IMG-LOGO

जेम्स मिल (व्बmभक ःष्िि) र उनको दृष्टिकोण

 मंगल, चैत २४, २०८२  – आचार्यश्री माधवशरण

          आज अलि फरक प्रसङ्गबाट विषयको उठान गरौं । एक पश्चिमी लेखक जसले पूर्वीय दर्शनका बारेमा केही पुस्तकहरू लेखेका छन्, जेम्स मिल (व्बmभक ःष्िि), उनको दृष्टिकोण र उनले लेखेको इतिहासका बारेमा अहिले पनि पश्चिमाहरू धेरै चर्चा गर्ने गर्छन् । जेम्स मिलको एउटा प्रसिद्ध पुस्तक छ ’द हिस्ट्री अफ ब्रिटिश इण्डिया’ जसलाई उनले सन् १८१७ मा प्रकाशन गरे । यस पुस्तकमा उनले भारतीय उपमहाद्वीपको इतिहासलाई तीन भागमा विभाजन गरेका छन् । हिन्दू काल, मुस्लिम काल र ब्रिटिश काल । उनले गरेको यस्तो विभाजनलाई नै पश्चिमाहरुले सत्य ठान्ने गरेका छन् ।           यस विभाजनले गर्दा नै भारत र यस वरिपरिका देशहरूमा साम्प्रदायिक इतिहास लेखनको जग बसेको मानिन्छ, जसको प्रभाव आजसम्म पनि देखिन्छ । तिमीले भारतीय उपमहाद्वीपको सभ्यता र संस्कृतिको उत्थान र पतनका बारेमा त्यस ग्रन्थमा बीबादास्पद व्याख्या गरेका छन् । उनका ग्रन्थहरूमा गरिएको विवादास्पद व्याख्याको स्रोत के हो त भनेर राम्रोसँग नियाल्ने हो भने र जेम्समेलको व्यक्तिगत जीवनीको बारेमा अध्ययन गर्ने हो भने थाहा हुन्छ कि, सबैलाई अचम्मित पार्ने कुरा यो छ कि, पश्चिमा जगतमा त्यसरी छाप छोड्न सफल उनको पुस्तक जसलाई पश्चिमाहरुले आँखा चिम्लेर विश्वास गर्दछन्, त्यति प्रसिद्ध पुस्तका लेखक कहिल्यै भारत एवं वरिपरिका देशहरूमा कहिल्यै आएका थिएनन् । उनले यहाँका भाषाहरू (संस्कृत, अरबी वा फारसी) जानेका थिएनन् । यसरी यस क्षेत्रमा कहिले पनि प्रवेश नगरेका व्यक्तिबाट गरिएको यहाँको धर्म संस्कृति रितिरिवाज परम्परा र धार्मिक मान्यताहरू जो सदियौंदेखि चल्दै आएको छ, प्राक ऐतिहासिक सनातन धर्म दर्शनको बारेमा उनले गरेका टिप्पणीहरूमा कति सत्यता छ होला भनेर यसै अनुमान लगाउन सकिन्छ । त्यसैले यसो भन्नुमा कुनै हिच्किचाहट हुने छैन । कि सनातन धर्म दर्शनका बारेमा पश्चिमा जगतमा प्रभाव छाड्न सफल उनका निष्कर्षहरू पूर्वाग्रही दृष्टिकोणबाट प्रेरित थिए । उनले भारतीय उपमहाद्वीप भित्रको सभ्यतालाई “पिछडिएको” र “अन्धविश्वासी” देखाउने प्रयास गरे ताकि बेलायती शासनलाई यस क्षेत्रमा न्यायोचित ठहर्याउन सकियोस् । उनले भारतीय उपमहादीभित्र रहेको सनातन हिन्दू दर्शन लाई अपव्याख्या गरेका हुन् भन्ने कुराको पुष्टि यसबाट पनि थाहा हुन्छ कि उनले लेखेका ग्रन्थहरू आफैंले अध्ययन गरेर निचोड निकाल्नुभन्दा अरुले गरेका अनुवादमा उनी भर परेका थिए । उनले मौलिक ग्रन्थहरू पढ्नुको सट्टा अन्य बेलायती अधिकारीहरूले गरेका अपूर्ण वा गलत अनुवादहरूलाई आधार बनाएर आफ्नो धारणा बनाए । अर्को अझ महत्वपूर्ण कुरा त के हो भने उनीमा सनातन हिन्दू धर्म संस्कृतिको बारेमा कुनै ज्ञान पनि थिएन । सांस्कृतिक अज्ञानताका कारण हिन्दू धर्मका दर्शन, आध्यात्मिक गहिराइ र प्रतीकहरूलाई उनले पश्चिमा मापदण्डबाट हेरे, जसले गर्दा उनले हाम्रा सनातन धर्म दर्शन ग्रन्थका अर्थहरूलाई तोडमोड गरेको वा गलत व्याख्या गरेको देखिन्छ ।           