नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा उज्ज्वल र सकारात्मक घटना सम्पन्न भएको छ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका ९७ वर्षीय बुबा मोहनप्रसाद ओलीको निधन नेपाल–कोरिया मैत्री अस्पतालमा भएपछि ओलीले पूर्ण वैदिक हिन्दू परम्परा अनुसार १३ दिने काजक्रिया सम्पन्न गर्दैछन् । पशुपति आर्यघाटमा आफ्ना पिताजीको अन्त्येष्टि संस्कार गर्दै ओलीले आफैंले चितामा अग्नि दिए । कपाल खौरिएर, टालो लगाएर, शुद्ध भई, कसैसँग संसर्गमा नआइकन, क्रिया बसेर पार्टी बैठकमा पनि सहभागी भए । यो देखेर नेपाली समाजमा ठूलो चर्चा भयो । बाबुराम भट्टराई र प्रचण्ड जस्ता नेताहरूले आफ्ना बुबाको क्रिया गर्दा परम्परागत वैदिक विधिहरु कुनै पनि पालना नगरेको वा आफूलाई द्वन्दात्मक भौतिकवादमा विश्वास गर्ने कम्युनिस्टहरुले यस्ता धार्मिक गतिविधिहरू मानिँदैन नास्तिक हुँ भन्दै हिन्दु सनातन धर्मका विधि विधानहरु उपेक्षा गरेको सन्दर्भमा ओलीको यो कदमले सबैलाई छक्क पारिदियो । एउटा सामाजिक सञ्जालमा लेखिएको थियो – “बाबुराम प्रचण्ड माकुनेले भुलेको संस्कार कम्युनिष्ट नै भए पनि ओलीले भुलेनन्। कमसेकम आफ्नो धर्म संस्कारप्रति सम्मान रहेछ यिनीमा ।” यो घटनाले प्रमाणित गर्छ कि सबै कम्युनिष्टहरू अधार्मिक हुँदैनन् । सबै कम्युनिस्टहरूले व्यासमा पुराणवाचन गरिरहेको पण्डितलाई गोलीहानी मार्दैनन्, संस्कृत भाषा पढाएकै आधारमा विद्यालयबाट लगेर रुखमा झुन्ड्याएर मार्दैनन् । ठिक यसको विपरित कम्युनिस्ट नै भएपनि ओलीले धार्मिक सांस्कृतिक आचरण देखाएका छन् । राजनीतिक विचारधारा जस्तोसुकै भए पनि आफ्नो नेपाली जड, हिन्दू संस्कृति र पितृ ऋणप्रतिको कर्तव्य कहिल्यै बिर्सनु हुँदैन भन्ने भोजनमा रहेछ । यो ओलीको कार्यले नेपाली समाजलाई गहिरो प्रेरणा दिएको छ – हामीमा राजनीतिक मतभेद भए पनि सांस्कृतिक एकता कायम राखौं, पितृ सम्मानलाई जीवनको आधार बनाऔं र आधुनिकताको नाममा आफ्नो पहिचान नगुमाऔं । हिन्दू शास्त्रमा पितृ कर्म केवल रूढी होइन, यो वैदिक आदेश र पुराणीय कर्तव्य हो । मृत पितृलाई श्राद्ध, तर्पण, पिण्डदान र क्रिया गर्नु पुत्रको अनिवार्य धर्म हो । यही धर्म ओलीले निभाएका छन् । यसले पितृलाई स्वर्गीय तृप्ति मात्र होइन, सन्तानलाई दीर्घायु, समृद्धि, सन्तान सुख र पारिवारिक शान्ति प्रदान गर्छ । यदि यो कर्तव्य बिर्सिएमा पितृ अशान्त हुन्छन् र सन्तानमा दोष, रोग वा अशान्ति आउँछ भन्ने शास्त्रीय मान्यता छ । यो कुरा वेद र पुराणले बारम्बार दोहोर्याएका छन् । वेदहरूले पितृहरूलाई प्रत्यक्ष आह्वान गरेका छन् । ऋग्वेदको पितृ सूक्त (१०.१५.