मुटुको SA (sinoatrial) ल्यमभ अर्थात् मुटुको चाललाई स्वचालित रूपमा चलाउने मुटुभित्रको संयन्त्रलाई आत्माको स्वरूपः मानेको छ, वैज्ञानिक अनुसन्धानले । यो आधुनिक संश्लेषणात्मक व्याख्या हो जसलाई हिन्दू दर्शनले हृदय, प्राण र आत्मासँग जोडेको छ । सनातन हिन्दू शास्त्रहरूमा SA node जस्तो आधुनिक जैविक संरचनाको प्रत्यक्ष उल्लेख छैन, तर हृदयलाई चेतना, प्राणशक्ति र ब्रह्मको केन्द्र मानिएको छ । यो नोड विज्ञान र आध्यात्मिकताको पुल हो । वैज्ञानिक तथ्यमा आधारित तर आध्यात्मिक अर्थ रहेको यो लयमभ प्रतीकात्मक र व आस्थागत केन्द्र हो । एस ए नोड मुटुको दायाँ अट्रियमको माथिल्लो भागमा अवस्थित विशेष तन्तुबाट बनेको मुटुको प्राकृतिक pacemaker हो, जसले मुटुलाई स्वतः चालित गर्ने विद्युतीय तरङ्ग उत्पन्न गर्छ र प्रति मिनेट मुटुलाई ७०–८० पटक प्रति मिनेट धड्काउँछ । वैज्ञानिक अनुसन्धान अनुसार क्ब् लयमभ मा पञ्चमहाभूतिय संरचनाबाट निर्मित च्यानलहरूले सक्रिय बनाएको हुन्छ । यसमा sodium (Na+) र calcium (Ca२+) ions को प्रवाह हुन्छ, जसले SA node लाई नियन्त्रण गर्छ र सक्रिय गराउँछ । यो वैज्ञानिक तथ्यले क्ब् लयमभ लाई शरीरको रिदम र निरन्तरताको स्रोत बताएको छ । हिन्दू दर्शनमा हृदय र आत्मा ः उपनिषद्हरूमा हृदय शारीरिक अंग मात्र होइन, हृदयको आन्तरिक आकाश हो, जहाँ हाम्रो आत्मा बसेको हुन्छ । एष म आत्मान्तर् हृदयेऽणीयान् व्रीहेर्वा यवाद् वा श्यामाकाद् वा श्यामाकतण्डुलाद् वा । एष म आत्मान्तर् हृदये ज्यायान् पृथिव्या ज्यायान् अन्तरिक्षाज् ज्यायान् दिवो ज्यायान् एभ्यो लोकेभ्यः ।। एष आत्मा योऽयमात्मा ब्रह्म ।। यो आत्मा हृदयभित्र छ । धानको दानाभन्दा सानो, तर ब्रह्माण्डभन्दा ठूलो । यो आत्मा नै ब्रह्म हो । SA node ले सम्पूर्ण शरीरको रिदम नियन्त्रण गर्छ, जसरी सूक्ष्म आत्माले ठूलो शरीरलाई जीवन दिन्छ । बृहदारण्य उपनिषले भन्छ, हृदयं वै सर्वभूतानां निधानम् । हृदयेन वै सर्वाणि भूतानि संधीयन्ते । हृदयं हि परमं ब्रह्म ।। हृदय नै सबै प्राणीहरूको निधान हो, जसबाट सबै जोडिन्छन् । हृदय नै परम ब्रह्म हो । क्ब् लयमभ ले मुटुका सबै भागहरूलाई विद्युतीय कम्पन मार्फत मार्फत जोड्छ र रिदम दिन्छ । कठोपनि साध्य पनि त्यही भनेको छ, अणोरणीयान् महतो महीयान् आत्मास्य जन्तोर्निहितो गुहायाम् । आत्मा हृदयगुहाभित्र लुकेको छ । SA node को स्वाभाविक कम्पनलाई आत्माको स्वाभाविक स्पन्दन मान्न सकिन्छ कुनै बाहिरी उत्तेजना बिना बिना चल्ने । भागवत गीतामा भगवान श्रीकृष्णले पनि भन्नुभएको छ, “सर्वस्य चाहं हृदि संनिविष्टो मत्तः स्मृतिज्र्ञानमपोहनं च ।” म परमात्मा