अक्स्फोर्डेहरू माथिको मेरो विश्वास र भरोसा उड्नुको मुख्य कारण के हो भने यिनिहरू गोराको खुट्टामा मिल्नेगरी जुत्ता बनाउन सिक्छन् र हाम्रा गोडा काटेर या प्लास्टिक सर्जरी गराएर जुत्ता भिडाउन खोज्छन् । नेपाली मौलिकतामा आर्थिक समृद्धि खोज्ने क्षमता यिनको शुन्य हुनेगर्छ । त्यस्तो नहुने थियो भने नेपालमा बितेका करिब पाँच दशक भित्र हरेक अक्स्फोर्डेले आप्mनो पालामा आर्थिक सुधार भएको दाबी गर्ने गर्छन्, यदी त्यो सही थियो र हरेकको पालामा मुलुकको आर्थिक अवस्था सुधार भएको भए देश अहिले दक्षिण कोरिया र सिङ्गापुरकै हाराहारीमा हुने थियो, होइन र ? शिक्षा, स्वास्थ्य र उर्जामा कर लगाएर अझ बढाएर यो मुलुक कहिल्यै समृद्धिको यात्रामा अघि बढ्न सक्ने छैन, तिनले नबुझे पनि हामीले बुभ्mनुपर्ने चाहि यत्ति हो ।
