IMG-LOGO

प्रधानमन्त्री दम्भी र घमण्डी छन्

 मंगल, जेठ १२, २०८३  रत्नप्रसाद लुइँटेल

    हाम्रो देशका प्रधानमन्त्री आर्थिक अनियमिततावाट परै बस्छन् त्यो उनको ठूलो र महत्वपुर्ण गुण मान्नुपर्छ । तर उनीमा हामिले देखे सुनेकै जुन अनपेक्षीत दम्भि (घमन्डी) पन छ, त्यसले मुलुकलाई धेरै नै अप्ठेरोमा लानसक्ने संकेतहरु देखिंदैछन् । सदनप्रति देखिएको उनको उदासिनतालाई त आफ्नै देश हो, आप्mनै देशका सभासदहरु हुन् भनेर मन बुझाउन सकिएला । जुन दम्भ र उत्ताउलो पाराले राष्ट्रप्रमुखलाई नमस्कार सम्म पनि नगर्ने र आफैंद्वारा निर्मित आफ्नै नीति तथा कार्यक्रम प्रस्तुत् गरिरहेको समयमा वाहिर निस्केर आफ्नै कार्यक्रम आफैंले बहिस्कार गरे, त्यसलाई पनि ओके छ त भन्दिउँला । तर हिजोका पुराना पार्टीहरुका भ्रष्ट आचरण, बेथिति र पदलोलुप चरित्रका कारण वर्षौंदेखि वाक्कदिक्क भएका जनताले संकाको सुविधा दिएका न हुन यी नयाँ भनिनेहरुलाई । के उनीहरुले जनताको मन जित्न अझै इमान्दार, अनुशासित र विनम्र भएर प्रस्तुत हुनुपर्ने होइन र ? के यो जनमत अनन्तकाल सम्मकालागि हो र ?      आज प्रमको हर्कत देखेर घण्टीकै सभासद र शुभेच्छुक हरु पनि लज्जावोध गरिरहेका होलान् भित्र भित्रै । बोल्न मिल्दैन क्यार, बोलबोल माछा मुखभरी पानी । ठिक छ राष्ट्रपति पुरानो भ्रष्ट पार्टीे प्रतिनिधी, जति तुच्छ व्यवहार गरे पनि फरक परेन रे, तर राष्ट्रको गरिमा त्यसरि जोगिएला र ? रामचन्द्र पौडेलले जनताको हकहित र स्वतन्त्रताको लागि जुन लेवलको सफर गरेका छन्, के त्यो वालेनले हेप्ने लेवलको हो र ? एउटा दलित समुदायवाट आएकी साधारण महिला द्रौपदी मूर्मु भारतकी राष्ट्रपति छिन् तर प्रचण्ड बहुमतसाथ पटक पटक जितेका प्रधानमन्त्री मोदी नतमस्तक हुन्छन् उनका अगाडी के त्यसले मोदिको कद घटाएको छ र ? कांग्रेस आईका नेता प्रणव मुखर्जी राष्ट्रपति थिए मोदी पहिलो प्रधानमन्त्री हुँदा न त्यहाँ मोदीले सम्मानमा कमी गरे न मुखर्जीले सरकारलाई अप्ठेरो पार्ने काम गरे । उहीँ सम्मान उहीँ कामको स्पिड । यी हाम्रा प्रधानमन्त्री एलियन त होइनन् होला नि अर्को कुनै ग्रहवाट झरेका किन त्यत्रो दम्भ । ल ठिकै छ यतातिर त जे जे गरे पनि बोल्ने कोही छैनन् वा कोही बोल्यो भने पनि त्यसको बोली मधुरो होला, केही समय पेलेरै जाउँला तर त्यहि पारा विदेशी शक्तिमाथि पनि थोपरिंदैछ, हो अव खतराको घण्टी पनि यहिंनिर बज्नेवाला छ । भारत हाम्रो अस्थिरतामा खेलेर वा यहाँको अवस्थालाई अस्थिर बनाएर स्वार्थसिद्ध गर्न लालायित रहन्छ सदासर्वदा, थाहा छ हामीलाई तर उसंग पङ्गालिने सामथ्र्य छैन हामीसँग । उसका प्रतिनिधीसंग पटक पटकको आग्रह पछि पनि हाम्रा प्रमले भेट नदिएपछि कुनै वहानामा चियाको निर्यात रोकिदिएको छ उसले । यही हर्कत कायम रहेमा आफ्नै आवश्यकता पूर्तिमा समस्या परेको वहाना बनाएर तत्काल डिजेल पेट्रोलको निर्यात दुईचार महिना रोकिदियो भने हाम्रो हविगत कस्तो हुनेहोला ?      खेतिको समय छ, रासायनिक मलको निर्यात रोकिदियो भने कसो होला । ठिक छ एउटा सचिव स्तरको अमेरिकन, युरोपियन वा भारतीय प्रतिनिधी आउँदा लाइन लागेर उ वसेको होटलमा भेट्न गएका नेताहरु देख्दा हामी सवै नेपालीको शिर निहुरिएको थियो कुनैवेला  । त्यसलाई चिर्नैपर्ने थियो तर विदेशी प्रतिनिधिसंगको भेटलाई प्रोटोकलमा मात्रै सिमित राख्न सम्भव हुन्छ र ? के भारत चीन वा अमेरिका जस्ता ठूला मुलुकका प्रधानमन्त्री वा राष्ट्रपतिले हाम्रो देशवाट प्रतिनिधी भएर गएका राजदुतलाई भेटदिएका हुँदैनन र ? जुन देशसँग हामी पाइला पाइलामा निर्भर छौं, त्यहाँ प्रोटोकलभन्दा आफूले राख्ने स्पष्ट एजेन्डा महत्वपूर्ण हुन्छ । एउटा देशको राजदुत नै सही उ त प्रतिनिधी हो त्यो मुलुकको के उसलाई महत्व दिनुपर्दैन । दुई देशको विचमा भएका देखिएका समस्याहरुलाई स्पष्ट शव्दमा आफ्नो मुलुकको पक्षमा राख्नु र कुटनैतिक क्षमता प्रदर्शन गरेर त्यसलाई तर्कपूर्ण समाधान गर्नसक्नु पो मुलुकको हितमा होला त ।  वालेनको उदण्डतालाई हामी त हाँसी हाँसी स्विकारी दिउँला रे भारत, चीन वा अमेरिका उसँग डराउनुपर्ने कारण होला र । जनताको समर्थनको जगमा उभिएको हुँदा केही नैतिक शक्ति त प्राप्त होला, तर त्यो हाम्रोजस्तो अविकशित, भूपरिवेष्ठिक सानो मुलुकको लागि पर्याप्त छैन र होइन पनि । चिन्ता के हो भने हाम्रो घमण्ड हामीलाई नै धेरै महङ्गो पर्नेवाला देखिंदैछ आशा गरुम् त्यस्तो हुने छैन ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्