१) मा भनिएको छ ः उदीरतामवर उत्परास उन्मध्यमा पितरः सोम्यासः। अस्मिन् यज्ञे बर्हिषि मादयन्तां ।। अर्थात हाम्रा तल्ला, माथिल्ला र मध्यम पितरहरू, चाहे ती सोमरस पिउनेहरू नै किन नहुन्, यो श्राद्ध यज्ञमा उठ्नुहोस् र आसनमा विराजमान भएर आनन्द लिनुहोस् । यसरी श्राद्धमा पितृहरूलाई आमन्त्रण गरिन्छ । यसले देखाउँछ कि पितृ कर्म वैदिक यज्ञकै रूप हो । ये नः पूर्वे पितरः सोम्यासो अग्निष्वात्ताः पितरो हव्यमाशु ः । तेभ्यः स्वधां नम उक्तिं च देवा वयं ददेम जुषतां हविर्भिः।। ऋग्वेद (१०.१५.२) “हाम्रा पूर्वज पितरहरू, अग्निद्वारा तृप्त, हवि ग्रहण गर्नेहरू, तिनीहरूलाई स्वधा र नमस्कार अर्पण गर्छौं । देवताहरूले हाम्रो हवि ग्रहण गरून् । यसरी वेदले पितृ तर्पण र श्राद्धको महत्त्व दर्साएको छ । ओलीले ठ्याक्कै यही वैदिक रीतिबाट बुबालाई तर्पण र अग्नि संस्कार गरे । नेपाली समाजको लागि एउटा प्रेरणा दायी संस्कार । देख्दा सुन्दा पनि कति आनन्द लाग्ने । पितृ श्रद्धाकै विषयमा अथर्ववेद (१८.२.४९) मा पनि भनिएको छ, ये नः पितुः पितरो ये पितामहाः । तेभ्यः पितृभ्यो नमसा विधेम ।। हाम्रा पिताका पिताहरू र पितामहहरू, तिनीहरूलाई नमस्कारसहित श्रद्धा अर्पण गर्छौं । यहाँ पितृ ऋण तिर्नु पुत्रको कर्तव्य हो भन्ने वैदिक आदेश छ । यजुर्वेदका पितृ तर्पण मन्त्रहरूले पनि यो कर्तव्यलाई अनिवार्य ठानेका छन् । तर्पण मन्त्रमा भनिन्छ “पितृभ्यः स्वधा नमः” अर्थात् पितृहरूलाई जल, तिल र अक्षता चढाएर तृप्त पार्नु । यो मन्त्रले क्रिया र श्राद्धको वैज्ञानिक आधार दिन्छ । जल र अन्नले पितृको सूक्ष्म शरीरलाई तृप्ति मिल्छ । पुराणहरूले यो विषयलाई अझ विस्तृत र भावनात्मक रूपमा व्याख्या गरेका छन् । गरुड पुराण (प्रेत खण्ड) मा श्राद्ध र क्रिया विधिको पूर्ण वर्णन छ । यस पुराणले भन्छ कि श्राद्ध नगरेमा पितृ प्रेतयोनीमा भड्किन्छन् र सन्तानलाई विभिन्न दोष लाग्छ । गरुड पुराणमा एउटा महत्वपूर्ण निर्देश छ ः पिण्डदानं च तर्पणं ब्राह्मणभोजनं तथा । श्राद्धं शब्दादिदं स्यादेकमिन्नोपचारिकम् ।। अर्थात पिण्डदान, तर्पण र ब्राह्मण भोजन नै श्राद्धको मुख्य अंग हो । यो एइटै उपचारबाट पितृ तृप्त हुन्छन् । यसरी हेर्दा ओलीले गरेको १३ दिने पिण्डदान र तर्पणलाई हेर्दा ओलि आप्mना पितृहरूप्रति कति श्रद्धा भाव राख्दा रहेछन् र शास्त्रीय मान्यताहरू अक्षरस पालना गर्दा रहेछन् भन्ने कुरा बुझ्न सकिन्छ । यस्तो पितृ भक्त भोलिप्रति साधुवाद छ । पितृ तृप्त भएमा सन्तानलाई पुण्य, आयु र सौख्य मिल्छ । विष्णु पुराण (तृतीय अंश, अध्याय १५) मा श्राद्धलाई पुण्यदायी कर्म भनिएको छ । यसले भन्छ कि श्रद्धापूर्वक गरिएको श्राद्धले पितृहरूलाई परम गति दिन्छ र सन्तानलाई समृद्धि। “श्राद्धेन