स्मृतिको गोरेटोमा ः डा. भरत लामिछाने अब भौतिक अस्तित्वबाट मुक्तभई ‘स्मृतिशेष’ भएका छन् । भमरकोटेहरुक ादुलालथोक र जैसिडिही वारीपारीकागाँउ । घाँसदाउरा एकै थलोमा, घट्ट एउटै । उमेरमा म एकाध वर्ष जेठो । कक्षामा दुइतिन कक्षा अगाडी, म । औपचारिक शिक्षा र मृत्युमा भने मलाई तिमीले जित्यौ मित्र । कहिले कहीँ भावनाको चित्र कोर्ने अक्षरको पनिअभाव, उफ ...। उनीसँग मेरो नाता केवल परिचितको मात्र थिएन; हामी एउटै भूगोल, एउटै विद्यालय र एउटै वैचारिक गोरेटोका सहयात्री थियौँ। पछिल्लो समय ‘नौ भमरकोटे’ माउनको सक्रिय साथले हाम्रो आत्मियतालाई अझ प्रगाढ बनाएको थियो । म पार्टीविहीन राजनीतिकयात्री तर उनी प्रतिवद्द पार्टीको नेतृत्व । के साँच्चै तिमीले विश्वास गरेर जीविनको लामो समय खर्चगरेको सस्थत्यहीविचार, आर्दश, मूल्यमान्यता र साँस्कृतिक आचरणमा त छ ?कतै ट्रेडमार्क मात्रै त बन्दैछैन ?मेरो भूमिका बुझेका डा. भरत मुसुक्कहास्दै मौन हुन्थे । मौनताभित्रको धेरै रहस्यहुन्थ्यो । जीवनको अन्तिमबिन्दुमा पुग्दा मान्छेको धनवा पद होइन, उसले निर्वाह गरेको भूमिका र समाजमा छोडेको पदचाप नै उसको वास्तविक परिचयबन्दो रहेछ । हरेक मान्छेले आफ्नो जीवनकालमा कुनै न कुनै आदर्शको विजारोपण गरेको हुन्छ । कसैको मृत्युले समाजलाई कस्तो प्रभाव पार्छ र समयले उसलाई कसरी मूल्याङ्कन गर्छ भन्ने कुराले नै त्यो जीवनको सार्थकता पुष्टि गर्छ । चिताको धुवाँ र जीवनको दर्शन हरेक मृत्युले जीवित मानिसलाई दार्शनिक बनाइदिन्छ । आर्यघाटका आकाशतिर उड्दो कुइरी मण्डलमसाने धुवाँले कस्तै कठोर हृदयलाई पनि एकपटक झकझक्याउँछ, सोच्छ — ’आखिर जीवन के हो ? यसको अर्थ के छ ?’ यो धुवाँले मानिसलाई त्रसित मात्र बनाउँदैन, बरु आफ्नै जीवनको निर्मम समीक्षा गर्न पनिविवश तुल्याउँछ । आर्यघाटमा लस्करै जलिरहेका चिताहरू र त्यसबाट निस्कने गन्धले मानिसको अहङ्कार, तुजुक, र कुण्ठाहरूलाई खरानी बनाइ दिने सामथ्र्य राख्छन् । लासहरुले चिच्याउदै भनीरहेका हुन्छन्– हे मलामीहरु, हे मान्छेहरु तिमीहरु पनि म जस्तै एक दिन जल्नेछौ, मसाने धुवाँझै उडनेछौ, वाँकी रहेको खरानी अस्तु बनेर बगाइनेछ । र बाँकी रहनेछ स्मृतिमात्रै । तर विडम्बना! चिताको त्यो वैराग्य पिंगला स्थानको सडकमा आइ पुग्दा नपुग्दै धुवाँझैँ विलाएर जान्छ । मान्छे फेरि उही मोह र भ्रमको चक्रव्यूहमा फस्छ । सायद, मृत्युको भय र सत्यबाट उम्कने एउटै अस्त्र मानिसले ’बिर्सनु’लाई बनाउदै फेरी वासनाको जेलमा आफैँलाई स्वैच्छिक बन्दी बनाउँन पुग्छ ।