यसरी हाम्रा सनातनी धर्मदर्शन र सभ्यताहरूको प्रादुभाव र यसको गहिराईलाई पश्चिमा जगतमा गलत व्याख्या गरेर छाप छोड्न सफल भएका जेम्स मिलको १८३६ मा मृत्यु भएपछि कसैले पनि फर्केर यी तथ्यहरूलाई सच्याउने या विश्लेषण गर्ने जमर्को गरेनन् । उनको मृत्यु पश्चात् उनले छोडेको प्रभावलाई, उनले छोडेर गएको “इतिहासको भाष्य” ले गर्दा पछि आउने लेखकहरू जस्तै म्याकाले (ःबअबगबिथ) जस्ता शासकहरूलाई भारतीय अब महाद्वीप भित्र भएको शिक्षा र संस्कृतिलाई हेप्न सजिलो भयो ।           जेम्स मिल (व्बmभक ःष्िि) को ’द हिस्ट्री अफ ब्रिटिश इण्डिया’ ले भारतीय इतिहास र विशेषगरी हिन्दू धर्मशास्त्रहरूलाई जसरी प्रस्तुत गर्यो, त्यसले हाम्रो सभ्यताको मौलिक स्वरूपलाई निकै क्षति पु¥यायो । भारतीय उपमहाद्वीपभित्रको समाजलाई “बर्बर र जड” मान्नु (त्जभ ःथतज या क्तबनलबतष्यल), मिलले हिन्दू समाजलाई परिवर्तन नहुने र हजारौँ वर्षदेखि एउटै आदिम अवस्थामा रहेको भनी टिप्पणी गर्नुलाई हामीले स्पष्ट रूपमा भन्न सक्छौँ कि उनीमा अध्ययनको कमी थियो, हाम्रा सनातन हिन्दू धर्मदर्शन शास्त्रहरूको गहिराईसम्म अध्ययन गर्न सकेनन्, अनुवाद गरिएका शास्त्रहरूमाथि उनी भर परे । प्राचीन सनातन हिन्दु धर्म शास्त्रहरूले गतिशीलता र विकासलाई जोड दिएका कुरा पश्चिमाहरूले कहिले पनि स्वीकार्न चाहेनन्, किनकि उनीहरूमा भारतीय उपमहाद्वीपभित्र हाम्रा धर्म र संस्कृतिहरू लाई गलत व्याख्या गरेर समाज विभाजित गरी बेलायती साम्राज्य फैलाउनु थियो । यसो हुनुमा हाम्रा धर्मदर्शनहरूको उदारतालाई धन्यवाद दिनुपर्ने हुन्छ । जसले हामीलाई संसारका सबै विद्वानहरूको विचार ग्रहण गर्न उत्प्रेरित गरायो । ऋग्वेदमा भनिएको छ “आ नो भद्राः क्रतवो यन्तु विश्वतः” (ऋग्वेद १.८९.१) “सबै दिशाबाट कल्याणकारी विचारहरू हामीकहाँ आऊन् ।” यो मन्त्रले हिन्दू सभ्यता वैचारिक रूपमा कति खुला र गतिशील थियो भन्ने प्रमाण दिन्छ । पश्चिमाहरूले सनातन हिन्दू धर्मलाई जेम्समेलको पुस्तकमा व्याख्या गरे अनुसार, अन्धविश्वास र जादुटुनाको भण्डार भन्नु, उनले उपनिषद् र वेदान्तको गहिरो दर्शनलाई पूर्णतः बेवास्ता गरेको कुरा जग जाहेर हुन्छ, किनकि माथि भनिए जस्तै ऋग्वेदले हामीलाई सबै विचारहरूलाई सजिलै ग्रहण गर्न सिकाएको छ । सनातन हिन्दू धर्म केवल कर्मकाण्ड मात्र होइन, यो उच्च कोटिको तर्कशास्त्र र दर्शनमा आधारित छ । ईशावास्योपनिषद् भन्छ विद्यां चाविद्यां च यस्तद्वेदोभयं सह । अविद्यया मृत्युं तीत्र्वा विद्ययामृतमश्नुते ।।           यसले भौतिक ज्ञान (अविद्या) र आध्यात्मिक ज्ञान (विद्या) दुवैको सन्तुलन खोज्छ । मिलले भौतिक प्रगतिलाई मात्र सभ्यता माने, तर हाम्रा सनातन हिन्दु धर्मको बारेमा लेखिएको संस्कृत शास्त्रले भौतिक र आध्यात्मिक दुवै प्रगतिको वकालत गरेकको विषयलाई भने नजरअन्दाज गरे ।           