पितरस्तृप्ता यान्ति परमां गतिम्” अर्थात् श्राद्धबाट तृप्त पितरहरू उत्तम लोकमा जान्छन् र सन्तानलाई आशीर्वाद दिन्छन् । ओलीको कार्यबाट समाजले प्रत्यक्ष प्रेरणा लिन सक्छ । यो घटनाले नेपाली समाजलाई गहिरो सन्देश दिएको छ । आजको युवा पुस्ता राजनीति, करियर र आधुनिकतामा व्यस्त छ । तर ओलीले देखाए कि जतिसुकै व्यस्त भए पनि बुवाको क्रिया, पितृ सम्मान र संस्कार छोड्नु हुँदैन । उनले प्रमाणित गरिदिए कि कम्युनिष्ट विचारधाराले पनि हिन्दू संस्कृतिलाई सम्मान गर्न सक्छ । उता बाबुराम र प्रचण्ड जस्ता नेताहरूले माओवादी कालमा “धार्मिक अन्धविश्वास” भन्दै यस्ता कर्मलाई उपेक्षा मात्र हैन कसैले गरेको थाहा मात्र पाउँदा पनि क्रिया गरेकै ठाउँमा गएर क्रियापुत्रीलाई सफाया गरेको इतिहास हाम्रासामु छन् । तर ओलीले कमसेकम सबै कम्युनिष्ट त्यस्ता हुँदैनन् भन्ने त्यो मिथक तोडिदिए । उनले देखाए कि नेपालको पहिचान हिन्दू संस्कार हो । यो संस्कारलाई जोगाउनु नै राष्ट्रिय एकता हो । नेपाली समाजका लागि यो अत्यन्त प्रेरणादायी छ । चाहे हामी विभिन्न राजनीतिक दलमा विभाजित किन नहोऔं, छौं पनि, तर संस्कृति र धर्ममा एक छौं । ओली जस्ता नेताले धर्म र संस्कृतिलाई राजनीतिभन्दा माथि राखेर राम्रो उदाहरण प्रस्तुत गरेका छन् । यो देखेर युवाहरू प्रेरित हुन सक्छन् । आप्mना बुवा–आमाको सम्मान गरौं, क्रिया र श्राद्धलाई पूर्ण वैदिक रूपमा गरौं, र आप्mनो सन्तानलाई पनि यो संस्कार सिकाऔं । यो गर्नाले परिवारमा शान्ति, समाजमा सद्भाव र देशमा सांस्कृतिक निरन्तरता कायम रहन्छ । हाम्रो सनातन धर्म संस्कृतिका धरोहर वेद र पुराणले पनि यही भनेका छन्, पितृ तृप्त भएमा सन्तान सुखी हुन्छन् । ओलीको यो कार्यले देशलाई पनि त्यही आशीर्वाद दिएको छ । ओलीले पिताप्रती देखाएको यो घटना केवल एउटा व्यक्तिगत क्रिया होइन, यो नेपाली संस्कृतिको जित हो । ओलीले बाबुराम–प्रचण्डले भुलेको संस्कार बिर्सेनन् । उनी कम्युनिष्ट नै भए पनि वैदिक संस्कारप्रति सम्मान राखे । यो प्रेरणाले हामीलाई भन्छ, जुनसुकै विचारधारा अपनाऔं, आफ्नो जड, पितृ ऋण र हिन्दू संस्कृतिलाई कहिल्यै नबिर्सौं । नेपाली समाजले योबाट सिकोस् । संस्कार नै हाम्रो शक्ति हो । युवा पुस्ताले ओलीको उदाहरणबाट प्रेरित भएर आफ्नो परिवार र राष्ट्रको लागि यो कर्तव्य निर्वाह गरोस् । तब मात्र नेपाल साँच्चै समृद्ध र सांस्कृतिक रूपमा बलियो बन्नेछ । ओलीको यो कार्यले देखाएको छ कि संस्कारको सम्मानले नै राष्ट्रिय एकता र पारिवारिक सुख कायम रहन्छ । हामी सबैले यसबाट सिकौं र आप्mनो संस्कृति जोगाऔं । ओली र ओली परिवारको जयहोस् । जय नेपाल । हामी सबैको जय होस् ।