सबैको हृदयमा बस्छु । यदि श्रीमद्भागवत गीताको १५ औं अध्यायको यो श्लोकलाई गहिरोसँग बुझ्ने हो भने, मुटुमा भएको एस ए नोड (SA node) लाई नै, भगवान श्रीकृष्णले हृदय भनेको हुनुपर्दछ । यसको विद्युतीय कम्पन जसले मुटुको चाललाई निरन्तरता दिन्छलाई यसको भौतिक अभिव्यक्तिको रूपमा हेर्न सकिन्छ । प्रश्न उपनिषद्मा प्राणलाई शरीरको राजा भनिएको छ, जसले हृदयबाट कार्य गर्छ । तैत्रिय उपनिषद्ले पनि त्यही भन्छ, हृदय ध्यानको केन्द्र हो । एकजना महर्षी छन्, रामण महर्षि, उनले स्पिरिचुअल हार्टलाई दायाँ छातीको भागमा रहेको मानेका छन् । उनी भन्छन् ः “The Heart of which I speak is non–physical and is only on the right side of the chest.” उनको यो भनाइसँग मुटुमा भएको एसए नोड SA node ठ्याक्कै मिल्छ । उनको यो व्याख्याले आधुनिक विज्ञानको व्याख्यालाई साथ दिन्छ । महर्षिका अनुसार यो हृदय आत्मसाक्षात्कारको केन्द्र हो । यसरी केही आधुनिक व्याख्याकारहरूले एस ए नोड (SA node) लाई आध्यात्मिक केन्द्रसँग जोडेर हेरेका छन् । सनातन हिन्दु धर्मदर्शनमा आदित्य हृदयमा सूर्यलाई हृदयको शक्ति दिने रूपमा स्तुति गरिन्छ । भित्री प्रकाश र रिदमको प्रतीकको रूपमा हेरिएको छ । प्राण र विद्युतीय स्पन्दन उपनिषद्का अनुसार, मा प्राणलाई ऊर्जा प्रवाहसँग तुलना गरिएको छ । यसैगरी अद्वैत वेदान्तका अनुसार आत्मा अजर अमर निर्गुण र निराकार छ । गीताका अनुसार आत्मा न जन्मन्छ, न मर्छ । नोड अस्थिर हुन सक्छ तर यसले मुटुको चाललाई सधैँ नियन्त्रणमा राख्दछ । या भनौँ यसमा भएको गडबडीले मुटुको चालमा गडबडी आउँछ । Katha Upanishad ले भन्छ — अध्रुवले ध्रुव (आत्मा) लाई प्राप्त गर्दैन, योगद्वारा जान्नुहोस् । यसरी हेर्दा निष्कर्षमा के भन्न सकियो भने मुटुलाई धड्काउने कार्यलाई हिन्दू दर्शनको प्राण/आत्माको स्पन्दनको रूपक बनाएर व्याख्या गर्न सकिँदो रहेछ । वैज्ञानिक अनुसन्धानले पनि त्यही भनेको रहेछ, SA node लाई स्थिर अनन्त नास हुने शरीर नियन्त्रक अनि जसले शरीरभित्र एकता र निरन्तरता कायम राख्छ । आध्यात्मिक दृष्टिमा यो शरीरभित्रको दिव्यतालाई सम्झाउने प्रतीक हो । हृदयको जागरणले शारीरिक स्वास्थ्य र आध्यात्मिक शान्ति दुवै दिन्छ । वैज्ञानिक रूपमा SA node एक जैविक यन्त्र रहेछ । आध्यात्मिक रूपमा यो हामीलाई शरीरको रहस्य र आत्माको महिमा बुझाउने संयन्त्र रहेछ । नियमित ध्यान र स्वस्थ जीवनशैलीले यसलाई अनुभव गर्न सकिन्छ । (सन्दर्भः Upanishads, Bhagavad Gita, रामण महर्षि, NCBI/PMC studies on SA node, Frontiers in Cardiovascular Medicine, Royal Society publications आदि ।)