उफ यो जीवनलिला ! संवेदनाको बजार र शब्दको गरिमा आजको युगमा संवेदनापनिएउटा ’फेसन’ जस्तो बन्नथाल्यो । मलामी जानु वा समवेदना प्रकट गर्नु अचेल औपचारिकतामा खुम्चिँदै गएको आभास हुँदैछ । सामाजिक सञ्जालमा देखिने ’रिप’वा हतारमा गरिएका पोस्टहरूले कतै शब्दको गरिमा र भावनाको गहिराइलाई फितलो त बनाइरहेका छैनन् ? मृतकका तस्बिरसँगै आफ्नो उपस्थिति देखाउने होडबाजीले संवेदनाको वास्तविक मर्मलाई ओझेलमा पारेको छ । के हामी शब्दबाट प्राण हराएको युगमा प्रवेश गर्दैछौँ? के औपचारितामा सिमित भए सम्वन्धहरु ? सम्बन्धहरु उपयोगिता, विज्ञापन वा नाफाले तय गर्न थाल्यो ? यो आजको गम्भीर प्रश्न हो । डा. भरतः विचारका सहयात्री मेरो मानसपटलमा डा. भरत लामिछाने कुनै वंश वा अंशका आफन्त थिएनन्, न त उनीसँग मेरो कुनै व्यावसायिक साझेदारी नै थियो । तर, हामी सपनालाई यथार्थमा बदल्न खोज्ने एउटै यात्राका’सहयात्री’पक्कै थियौँ। उनको व्यक्तित्वका केही विशिष्ट पक्षहरू सधैँ अनुकरणीय रहनेछन् ः – जिउँदो हुँन जिउँदो देखिनुपनिपर्दो रहेछ । जिउँदो मान्छे जसरी बाँचु पर्छ, भरत त्यस्तै गौरवशाली जीवन जिए । बाँच्नुको सार्थक अर्थ लगाउँदै बिते । – भुइँमान्छेप्रतिको निष्ठा ः उनले समाजशास्त्रमा विद्यावारिधि (पियचडी) गर्दा समाजको पिँधमा रहेका ’दनुवार’ जातिलाई आफ्नो अनुसन्धानको विषय बनाएर पिछडिएको समुदाय प्रति आफ्नो बौद्धिक पक्षधरता प्रकट गरे ।–शिक्षामा समर्पणः सर्वमङ्गला स्कुलको नेतृत्व सम्हाल्दै उनले शिक्षालाई समाज रूपान्तरणको मुख्य कडीका रूपमा स्थापित गर्न अहोरात्र काम गरे । – वैचारिक उदारता ः राजनीतिमा बढ्दो संकीर्णताका बीच पनि भिन्न विचार र दर्शन बोक्नेहरूसँग संवाद र सत्संग गर्न सक्ने उनको स्वभाव लोभ लाग्दो थियो । विचारलाई सामाजिकीकरण र राजनीतिलाई सांस्कृतिकरण गर्नुपर्छ भन्ने उनको दृढ मान्यता थियो । – जिज्ञासु स्वभाव ः उनी अन्ध–विश्वास र परलोकमा विश्वास गर्दैनथे । उनी मिथक र इतिहास बीचको लक्ष्मण रेखा बुझ्थे । “किन र कसरी ?” भन्ने प्रश्नको उत्तर खोज्दै सधैँ विद्यार्थी बनिरहनु नै उनको जीवनको सबैभन्दा ठूलो शिक्षा थियो । अलबिदाभन्नु पहिला ः बजार र विज्ञापनको यो दासत्व पूर्ण युगमा पनि हरेक मानिस आफ्नो जीवन गौरवमय होस् भन्ने चाहन्छ । डा. भरतले आफ्नो जीवनलाई त्यही गौरवशाली बनाउने प्रयत्न गरे । विचारलाई कपडा फर्नु भन्दा छिटो फेर्ने सफलता खोजिरहन म्याराथुन दौडमा सामेल यस समाजमा एउटा असल मानिस, प्रखर चिन्तक र सहृदयी मित्र गुमाउँदाको रिक्तता समाजले लामो समय सम्म अनुभूत गरिरहनेछ । प्रियमित्र डा. भरत, तिम्रो विचार र स्मृतिहाम्रो मानसपटलमा सधैँ जीवन्त रहनेछ । के तिमीले आप्mनो विचार, संस्कार र भूमिकाको उत्तराधिकारी त छोड्न सक्यौँ ! अलबिदामित्र !
