हिजोदेखि मलाई पढ्न मन लागेको समाचार सुकुम्बासीका समाचार हुन् । खुल्दुली छ, मनैभरि । – सुकुम्बासी राती कहाँ बसे होलान् ? – सुकुम्बासी र हुकुमबासी छुट्याउन सकिने आधार के के होलान् ? – सबै एकै ठाउँमा पुगे कि फरक फरक ठाउँमा छरिए ? – नागार्जुनको भवनमै पुगे कि अरू ठाउँमा गए ? – कमसेकम दुई चार दिनको भाडा कसले तिरिदियो होला ? ती सामान सार्न प्रयोग भएका पिकअपको भाडा सरकारले तिर्ला कि आफैँ ? – बस्तीबाट सामान झिक्न त प्रहरीले सहयोग गर्यो, अर्को ठाउँमा मिलाउँदा प्रहरी गयो कि गएन सामान ओरालिदिन ? – तीमध्ये कति गर्भवती, सुत्केरी, अपाङ्ग, अशक्त, वृध्द वा बालबालिकाको संख्या थियो कुन्नि ? – युवा भएका परिवार र युवाहरू नभएको परिवारको अस्थायी बास सर्ने तरिकामा के फरक होला ? यस्ता सैयौं प्रश्नको उत्तर समाचारहरूमा खोजिरहेछु । तर हिजोदेखि मिडियाहरू एउटै समाचार हालिरहेका छन् । डोजरले छेउबाट आक्रमण गर्यो ! अब डोजर बस्ती भित्रै पस्यो ! – अघिसम्म एउटा डोजर थियो, अब ३ वटा भए । डोजर लाउँदा खाल्डो प¥यो, पानीको फोहरा छुट्यो, एउटा ग्याँस सिलिण्डर र ैछ त्यो पनि भेटियो ! (ल हेर्नुस् सुकुम्बासी बस्तीमा डोजर पसेको आकाशबाट (ड्रोन भ्यु रे) चराले कस्तो देख्छ ? – बस्ती उठाउनै हुन्न, फलानो पार्टी जिन्दावाद, बस्ती उठाउनैपर्छ सरकार पार्टी मु..र्. (खै, खै डोजर चलेको ठाउँमा रविको छाती छ कि छैन ?? (समाचारले अचेल साहित्यलाई जित्न थालेको छ । करूण रस र रौद्र रस बिक्री भएको भयै छ ।)
