IMG-LOGO

सुशीला कार्कीले आप्mनो गरिमा जोगाइनन्

 मंगल, बैशाख २९, २०८३  राम लोहनी

    सुशीला कार्की प्रधानन्यायाधिश हुनुभयो, प्रधानमन्त्री हुनुभयो । तर उहाँका बोली, शैली र अभिव्यक्तिहरू हेर्दा उहाँको बारेमा प्रश्न उठ्छ । वास्तवमा उहाँले ती दुबै पदको गरिमा जोगाउन सक्नु भएन । उहाँले लिएका केही अडानहरू निश्चितै प्रशंसनीय थिए । तर त्यो अडानको जगबारे उहाँका गम्भिर व्याख्या भएन । सफलता र असफलताका मापदण्ड फरक हुन सक्छन् । असन, इन्द्रचोकमा भिड हुँदा मान्छे हिँड्नै पर्दैन, ठेलिएर असनबाट इन्द्रचोक, इन्द्रचोकबाट असन पुग्छ । त्यो हिँडेको होइन भनेर कसैले भन्न सक्दैन । सुशीलाजीको सफलता पनि त्यस्तै हो । ती दुबै पदमा रहँदा होस् वा पदबाट बाहिर निस्किसके पछि होस् । उहाँ विवादमा रहिरहनु भयो । पछिल्लो समय उहाँले वर्तमान प्रधानमन्त्रीलाई लिएर व्यक्त गरेका अभिव्यक्तिहरूले उहाँको धरातललाई बताइरहन्छ ।      पूर्व–प्रधानमन्त्रीहरूको बारेमा गरका टिप्पणीहरू पनि उहाँको पदीय गरिमालाई सुहाउने खालका हुने थिएनन् । जस्तो कि उहाँले एक झमेट केपी ओलीको असाध्यै प्रशंसा गर्नुभयो, ओली भएकैले लोकतन्त्र टिकेको भावमा उहाँको अभिव्यक्ति थियो । अर्को चोटी देशको ठूलो समस्या भनेकै केपी ओली हो भने जसरी धारणा व्यक्त गर्नुभयो । उहाँ सधैँ आवेश प्रेरित र उत्तेजित भावमा प्रकट भैरहनुहुन्छ ।      प्रधानन्यायाधीशबाट निवृत्त भएपछिको उहाँको जुन संस्मरण आयो, त्यो पढेपछि मैले उहाँलाई ध्यान दिएर पढ्न, सुन्न छोडिदिएको हो । एकाएक निर्वाचन सरकारको नेतृत्व गर्ने कुरा उठेपछि उहाँले उत्ताउलिएर एउटा भारतीय मिडियासँग गरेको कुराकानीले त्यही मेम्वायरको शैलीलाई प्रतिविम्बित गरेको थियो । चुनाव भयो । यसलाई सफलता मान्नु प¥यो । तर त्यो सफलता वास्तवमा असनको भिडमा हिँडेर गन्तव्य पुगे जस्तै हो । प्रधानमन्त्रीबाट अवकास लिने बेला उहाँका जस्ता गतिविधि देखिए, त्यसले उहाँको वास्तविक धरातललाई फेरि सम्झाइदियो । व्यक्तिगत रूपमा उहाँ इमान्दार हुनुहोला । भ्रष्टाचारबाट मुक्त रहनुभयो होला । त्यो राम्रो पाटो हो । तर उहाँको बचचयनबलत र सतही टिप्णीहरूले उहाँको बेग्लै परिचय दिइरहेको हुन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्