त्यसै गरेर उनको पुस्तकमा व्याख्या गरिएको अर्को विषय हाम्रो सनातन धर्मदर्शन भित्रको वर्ण व्यवस्थाको बारेमा छ । मिलले वर्ण व्यवस्थालाई केवल शोषणको औजारका रूपमा व्याख्या गरे र यसलाई मानव अधिकारको विरुद्धमा रहेको दाबी गरे र उनले यसको सामाजिक र पेशागत विभाजनको पक्षलाई तोडमोड गरे । यसबाट यो पनि थाहा हुन्छ कि शास्त्रको प्रमाण दिन उनी चाहेनन् अर्थात् उनीमाथि अध्ययन नै रहेन । उनले श्रीमद्भगवद्गीतामा भगवान् कृष्णले भन्नुभएको कुरालाई कहीँ कतै पनि व्याख्या गरेका छैनन् । भगवान श्रीकृष्ण स्पष्टसँग भन्नुहुन्छ चातुर्वण्र्यं मया सृष्टं गुणकर्मविभागशः । (गीता ४.१३) अर्थात्, वर्णको आधार जन्म नभएर ’गुण’ र ’कर्म’ हो । प्राचीन समयमा यो श्रम विभाजनको एक वैज्ञानिक पद्धति थियो । मिलले यसको सूक्ष्मता नबुझी यसलाई केवल युरोपेली सामन्तवादको लेन्सबाट हेरे । मिलले हाम्रा कानूनका ग्रन्थहरू (जस्तै मनुस्मृति) को पनि गलत व्याख्या गरे । उनले बेलायती कानून मात्र न्यायपूर्ण हुने दाबी गरे ।           पश्चिमाहरू जसले रुल अफ ल अर्थात् विधिको शासनको व्याख्या गर्छन्, त्यस्तो व्याख्या त हाम्रो बृहदारण्यक उपनिषद्ले हजारौं वर्ष पहिले गरिसकेको छ । धर्म अर्थात् कानुनको परिभाषा यसरी गरिएको छ ः धर्मः तस्माद्धर्मात्परं नास्त्यथो अबलीयान् बलीयांसमाशंसते धर्मेण...(१.४.१४)           अर्थात्, धर्म अर्थात् कानुन भन्दा माथि कोही छैन । कानुनको सहायताले एउटा कमजोर व्यक्तिले पनि बलियो व्यक्तिमाथि विजय प्राप्त गर्न सक्छ । यसले विधिको शासन (च्गभि या ीबध) को कुरा गर्छ, जुन मिलले दाबी गरेको भन्दा हजारौं वर्ष पहिले हाम्रो समाजमा विकास भइसकेको थियो ।           मिलले संस्कृत नजान्ने भएकाले विलियम जोन्स जस्ता ओरिएन्टलिस्टहरूले गरेका अनुवादको सहारा लिए । अनुवाद गर्दा ’धर्म’ शब्दलाई ’च्भष्निष्यल’ (मजहब) मात्र मानियो, जबकि संस्कृतमा धर्मको अर्थ ’कर्तव्य’ र ’प्राकृतिक नियम’ पनि हो । यति विश्लेषण गरिसकेपछि अर्को एउटा साँचो तथ्य पनि पाठकहरूलाई बताउनुपर्ने हुन्छ कि मिल ’इस्ट इण्डिया कम्पनी’ का कर्मचारी थिए । उनले हाम्रा धर्म आचरण र संस्कृतिहरूलाई निचो देखाई आफ्नो इतिहासलाई उच्च ठान्दै दुनियाको अगाडि लज्जित बनाउनु थियो जुन तत्कालीन अवस्थामा ब्रिटिस इन्डिया कम्पनीको समाजलाई विभाजित गरेर शासन गर्ने मूल उद्देश्य पनि थियो ताकि उनीहरूले बेलायती शासनलाई ’वरदान’ सम्झिउन् । युरोपेली समाजलाई आदर्श माने र त्यो ढाँचामा नढल्ने हरेक कुरालाई तत्कालीन राज्य व्यवस्थाले असभ्य घोषित गरे । उनले आर्यभट्ट र भास्कराचार्यको गणित र खगोलशास्त्रलाई पनि गल्तीवश मिलेको संयोग मात्र भनेर अपमान गरे । यसरी जेम्स मिल, म्युलर जस्ता पश्चिमा विद्वानहरूको लेखन इतिहास नभएर एउटा औपनिवेशिक एजेण्डा थियो भनेर सजिलै प्रमाणित गर्न सकिन्छ । उनले संस्कृत शास्त्रका गहिरा अर्थहरूलाई सतही रूपमा व्याख्या गरेर हाम्रो समाजमा, हाम्रा मानसपटलमा हीनताबोध भर्ने काम गरे । सत्यमेव जयते (मुण्डकोपनिषद्) जस्तो मूलमन्त्र बोकेको हाम्रो सभ्यतालाई जति नै झूट र अन्धविश्वासको पुलिन्दा लगाए पनि अन्तमा सत्यको, जित भएरै छाड्छ अहिलेको विश्व यही हाम्रा धर्मदर्शनहरुले देखाएको मार्गमा अगाडि नबढेसम्म विश्व कल्याण र शान्तिको सम्भव छैन । एक बौद्धिक अपराध थियो । जय सनातन हिन्दु बौद्ध धर्म । जय नेपाल । सबैको जय होस् ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्