विहान सबेरै आप्mनो समयमा उठी (ओछ्यान छोडि) पहिलो ८÷१० वर्षअघि त योगमा दत्तचितका साथ लागिरहेको र काभ्रेका विभिन्न स्थानका योग सेन्टरहरु जाने कार्यक्रम हुन्थे र म पनि कहिपनि नहुत्याई जान्थें । जब योग लाग्नबाट मन खिन्न पश्चात, प्राय ५ नबज्दै उठी आप्mनो विहानको नित्य पूजा कर्म सकेपछि मात्र घरबाट बाहिर निश्कि चप्रेटी ओपी, ककरे डाँडा, जलेस्वरी मात्र पनि पुगि विहानको दैनिक मर्निङ वाकमा सन्तुष्टि मान्दथे । विहान मर्निङ वाकमा चपलेटी विहानी हिडाई समूह प्रेमज्योति शाक्य समूह गोसांई कुण्ड दैनिक विहानी समूह र ककरे डाँडा सेतीदेवी समूह एवं विहानी हिडाई हाइट एफ वाक सर्वज्ञ समूह, हास अन्य समूह पनि भए भैmं लाग्छ । २÷३ वर्ष पहिले समय बित्दै जान्दा कति वर्ष वित्यो त्यो पनि ख्याल गर्न नसकिने भैसके सम्भू मुस्याचु, वर्ण शाक्य, पुरुषोतम श्रेष्ठ, रघुवर चौ प्रधान, भगवान सागर भैल, मोहन तौजलेहरुका समूहमा, केहि समयपछि यादव भोछीभोया, समन शाक्य, सिताराम पलाञ्चोके, रमेश तौजले लगायत हुन थाले । म भने एक्लै र माथिका उल्लेखित समूहमा विशेष गरी चपलेटी विहानी हिडाई समूह सँजय मानन्धर समूहमा हुन्थे । सम्भू मुस्याचुबाट, जसले जस शम्भु भनेता पनि तथास्तु भन्ने गर्दथे, त्यो अहिले पनि कायम नै यथावत छ । मलाई सम्झना छ कि हामी माथि सेतिदेवी मन्दिर चौतारोमा जाने गरौं र भन्दा मलाई उतै जान मन भएछ र हाल विहान उतै सेतिदेवी स्थान मन्दिर चौतारोमा पुग्ने र हाम्रा विहान त्यहा आउने सम्भु, यादव, सिताराम, समन, रमेश र म कहिले कहिले अरु एक दुई जना पनि आइ पुग्थे । हामी त्यहाँ पुग्ने प्राय विहानको नियम नै भै सक्यो, विहान चण्डेश्वरीबाट जेन–जीहरुको समूह भन्न सुहाउने ५÷६ जना केटाहरु पनि सधै पुग्दथे । हामी त्यहाँ चौतारोमा जाडो याममा ६ः३० बजे सम्म बस्ने गर्दथ्यौं भने गर्मीयाममा अलि ६ बजे सम्म मात्र बस्ने र त्यहाबाट ५ मिनेटको बाटो हिडि माथि केशव थापाको दुध डेरीमा पुगी चिया खाई फर्किने नियमै भैसक्यो । हामी मध्ये रेशम र समन भने हामी भन्दा कम मात्र उपस्थित हुन्थे । हाम्रो यस ५÷६ जनाको विहानको समूहमा बेलाबेलामा कहि कतै सानुतिनु हिडाइ कार्यक्रम पनि हुने हुन्छ । बिहान ५ बजेबाट हामी बनेपाबाट धुलिखेल गौखुरेश्वर माहादेव दर्शन गरी यादवले जोरजाम गरि ब्यागमा काइ बोकी ल्याएको विहानको नास्ता धुलिखेल चौरमा बसी खाई हिडेर नै बनेपा पुगेको त्यस्तै केहि सातापछि बनेपाबाट हिडेर बागेस्वरी ‘ल्हास्पा’ सरस्वती मन्दिर पुगि, त्यहा पनि हाम्रै समूहबाट तयार विहानी नास्ता खाइ नालासम्म हिडेर फर्कि नालाबाट मोटरमा आई बनेपा पुगेको अर्को रोशी खोलाले विभत्स प्राकृतिक प्रकोप हेर्न पुगि चौकोटमा नास्ता गरेको, अर्को धुलिखेल देवीस्थानमा पनि सम्मको यात्रामा गरेको नास्ताको याद आउछ । तन्चोक पुगि २०८१÷०८२ को फागु पूर्णिमा मानेका त्यस्तै २०८२ शिवरात्री नाला गाडिमा जान्दाको सम्झना मनन योग्य छन् । महिनाको प्रत्येक समन्तिको (१ गते) दिन विहान नाला करुणामय, नाला भगवतीको दर्शन गर्न पुग्ने गरेको पनि २÷३ वर्ष नै विति सके । एकपटक नाला पुगि (१ गते) शुभचामुन्डा दर्शन गरी सुमाराको उकालोबाट सधै विहान चिया खाने केशव थापाको दुध डेरी पसल पुगी चिया खाएर, घर घर गएको सम्झना आउँछ । एक पटक हामी चपलेटीबाट कुत्ताल हुन्दै धुलिखेल पुगि हिडेर घर घर पुगेको त्यस विहान चिया नै खान नपाएकोमा वरोवर कुटालको हिडाइमा चिया नखाई घर पुगेको सम्झना हुन्छ । ककरे डाँडा सेतिदेवी मन्दिर चौतारामा नेपाली राष्ट्रिय झण्डा फरफरायको र बालेन प्रधान मन्त्री भएको खुशियालीमा गत चैत्र १३ गते पुनः नयाँ ठूलो नेपाली झण्डा फरफरायको र उक्त विहान हाम्रा त्यस चौतारोमा दैनिक उपस्थिती हुने भाइहरुबाट नास्ताको व्यवस्था गरेको सम्मान योग्य भएको गर्वसाथ उल्लेख गर्दै छ । स्वस्थ जीवन जीउन विहान हिड्ने गरौं । म यस्ता आपूmले भोगेका जाने सुनेका कुराहरु लेख्न मन लाग्छ तर समाजमा हाल प्रति पढ्ने हेर्ने कम हुँदै हराई सकेको जस्तो हुँदा, एक डेढ वर्ष लेख लेख्नबाट विदामा बसेको छु ।
