण अमेरिकामा नेपालको कूटनीतिक उपस्थिति विस्तारको महत्व छ । बदलिँदो विश्व परिस्थितिमा नेपाल र नेपाली नागरिकको लागि हाम्रो नेपाल सरकारको उपस्थिति जहाँ पनि हुनुपर्छ  ।      कुनै पनि देशमा कूटनीतिक नियोग स्थापना गर्नु नेपालका लागि रणनीतिक तथा स्वागतयोग्य कदम हो । यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नुका साथै विदेशमा रहेका नेपाली नागरिकहरूको हित संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्छ । विशेष गरी १२ वटा सार्वभौम राष्ट्र तथा केही आश्रित क्षेत्रहरू रहेको दक्षिण अमेरिकामा नेपालको कूटनीतिक संलग्नता अझ बढी आवश्यक छ ।     हाल दक्षिण अमेरिकामा नेपालको एक मात्र आवासीय दूतावास ब्राजिलमा रहेको छ । यसअघि कोलम्बियामा मानार्थ वाणिज्यदूतावास (ज्यलयचबचथ ऋयलकगबितभ) रहेको भए पनि सन् २०२२ मा बन्द गरिएको थियो । यसले यस क्षेत्रमा नेपालको उपस्थिति र प्रतिनिधित्वलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता स्पष्ट रूपमा देखाउँछ । ब्राजिलस्थित नेपाली दूतावासलाई निरन्तरता दिनु तथा कोलम्बियामा मानार्थ वाणिज्यदूतावास वा महावाणिज्यदूतावास स्थापना गर्नुका प्रमुख कारणहरू  १. द्विपक्षीय सम्बन्ध सुदृढीकरण     नेपाल र कोलम्बियाबीच कूटनीतिक, आर्थिक तथा सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुग्छ । २. नेपाली नागरिकलाई सेवा तथा सहायता     कोलम्बियामा बसोबास गर्ने वा भ्रमण गर्ने नेपाली नागरिकलाई राहदानी सेवा, आपत्कालीन सहायता, प्रमाणीकरणलगायत आवश्यक कन्सुलर सेवा सहज रूपमा उपलब्ध गराउन सकिन्छ । ३. व्यापार तथा लगानी प्रवद्र्धन     नेपाल र कोलम्बिया बीच व्यापार, लगानी, पर्यटन तथा आर्थिक सहकार्यका अवसरहरू विस्तार गर्न मद्दत पुग्छ । ४. सांस्कृतिक आदान–प्रदानको प्रवद्र्धन     नेपाली संस्कृति, पर्व, परम्परा तथा शैक्षिक अवसरहरूको प्रचारप्रसार गरी दुई देशबीच आपसी समझदारी र सद्भाव बढाउन सकिन्छ । ५. यात्रा तथा भिसा प्रक्रिया सहज बनाउने     नेपाल भ्रमण गर्न चाहने कोलम्बियाली नागरिकका लागि भिसा तथा अन्य आवश्यक कागजात प्रक्रियालाई सरल र प्रभावकारी बनाउन सकिन्छ । ६. कम खर्चिलो कूटनीतिक उपस्थिति     पूर्ण दूतावास सञ्चालनको तुलनामा मानार्थ वाणिज्यदूतावास वा महावाणिज्यदूतावास मार्फत कम लागतमा नेपालको प्रतिनिधित्व कायम राख्न सकिन्छ । रणनीतिक सन्दर्भ र विगतका अनुभव     सन् २०१० पछि उल्लेखनीय संख्यामा नेपाली नागरिकहरू दक्षिण अमेरिकी मुलुकहरू हुँदै उत्तर अमेरिका जाने क्रम बढेको थियो । यस अवधिमा कानुनी वा अन्य समस्या उत्पन्न हुँदा स्थानीय कूटनीतिक प्रतिनिधित्वको अभावका कारण आवश्यक सहयोग प्राप्त गर्न कठिनाइ हुने गरेको थियो । यही आवश्यकतालाई ध्यानमा राख्दै सन् २०१३ मा कोलम्बियाले काठमाडौंमा मानार्थ वाणिज्यदूतावास स्थापना गरेको थियो, जसले नेपाली निकायहरूसँग प्रत्यक्ष समन्वय गर्न सहज बनायो ।     त्यतिबेला कोलम्बियासम्बन्धी नेपालको कूटनीतिक जिम्मेवारी सुरुमा वाशिङ्टनस्थित नेपाली दूतावास र पछि ब्राजिलस्थित दूतावासमार्फत सञ्चालन गरिन्थ्यो । यस अनुभवले प्रभावकारी तथा पहुँचयोग्य कूटनीतिक संरचनाको आवश्यकता स्पष्ट रूपमा प्रमाणित गर्दछ । आज पनि ब्राजिलस्थित नेपाली दूतावासको भूमिका अत्यन्त महत्वपूर्ण छ । यसले कूटनीतिक सम्बन्ध, क्षेत्रीय सहकार्य तथा नेपाली नागरिकहरूको हित संरक्षणमा निरन्तर योगदान पु¥याइरहेको छ । यस्ता संस्थाहरूलाई कमजोर बनाउनु वा बन्द गर्नु भनेको नेपालको अन्तर्राष्ट्रिय प्रभाव र दीर्घकालीन राष्ट्रिय हितलाई कमजोर बनाउनु हो । कूटनीतिलाई केवल तत्कालीन खर्च वा सामान्य व्यापारिक हिसाबले मूल्याङ्कन गर्नु उपयुक्त हुँदैन । राष्ट्रिय हितका विषयमा दूरदर्शी सोच र दीर्घकालीन रणनीतिक दृष्टिकोण आवश्यक हुन्छ । निष्कर्ष     नेपालको राष्ट्रिय हितको संरक्षण, द्विपक्षीय सम्बन्धको विस्तार तथा विदेशमा रहेका नेपाली नागरिकलाई प्रभावकारी सेवा उपलब्ध गराउन दक्षिण अमेरिकामा नेपालको कूटनीतिक उपस्थिति संरक्षण र विस्तार गर्नु अपरिहार्य छ । विशेष गरी कोलम्बिया तथा समग्र दक्षिण अमेरिकी क्षेत्रमा नेपालको प्रतिनिधित्व सुदृढ गर्नु आजको आवश्यकता मात्र होइन, दीर्घकालीन राष्ट्रिय हितको विषय पनि हो । यस विषयमा थप जानकारी, सुझाव तथा समन्वयका लागि म सदैव तयार छु । यस सम्बन्धमा गम्भीर र रणनीतिक छलफल गर्न सरोकारवालाहरूको बैठक आयोजना गरिनु अति आवश्यक छ । (लेखक एनआरएनए कोलम्बियाका अध्यक्ष हुनुहुन्छ ।)

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्